हत्यारालाई जन्मकैदकाे सजाय नहुँदासम्म शव नबुझ्ने घर्ती परिवारको अडान

अपहरण पश्चात मारिएका दाङका ब्यवसायी रणबहादुर घर्तीका परिवार । तस्वीर- नेपालीपत्र

दाङ, असार २९ । अपहरण पश्चात मारिएका ब्यवसायी रणबहादुर घर्तीका परिवारले हत्यारालाई कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । घोराहीमा आज पत्रकार सम्मेलन गर्दै घर्ती परिवारले हत्यारालाई कारबाही नहुँदासम्म शव नबुझ्ने बताएका हुन् ।


यसअघि अपहरणमा परेर मारिएका राजकुमार श्रेष्ठका कारण रणबहादुर घर्तीको हत्या भएको भन्दै दाजु गणबहादुर घर्तीले परिवार र बच्चाहरुका लागि शिक्षा र स्वास्थ्यको ग्यारेण्टी नहुँदासम्म शव नबुझ्ने पत्रकार सम्मेलनमा बताए ।


यस्तै, पत्रकार सम्मेलनमा रणबहादुर घर्तीका बुवा गजमान घर्तीले सरकारले परिवारका लागि क्षतिपुर्ति, श्रीमतीका लागि रोजगारको ब्यवस्था र बच्चाहरुका लागि शिक्षा स्वास्थ्यको ग्यारेण्टी गर्नुपर्ने बताए । राज्यले आफ्ना माग पुरा नगर्दासम्म शव नबुझ्ने प्रष्ट पारे ।


प्रहरीले अनर्गल प्रचार गरेको भन्दै आफ्नो छोरा अपराधी नभएको बताए । पुनराबेदन अदालतबाट सफाई पाएको भन्दै बुवा गजमानले सफाई पाएको ब्यक्तिलाई अपराधि करार गराउनु गलत भएको दावी गरे ।


घर्ती परिवारले राजकुमार श्रेष्ठको खोजीका लागि तदारुकता देखाएको र रणबहादुर घर्तीको खोजीमा पनि चासो नदिँदा हत्या भएको उनीहरुको गुनासो छ । घोराही—१२ कात्तिके निवासी रणबहादुर घर्तीको जेठ २६ गते सल्यानबाट ब्यबसायी राजकुमार श्रेष्ठसंगै अपहरण गरिएको थियो । अपहरण पश्चात घर्तीलाई जेठ २९ गते हत्या गरिएको प्रहरीले जनाएको छ ।


पत्रकार सम्मेलनमा आमा हइकली घर्ती, श्रीमती निमा घर्ती, छोराहरु निराजन घर्ती र सुशील घर्ती पनि सहभागी भए । घर्तीको बुधबार मात्रै सल्यानको छत्रेश्वरी—४ झिम्पेको खर्सुगैरा भन्ने स्थानमा शव फेला परेको थियो । घर्तीको शव राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

 



    Your Comment

    थप समाचार

    राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

    • 5 minutes ago
    राणा र थापाको चेपुवामा कोमल वली, छिट्टै एमाले प्रवेश गर्ने

    काठमाडौं, असोज ७ । केही महिनाअघि राप्रपा नेपाल मार्फत राजनीतिमा सक्रिय बनेकी गायिका कोमल वली अब उक्त पार्टी परित्याग गरी एमाले प्रवेशको तयारीमा छन् ।

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    • 1 hour ago
    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    • 1 hour ago
    पहिरो खस्दा कार र ट्रक पुरिए, २ यात्रुको मृत्यु

    बुटवल, असोज ७ । रुपन्देहीको सिद्धबाबा सडक अन्तरगत तिनाउ गाउँपालिकास्थित दोभानमा पहिरो खस्दा एउटा कार र ट्रक पुरिएका छन् । पहिरोका कारण यात्रामा रह


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    जीवनशैली

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    आखाँ खैरो हुने मानिस हुन्छन् धोकेवाज, जान्नुहोस् अरु के हुने मानिस कस्तो ?

    एजेन्सी । शरीरका अंगबारे अध्यन गर्ने समुन्द्र शास्त्र ज्योतिष विज्ञानको एक हांगो हो । यसले हाम्रो शरीरका विभिन्न भागका बनौट र त्यसको अर्थबारे जानकारी दिन्छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ