अन्तर्राष्ट्रिय युवा दिवस र नेपाली युवाको अवस्था

काठमाडाै, २८ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवसको १८ औ संस्करण विश्वभर "Youth Building Peace" को नाराका साथ मनाइदै छ । संयुक्त रास्ट्र संघद्वारा १९९९ देखि युवाका बिषयहरुलाई सम्बोधन गर्नका लागि यस दिवसलाई  August 12 का दिन मनाउन थालिए पनि नेपालमा सन् २००४ देखि मनाउन थालिएको हो । नेपालमा पनि यस दिवसलाई बिभिन्न कार्यक्रम गरि मनाइदैछ।अन्तर्राष्ट्रिय युवा दिवस 2017 द्वन्दको रोकथाम र रूपान्तरणका  साथसाथै समावेशीकरण, सामाजिक न्याय र दिगो शान्तिमा युवाको योगदानमा समर्पित गरिएको छ ।

 

युवा अवस्था पूर्ण जीवनको मध्य भाग हो ।युवा भन्नाले शरिरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्न सक्ने साहस, सक्ति, क्षमता, जोस र जाँगरका साथ साथै उच्च आत्मबिस्वास भएको उमेर हो । युवा अवस्था शारिरिक, मानसिक एवं संवेगात्मक विकासको उत्कर्षको अवस्था हो । एक स्वस्थ एवम् सवल युवा आत्मनिर्भर मात्र नभई परनिर्भर वा अरुहरुको आशा, भरोषा एवम् सपनालाई साकार गर्ने उमेर पनि हो । समृद्ध एवम् सबल युवा हुनका लागि उमेरका साथसाथै शारिरीक एवम् मानसिक स्वस्थताका साथसाथै सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक वातावरण समेत उन्नत हुनु जरुरी छ ।

 

युवा अवस्थालाई विभिन्न उमेरसमुहमा विभाजित गरेको पाइन्छ ।  नेपालका सन्दर्भमा १६ वर्षदेखि ४० वर्ष उमेर समुहलाई युवा भनिन्छ । नेपालमा ०६८ को जनगणना अनुसार नेपालमा युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोछ । युवावर्ग घर, परिवार, समाज, राष्ट्र र विश्वका मेरुदण्ड हुन ।

 

देशको कुल ग्राहस्थ उत्पादन, आर्थिक वृद्धि तथा विकास, सामाजिक तथा सांस्कृतिक विकास र पर्यटन प्रबर्धनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपालमा भएका युगान्तकारी परिवर्तनहरुमा हजारौ युवाहरुले राजनैतिक एबं सामाजिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान दिएका छन् ।युवाहरुमा परिवर्तन गर्न सक्ने सामर्थ रहेको हुन्छ। युवाहरु परिवारको जिम्मेवारीमा मात्र सिमित नभएर समाजका साथसाथै सिंगो राष्ट्र एवम् विश्वको सम्पूर्ण विकास र सकारात्मक परिवर्तनका मूल आधार हुन । विश्व आज विकास र परिवर्तनको जुन अवस्थामा उभिएको छ त्यसको श्रेयका पात्र युवाहरु नैं हुन भन्दा दुईमत नहोला । त्यसैले त युवा देशका प्राणवायु हुन, युवा शक्ति हुन, युवा परिवर्तनका संवाहक हुन, युवा राज्यका सम्पत्ति हुन र युवा विस्वका आधार हुन् । 

 

करिव ४० प्रतिशत युवाशक्ति रहेको नेपालबाट वर्षेनी लाखौ युवाहरु रोजगार, शिक्षा लगायत  भविश्यका सुनौलो सपनाहरुको खोजिमा विदेश गइहेका छन भने कतिपय युवाहरु विदेशमा नैं पलायन भइरहेको यथार्थता हामीमाझ छ । यस वर्ष कोरीयामा काम गर्न जानका लागि ७५,५८० युवाहरुले आवेदन भरेका थिए जसमा करिब १० हजार २०० जना उत्तीर्ण भएका छन् । आ.व. २०७३।०७४ मा कतार, साउदी, दुवई, कुवेत, बहराईन, ओमन र साइप्रस जस्ता खाडि मुलुक तथा मलेसिया जानकालागि ३,७३,४६३ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांक सार्वजनिक भएको छ ।

 

भारततर्फको खुला सिमानामा त झन वर्षेनी लाखौ युवाहरु मजदुरीका लागि भारतका विभिन्न सहरहरु निम्नस्तरको काम गर्न गइरहेका छन् । विदेशी बजारमा सस्तो मूल्यमा श्रम बेच्न बाध्य युवाहरु वैदेशिक रोजगारका नाममा ठगीइरेका छन् । नेपाली युवाको श्रमका साथसाथै रकम दुवै बाहिरिरहेको छ । हाम्रा मुलुकका करिव ७५ देखि ८० प्रतिशत युवा जनशक्ति बाहिरिरहेको अवस्था छ ।

 

नेपालमा नै रहेका युवाहरु पनि रोजगारी तथा जीवनयापनका लागि आयआर्जन गर्न सहरका गल्ली÷गल्लीमा भौतारिदै हिडनु परिरहेका छ । केही गरौ हाम्रै देशमा भन्ने युवाहरुले सोचे जस्तो शिक्षा, रोजगार र अवसर पाएका छैनन् । कृषि, पशुपालन क्षेत्रतर्फ आकर्षित युवाहरु पनि श्रोत तथा साधनको अभावसँगै अत्याधुनिक प्रविधिको अभाव त छँदै छ उत्पादन पछि बजारको अभाव, सञ्चय गर्ने प्रविधिको अभाव झेलीरहेका छन् । खाडी मुलुक र मलेसियाको तलबको भरमा परिवार पाल्नु पर्ने अवस्था रहेको छ ।

 

सरकार समेत रेमिट्यान्सको भर परिरहेको छ । युवाहरुमा नीजि क्षेत्रहरुमा काम गर्ने उत्साह एवम् आकर्षण छैन । नेपाली संस्कृति, परम्पराको उत्कृष्टतामा नरमाएर युवाहरु विदेशमा भासिइरहेका छन् । नेपाली श्रम बजारले नेपाली युवाहरुको इच्छा, चाहना, आकांक्षा परिपूर्ति गर्न सकिरहेको छैन । खेलकुदका क्षेत्रमा सधै पछाडि परिरहेको छन । युवाहरु विसंगति, सुर्तिजन्य पदार्थ र लागु पदार्थको दूर्वव्यवसनमा फस्नुका साथै नराम्रा गतिविधिहरुगर्ने र डिप्रेसन लगायत मानसिक रोगका सिकार हुने वातावरणतर्फ धकेलिरहेका छन् ।

 

हरेक वर्ष यसरी विदेशीरहेका र वेराजेगार युवाहरुप्रति राज्यको ध्यान आकर्षित हुनुको साटो झन वेवास्ता बढीरहेको छ । नीजि क्षेत्रमा सरकारको नियमनकारी भूमिका कम हुनु, बजारमुखी खुला अर्थव्यवस्था, देशको अर्थतन्त्रमा नीजि क्षेत्रको हातमा हुनु, कालोबजारी, भष्ट्राचारका गतिविधिले बढी प्रसय पाइरहेकोले आर्थिक विकास हुन सकेको छैन र जसको प्रत्यक्ष र परोक्ष प्रभाव युवाहरुको शशक्तिकरणमा परेको छ ।

 

परिवारका दैनिक जीबनयापनका लागि र केहि पैसा कमाउन, साहुको ऋण तिर्न, समाजमा आर्थिक स्तर उचो बनाउनका आशामा नेपाली युवाहरु परिवारका सपना पुरागर्न आफ्ना सपना छोडेर खाडी लगाएत विदेश मुलुकहरुमा सस्तो श्रम बेच्न बाध्य छन् । धेरैका न आफ्ना सपना पुरा हुन्छन न त परिवारका ! केहि नेपाली युवाहरु काठका बाकसमा दिनहु फर्कछन भने केहि ज्यान जोगाएर खालि हात फर्कन्छन । बिदेशमा गएर कमाएको पैसा खहरे खोला जस्तै हो, जसले केहि दिन, महिना सम्म पुग्छ तर त्यसले नै सबै जीवनधान्न  गाह्रो छ । हाम्रा समाजमा बैदेशिक रोजगारको आय आर्जनले केहि हदसम्म सम्पन्नता देखिन्छ तर त्यो दिगो हुदैन र जसबाट गुणस्तरीय जीबन सम्भव छैन ।

 

युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउनका लागि नेपालमा नीतिगत स्तरमा व्यवस्थाहरु नभएको त होइन तर त्यसको कार्यान्वयन पक्ष भने कमजोर छ, भएका नीति नियमहरुलाई परिमार्जन गर्दै लगेर समायानुकुल तयार हुनु जरुरी छ । नेपालको संविधान, राष्ट्रिय युवा नीति२०७२, युथ भिजन २०३५, राष्ट्रिय युवा परिषद् ऐन२०७२ ले युवाका आधारभूत अधिकारहरूको प्रत्याभूति गर्दै सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै उनिहरुको नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत सामर्थ्यवान,उद्यमशील, सिर्जनशील तथा वैज्ञानिक एवं सकारात्मक सोचयुक्त समृद्ध युवा तयार गरी राष्ट्रको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान दिन सक्ने गरी आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्दै देशलाई अति कम विकसित राष्ट्रबाट द्रुत विकासशील राष्ट्रमा पु¥याउन सक्षम जनशक्ति तयार गर्ने लक्ष, उद्देश्यहरु राखेको छन ।

 

विदेशी शिक्षा, रोजगारी, सिप, आय, सेवा, सुविधा, अवसरप्रति लगाव बढ्दै गइरहेको वर्तमान परिप्रेक्षमा राज्यका नीति, नियम, निर्देशन, निर्णय, आयोजना, कार्यक्रमहरु सबै अप्रभावकारी सिद्ध भएका छन् ।

 

विश्वमा भइरहेको आर्थिक बृद्धि तथा विकासको प्रतिस्पर्धात्मक तुलनामा हामी अन्तिम स्तरमा छौं । हामीसँग भएका सिमित श्रोत साधनहरुको उपयोग हुन सकेको छैन । आधुनिक, विकसित प्रविधि हामीसँग छैन । हामीसँग यूवा जनशक्तिहरु उपयोग गर्न सक्ने उद्योगधन्दा, कलकारखानाहरु छैनन ।

 

अत्याधुनिक पाठशाला एवम् अध्ययन अनुसन्धानका लागि प्रयोगशालाहरु छैनन् । विश्वविद्यालयहरु राजनीतिक क्षेत्रमा सिमित रहेका छन् । राजनैतिक परिवर्तन ल्याउनका लागि आफ्नो बलिदान दिने युवाहरुलाई राजनीतिक क्षेत्रमा ठाउँ खालि छैन । राजनैतिक परिवर्तनसँगसँगै युवाहरुको सहभागिता, क्रियाशिलता बढ्दै जानु पर्नेमा झन झन कमजोर भइरहेको छ । राजनैतिक पार्टीहरुमा विचार, क्षमता र सक्रियतालाई भन्दा पनि पालो पर्खने संस्कारको विकास भइरहेको छ ।

 

यूवाहरुको राष्ट्र निर्माणमा सहभागिता कम भएको र यूवाहरुको श्रम देशका लागि उपयोग नभइरहेको वर्तमान अवस्थमा सिंगो राष्ट्रको विकासमा असर पु¥याएको छ । देशको समृद्धि, समुन्नतिमा विशेष भूमिका खेल्ने युवाहरु समग्र राष्ट्रको विकासोत्तर उपयोग गर्नुपर्नेमा युवाहरुको शक्ति नैं प्रयोग नभएमा कसरी विकास र परिवर्तन सम्भव हुन सक्छ र ! राजनीतिमा नयाँ सोच, विचार र उर्जा नैं नभएपछि राजनीतिले कस्तो दिशा लिन सक्ला भनेर सहजै अनुमान गर्न सक्दछौं ।

 

राजनैतिकर सामाजिक परिवर्तनका लागि गरिने आन्दोलनहरुमा मात्र सिमित राखिएका युवाहरुलाई विकास र परिवर्तनका लागि समेत साँझेदार बनाउनु पर्ने र सक्षमता, क्रियाशीलता र विचारका आधारमा युवाहरुलाई राजनीतिक क्षेत्रमा पहुच बढाउनु पर्ने देखिन्छ । स्थानीय निकाय, प्रदेश सरकार र राष्ट्रिय सरकारमा युवाहरुको सहभागितालाई सुनिश्चितता गराउनुपर्दछ । भष्टारजन्य गतिविधि र अवसरवादले बढी प्रसय पाइरहेको वर्तमान अवस्थामा सुसासन र सदाचारका लागि उचित कदम चाल्नु आवश्यक छ । अरुको सिको मात्र गर्ने प्रबृत्तिबाट टाढा रहि सिर्जनात्मक एवम् रचनात्मक कार्यतर्फ युवावर्गलाई प्रोत्साहित गर्नु आवश्यक रहेको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन विकासतर्फ अग्रसर बनाउनका लागि युवाहरुको सहभागितामा बढी जोड दिनु पर्ने देखिन्छ ।

 

प्राविधिक, सिपमुलक, आयमुलक एवम् व्यावहारिक शिक्षामा जोड दिदै वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान र अन्वेषणमा युवाहरुलाई प्रोत्साहित गर्दै युवाहरुको प्रतिभा पलायन र श्रमबजारको खोजीमा विदेशीने अवस्थालाई अन्त्य गर्नु जरुरि छ ।नेपालमा रहेका सम्भाव्य खानि उत्खनन्, जडीबुढी उत्पादन एवम् प्रसोधन, विधुत उत्पादन, पर्यटन प्रबद्र्धन र कृषि क्षेत्रमा लगानी गरि युवाहरुको सक्रियता बढाउनु जरुरि छ ।

 

निजि क्षेत्रका रोजगारीमा स्थायित्व प्रदान गर्नका लागि सरकारले न्यूनतम ज्याला सरकारले तोक्ने र सामाजिक सुरक्षाको आभाष दिलाउनका लागि आवश्यक कार्यनीति ल्याई कार्यान्वयन गर्नु आवश्यक छ । राज्यले कृषि, व्यवसाय तथा स्वरोजगार उन्मुख उद्यमशिलतामा बढी जोड दिनुका साथै अर्थव्यवस्थामा सरकारको नियमनकारी भूमिका खेल्नु जरुरी छ ।राज्यबाट स्वरोगजारका लागि प्रदान गरिने अनुदान, प्रशिक्षण, तालिम लगायत सिप विकासका कार्यक्रमहरुमा एकरुपता ल्याई एकिकृत ढंगले कुनै एक निकाय मार्फत मात्र प्रदान गर्ने व्यवस्था गरिनुपर्दछ ।

 

स्थानीय स्तरमा युवाक्लबहरु स्थापना गरी खेलकुद, सांस्कृतिक हस्तान्तरण, सामाजिक विकासका लागि युवाहरुलाई क्रियाशिल बनाउनु पर्दछ । स्थानीयस्तरमा युवाहरुलाई सामुहिकरण गरी साँझा रुपमा जस्तैः कृषि, पर्यटन, व्यापार, व्यवसाय लगायतका सामाजिक कार्यमा सहभागिता बढाउनु पर्दछ । सरकारद्वारा पर्यटकीय क्षेत्र, कृर्षी क्षेत्र, औद्योगीक क्षेत्रहरुका रुपमा क्षेत्र र स्थानहरु निर्धारण गरी युवाहरुको सक्रियता बढाउनु आवश्यक छ । युवाहरुको सहभागिता र क्रियासिलताका लागि अब आउने वर्ष राष्ट्रिय युवा बर्ष मनाउनु पर्दछ ।

 

अन्त्यमा, सामाजिक क्षेत्रमा क्रियासिल युवाहरुलाई प्रोत्साहित गरि उनीहरुकोको क्रियासिलता, सहभागिता र क्षमतालाई अभिबृधि गर्नुपर्दछ। विभेदरहित समाजको निर्माण गरि युवाहरुको सबै क्षेत्रमा सम्मानजनक सहभागिता, राज्यद्वारा रोजगार सिर्जना, स्वरोजगारका लागि आवस्यक सहयोग, संस्कृति र पर्यटन प्रबर्धनमा युवाहरुको सहभागितालाई जोड दिनुका साथै राजनीतिक क्षेत्रमा युवा विचारहरुलाई प्राथमिकता दिई नीति निर्माण प्रक्रियामा समेत शमावेश गरिएमा साच्चिकै युवाहरुलाई न्याय हुने थियो । देशको शान्ति र समृधिका लागि युवाहरु सहभागिता भएमा अन्तर्राष्ट्रिय युवा दिवसको नारा पनि सार्थक हुने थियो । जय युवा !!!!!

  



Your Comment

थप समाचार

मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

  • 9 minutes ago
मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

  • 1 hour ago
स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

  • 3 hours ago
 यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


Loading...

भिडियो

hamropatro

नेपाल

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

जीवनशैली

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

विचित्र विश्व

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।