देउवाको राजीनामाबारे शशांक कोइरालाले दिए यस्तो प्रतिक्रिया, अब के गर्छ कांग्रेस ?

  • बुधबार, २७ मंसिर, २०७४
  • 4 months ago
  • नेपाल

चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । 

गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताए । 

केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले भने “नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौँ, त्रुटि हेरौँ त्यसपछि मात्रै कुरा आउँछ ।” नेतृत्वको राजीनामा हुनुपर्ने माग पनि उठेको छ नि भन्ने एक प्रश्नमा उनले भने, “अहिलेको समयमा परामर्श गरौँ, काँग्रेस शुद्धीकरण गराैँ अनि निर्णय गरौँ ।” 

पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनले बताए । अब काँग्रेसले के गर्छ भन्ने अर्को एक जिज्ञाशामा उनले भने, “केन्द्रीय समितिमा छलफल हुन्छ । संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो ।” उनले थपे, “क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ ।” 

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताए । हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उनले भने, “हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको छ ।” हारका कारण हतास हुन नपर्ने भन्दै उनले भने, “हतास हुनु हुँदैन, संगठित भएर नेता कार्यकर्ता लागे काँग्रेसको भविष्य उज्ज्वल छ ।” महामन्त्री कोइरालाले थपे, “काँग्रेस समाप्त भएको छैन । गुटको अन्त्य गरेर सच्चिने काँग्रेसका लागि अन्तिम मौका हो ।” 

अहिले काँग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको भन्दै उनले ७० वर्षको इतिहास बोकेको काँग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेको बताए। उनले भने, “भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको काँग्रेस आई को जस्तो नहोस् भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन् ।” 

भारत र चीन दुवै देशसँगको सम्बन्ध बिपी कोइरालाले स्थापित गरेको भन्दै उहाँले आगामी दिनमा काँग्रेसले दुवै देश सँगको सम्बन्ध अरू सुमधुर बनाउने बताए । 

काँग्रेसको पहिलेदेखि नै समाजवादी चिन्तन भएको भन्दै उनले समाजवादी चिन्तनबाट हिँड्दा मात्रै देशको भविष्य बन्ने बताउनुभयो । नेपाली काँग्रेस रहेसम्म लोकतन्त्र र समाजवाद जीवित रहने महामन्त्री कोइरालाले बताए । 



Your Comment

थप समाचार

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

  • 4 minutes ago
मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

  • 38 minutes ago
पढाइ र राजनीति दुवैमा अब्बल भएका विश्वका १० शक्तिशाली नेताहरु

एजेन्सी । विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल र

जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

  • 40 minutes ago
जनजागरण सामुदायिक पुस्तकालय निर्माण अन्तिम चरणमा, उद्घाटनको तयारी

काठमाडौं । नुवाकोटमा निर्मित श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भवन नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.२ मा निर्माण गरिएको ह


Loading...
The British College

भिडियो

hamropatro

नेपाल

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

मलिन्डो एयरको दुर्घटनापछि बन्द अन्तर्राष्ट्रिय उडान पुनः सुचारु

काठमाडौं । मलिन्डो एयरको जहाज दुर्घटनापछि शुक्रबार दिउँसो १२ बजेम्मका लागि बन्द गरिएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः सुचारु भएको छ ।

जीवनशैली

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

कुन राशिका मानिसहरु अत्यन्त धनी ?

एजेन्सी । तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ ।

 

संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोर्ब्स पत्रिकामा पनि छापिएको थियो ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।