देवकोटा हेजेमाेनी

देवकोटाको महानताबारे धेरै ‘महान्’हरूले महान्–महान् तथ्य लेखिसकेका छन् । मलाई पनि बच्चैदेखि देवकोटा ‘महान्’ हुन् भन्ने जीवनी पढाइएको थियो । कुन्नी कुन लक्ष्मीको पूजा–दिवस या औंसीको शुभतिथिमा जन्मेका सरस्वतीका वरदान पुत्र रे । काठमाडौंको प्रतिष्ठित पण्डित खलकमा जन्मेका ‘हुने बिरुवाका चिल्ला पात’ रे । खरर अङ्ग्रेजीमा भाषण गर्न सक्ने प्रतिभाशाली वक्ता रे । दश दिनमा महाकाव्य र एकै रातमा खण्डकाव्य लेख्न सक्ने आशुकवि रे ।

 

देवकोटा ‘ठूला’ व्यक्तित्व वा ‘ईश्वरीय शक्ति’ भएका मान्छे हुन् भन्ने मलाई सिकाइएको थियो । यो देशमा कस–कसलाई ‘ठूला’ मान्छे र ‘ईश्वरका अवतार’ भनिइदोरहेछ भन्ने मैले धेरैपछि मात्रै थाहा पाउन थालें ।

 

अहिले मेरो दिमागमा देवकोटाको ‘परम्परागत’ बिम्बमाथि अनेक प्रश्न उठिरहेका छन् । उनले गरिबहरूलाई गरिब हुनुमै गर्व गर किन भनेका होलान् ? भिखारी भए पनि सन्तुष्ट हुनुपर्छ भन्ने सन्देश किन दिएका होलान् ? उनी जनजाति वा गैरब्राह्मणहरूलाई ‘बाउन्ने जातिका हाडे मान्छे’ र ‘जङ्गली जनावरझैं नाच्नेहरू’ किन भन्छन् ? पहाडी बाहुनहरूलाई ‘रीतिथितिमा अडेका’, ‘सच्चा नेपाली पहाडका पुत्र’, ‘आर्य–सभ्यताको नमूना’ वा ‘स्वर्गका देवताहरूको नमूना रूपमा बसेका ब्राह्मण जाति’ जस्ता उपाधि किन दिएका होलान् ?

 

देवकोटाको सम्पूर्ण साहित्यलाई दोहो¥याएर नपढी र उनले बाँचेको समयको सम्यक् अध्ययन नगरी उनलाई ‘महान्’ भन्दै दगुरिरहेका अन्धसमर्थक समीक्षक–समालोचकहरूसंग मेरा धेरै प्रश्न छन् । देवकोटालाई ‘अलौकिक’, ‘अतिमानव’ वा ‘महामानव’को छविमा प्रस्तुत गर्नुमा म एकप्रकारको सांस्कृतिक राजनीति लुकेको देख्छु ।

 

के लेखक हुन जन्मनुअघि नै ईश्वरको ‘वरदान’ लिएर आउनुपर्छ ? के लेखक हुन पण्डित परिवारकै घरमा जन्मनुपर्छ ? के लेखक हुन ‘हुने बिरुवाको चिल्लो पात’ जस्तो बच्चैदेखि सर्वगुणसम्पन्न हुनुपर्छ ? देवकोटाको लेखनी र जीवनीको सही मूल्याङ्कन गर्न तत्कालीन नेपाली समाजको अर्थव्यवस्था, सांस्कृतिक परिवेश, उनले प्राप्त गरेका अवसर र पृष्ठभूमि आदिको आलोचनात्मक अध्ययन÷पुनर्अध्ययनको खँचो छ ।

 

मूलधारीय स्थापनाप्रति अँखा चिम्लेर ‘देवकोटा महान् । देवकोटा महान् ।’ को सुगारटाइ घोक्नु एकप्रकारको अन्धविश्वास हो । देवकोटाको योगदानको यथोचित मूल्याङ्कन र उनीप्रति सम्मान गर्नैपर्छ । तर, देवकोटालाई बन्दूक बनाएर हानिएका सांस्कृतिक गोलीहरूबाट मारिएका वा घाइते बनाइएका यो देशका थुप्रै ज्ञात÷अज्ञात लेखकहरूको पक्षबाट पनि अब हामीले प्रश्न गर्नुपर्ने बेला आएको छ ।

 

देवकोटा मेरा सामू हुँदा हुन् त म प्रश्न गर्ने थिएँ ‘बाउन्ने जातिका हाडे’ मान्छे यो देशमा किन ‘जङ्गली’ मात्रै भइरहे, तिनलाई लेखक हुन कसले दिएन ? यो देशमा अनार्य वा गैरपहाडी किन ‘राक्षस’ भए, किन ‘देवताका नमूना’ बनेनन् ? यो देशमा किन अहिले पनि ‘गरिब’लाई ‘सन्तोष गर’ ‘सन्तोष गर’ भन्ने पाठ पढाइएको छ ? ब्राह्मणहरूलाई मात्रै किन ‘प्रतिभा’ वा ‘ईश्वरीय शक्ति’ प्राप्त भइरहन्छ ? अब भने यी प्रश्न देवकोटाविद् इतिहासकारहरूलाई गर्नुपर्ने बेला आएको छ । देवकोटा आफ्नो समयका असामान्य लेखक अवश्य हुन्, ईश्वर होइनन् । म देवकोटा–ईश्वरमा पनि विश्वास गर्दिन, देवकोटाको ईश्वरमा पनि ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 18 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 57 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 59 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।