धनकुटाका कृषक आँपखेती तर्फ आकर्षित, यस वर्षमात्रै ६ करोडको आँप बिक्री

धनकुटा, साउन २६। धनकुटामा यस वर्ष ६ करोड रुपैंया भन्दा बढीको आँप विक्री भएको छ । यो वर्ष १ हजार १४ मेट्रिकटन आँप विक्री भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

 

उक्त आँपको विक्री मुल्य लगभग ६ करोड ८० लाख रुपैंया रहेको छ । धनकुटामा तीन सय ७५ हेक्टर जमिनमा आँपको खेती हुदै आएको छ । जसमा उत्पादनशिल एक सय ६५ हेक्टर रहेको थियो भने उत्पादकत्व ६ सय १४ मेट्रिकटन रहेको जिल्ला कृषि विकास कार्यालय धनकुटाका बाली संरक्षण अधिकृत सुर्य सापकोटाले बताए ।

 

धनकुटामा आँपको न्यूनतम मुल्य प्रतिकिलो ६० देखि एक सय रुपैयाँँसम्म रहेको छ । धनकुटा नगरपालिका–९ छेम्सुवाका कृषक पशुपति भण्डारीले यस बर्ष ९ लाख रुपैयाँको आँप विक्री गरेको बताए । उनले ४० रोपनी जमीनमा करिब २ सय भन्दा बढी आँपको बोट लगाएका छन् ।

 

‘अघिल्लो बर्ष भन्दा कम उत्पादन भयो । तर बजार भाउँ राम्रो पाएकाले आम्दानी धेरै भयो’ भण्डारीले भने । आफुलाई खानको लागि रोपिएको रुखमा फलेको आँपले आम्दानी राम्रो दिन थालेपछि अहिले धनकुटाका किसानले व्यवसायिक रुपमा खेती गर्न थालेका छन् ।

 

अरुण नदी र तमोर नदीको गड्तिरमा रहेका समथर फाँटमा बसोबास गर्ने कृषकले सबैभन्दा बढी आँपको खेती गर्दै आएका छन् । जलबायु परिवर्तनका कारण तापक्रम बृद्धि भएर सुन्तला मासिँदै गएपछि कृषकहरु आँप खेती तर्फ आकर्षित बन्दै गएका छन् ।

 

महालक्ष्मी नगरपालिका चानुवाका कृषक इश्वर बल्लव भट्टराईले पनि आपँ बिक्रिबाट पनि यो वर्ष एक लाख भन्दा बढी आम्दानी गरेको बताए । उनले २० रोपनी जमीनमा माल्दा, काली बम्बई जातका आँप लगाएका छन्।

 

आँपबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको साविक बेलहरा, छिन्ताङ, आहाले, महाभारत, खुवाफोक, कुरुलेतेनुपा, बुढिमोरङ, मौनाबुधुक, बोधे, आँखिसल्ला, चानुवा, लेगुवा, खोकु र चुङवाङ लगायतका गाविसका कृषकले व्यवसायिक रुपमा आँप खेती गर्न थालेका छन् ।

 

गत बर्ष धनकुटामा तीन सय २५ हेक्टर जमीनमा आँप खेती लगाइएको थियो । यो बर्ष तीन ७५ हेक्टर पुगेको छ । पछिल्लो समयमा आएर बेसी भेगमा आपँ खेती गर्ने कृषकहरुको लहर बढेर गएको जिल्ला कृषि विकास कार्यालय धनकुटाका बाली संरक्षण अधिकृत सापकोटाले बताए ।

 

यस वर्ष जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा माल्दा जातको २ हजार र अम्रपाली जातको पाँच सय विरुवा वितरण गरेको थियो ।



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 36 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 54 minutes ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।