धौलागिरिको पहिलो व्यावसायिक चियाखेती अलपत्र

प्रतिकात्मक तस्वीर

पर्वत, जेठ २। धौलागिरि अञ्चलमा पहिलो पटक सुरु गरिएको व्यावसायिक चियाखेती संरक्षणको अभावमा अलपत्र परेको छ ।

 


स्थानीयवासीको बेवास्ताका कारण जिल्लाको महाशीला गाउँपालिकास्थित फलाम खानीमा सातवर्ष अगाडि जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको चियाखेती अहिले गौचरणमा परिणत भएको हो ।

 


उचित संरक्षण र रेखदेखको अभावमा चियाखेती फस्टाउन नसकेको जिल्ला समन्वय समिले जनाएको छ । साविकको फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ मा दलित समुदायको आयआर्जन बढाउने उद्देश्यले चियाखेती सुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले चियाखेतीको सम्भाबना थियो ।

 


आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएर स्थानीयवासीलाई चियाखेती विस्तारमा हौसला दिए पनि स्थानीवासीको बेवास्ताका कारण चिया बगान अस्तव्यस्त बनेको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले बताए ।

 


‘दलित समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको हो’ उनले भने “स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको छैन” एक हजार ८०० मिटरको उचाइमा रहेको फलामखानी गाविसलाई चियाखेतीको पकेटक्षेत्र बनाउने गरी पाँचवर्ष अगाडि २० हजार चियाका बिरुवा रोपिएको थियो ।

 


नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा जिविसले झन्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो । साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयवासीले संरक्षण नगर्दा नष्ट भए पनि वडा न ७, ८ र ९ मा भने बिरुवा अझै जीवितै छन् । सुवेदी भन्छन्–“यस क्षेत्रमा चियाखेती सफल हुने लक्षण देखिएको छ ।” स्थानीय डाडाँकटेरी क्षेत्रमा हालसम्म रोपिएका बिरुवा छन् तर ती बिरुवालाई संरक्षण गर्ने अभियानमा भने स्थानीयवासीको चासोे छैन ।

 

 

अरुले गरिदिने आशमा मात्र बस्ने नेपालीको पुरानो प्रचलन भएका कारण स्थानीयवासीमा संरक्षण सम्बन्धी चेतना पलाउन छैन भने जिल्ला समन्वय समितिले गोडमेलका लागि तालिम प्रदान गर्नुका साथै बजेट विनियोजन गरेको छ ।

 

 

तर, स्थानीयवासीले बजेट ल्याउने र चिया बगानको संरक्षण गर्नमा भने हालसम्म पनि चासो नदेखाएको सामाजिक विकास अधिकृत सुवेदीले दुःख व्यक्त गरे । 



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 7 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।