डायनाले गरेकी थिइन् बारम्बार आमहत्याको कोशिस

एजेन्सी,३० जेठ । दिंवगत राजकुमारी डायनाको जीवनको बारेमा यस्ता धेरै राजहरुको खुलासा भएको छ जसका बारेमा सायद कमैलाई थाहा छ । राजकुमारी डायनाका जीवनीकार एड्रयु मोरटनले डायनासँगको अन्तर्वार्तालाई लिखित रुप दिदै सार्वजनिक गरेका छन् ।


यसमा डायना र राजकुमार चाल्र्सको वैवाहिक सम्बन्ध कति तनावपुर्ण थियो त्यसबारे उल्लेख गरिएको छ ।


डायना आफ्नो वैवाहिक सम्बन्धदेखि यति धेरै बेखुशी थिइन् कि उनले आफ्नो नाडी समेत काटेकी थिइन् ।


राजकुमारीको सिक्रेट टेप्सहरुको ट्रान्सक्रिप्टबाट यो कुराको खुलासा भएको हो ।


किताबमा भएको थियो खुलासा


बाहिर आएको रिपोर्ट अनुसार, यो खुलासा एक किताबमा गरिएको थियो । राजकुमारी डायना र अवसादसँग लडाई र प्रिन्स चाल्र्ससँग उनको जीवन र उनकी प्रेमिका कैमिलामा आधारित रहेको छ । यस किताबमा डायनाको तर्फबाट भनिएको थियो,‘म धेरै तनावमा रहेकी थिए । रेजर ब्लेडले आफ्नो नाडी काट्ने काशिस समेत गरेकी थिए ।’


मोरटनले डायनासँग सन् १९९१ मा गोप्य रुपमा अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्ताका केही भागहरु मोरटनले लिखित रुपम मिडियामा शेयर गरेका छन् ।


डायनाले गरिन् बारम्बार आमहत्या गर्ने कोशिस


अन्तर्वार्ताका अनुसार जब प्रिन्स चाल्र्सले डायनाको अगाडि विवाहको प्रस्ताव राखे तब उनलाई चाल्र्स र कैमिला पार्करको सम्बन्धबारे थाहा थियो । तर, विवाह पश्चात पनि उनीहरुको सम्बन्ध कायम राखेका थिए । यसका कारण डायना निकै तनावमा रहेकी थिइन् ।


मोर्टनले यस एड्रयु मोर्टनको पुनः प्रकाशित कितब ‘डायनाः हर ट्रु स्टोरी’ मा उपयोग गरेका थिए ।


उनले अन्तार्वार्तामा भनेकी थिइन्,‘ हनीमुनको दौरान मेरो जीवनमा उथुलपुथुल नै भयो । म धेरै पातली थिए । धेरै दुब्ली । मानिसहरु मेरो हड्डी देखियो भन्थे । सन् १९८१ को अक्टुबरमा मेरो अवस्था झनै खराब भयो ।’


डायनाकी ठुली दिदीसँग समेत थियो चाल्र्सको सम्बन्ध


डायना जब १६ वर्षकी थिइन् तब चाल्र्स २९ वर्षका थिए । चाल्र्स डायनाकी ठुली दिदी सारालाई भेट्न आउने गर्थे । दुवै जना डेटिङमा मस्त रहेका थिए । तर, यो सम्बन्ध ९ महिनासम्म मात्र टिक्यो । त्यसपछि डायना र चाल्र्स मिल्न थाले । सन् १९८१ मा उनीहरुले विवाह नै गरे । तर, यो सम्बन्ध पनि ज्यादा लामो टिक्न सकेन । आपसी मतभेदका कारण सन् १९९६ मा उनीहरुको डिभोर्स भयो ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।