प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • आइतबार, ५ कार्तिक, २०७४
  • 3 weeks ago
  • नेपाल

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।

 

सामाजिक संजालमा ब्यापक आलोचना हुन थालेपछि एमालेले यस्तो निर्णय फिर्ता लिएको हो । मनाङेको सट्टा एमाले मनाङले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी पनि दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी महिला नेतृ हुन् ।

 

एमालेले निर्णय फिर्ता लिएपछि मनाङ भने एमालेकै बागी उम्मदेवार बन्ने भएका छन् । सर्वसम्मत रुपमा मनाङको नाम सिफारिस भए पनि आलोचनापछि पार्टी जिल्ला कमिटीले उनको नाम हटाएको हो ।

 

नाम हटाएपछि भने मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । केहीअघि उनी राप्रपाको सिंगो संगठन सहित एमालेमा प्रवेश गरेका थिए । मनाङेकै पार्टी प्रवेशपछि एमालेले मनाङमा पनि दुई स्थानीय तह निर्वाचन जितेको हो ।

 


दीपक मनाङेको वास्तविक नाम राजिव

 

दीपक मनाङेको नागरिकतामा उल्लिखित खास नाम राजिव गुरुङ हो । उनको दुई नामकै कारण सिंगो प्रहरी संगठन समेत पक्राउ गर्ने क्रममा पटक पटक अलमलिएको थियो । त्यही समस्या नेकपा एमालेले पनि भोग्नुपर्यो ।

 

एमालेका नेताहरु ‘दीपक मनाङे’ नाम गरेको मान्छे आफ्नो पार्टीमा कहिल्यै पनि नभएको दाबी गर्छन् । र राजिव गुरुङ नामको व्यक्ति नै दीपक मनाङे रहेको कुरा आफूहरुलाई जानकारी नभएको एमाले नेताहरुको जिकिर छ ।

 

एमाले प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङ दीपक मनाङेलाई आफूहरुले नचिनेकोले जिल्लाबाट आएको सिफारिस जस्ताको त्यस्तै केन्द्रमा पठाइदिएको बताउँछन् । मनाङ २ बाट राजिव गुरुङ भनी आएको सिफारिसलाई केन्द्रमा पठाएको गुरुङको भनाइ छ ।

 

संचारमाध्यममा गुन्डा नाइके दीपक उम्मेदवार भनी प्रचार भएपछि आफूहरु झस्किएको एमाले नेताहरु बताउँछन् । उनको दुईवटा नामले गर्दा आफूहरु झुक्किएकोले वास्तविकता थाहा पाएपछि सच्याएको प्रदेश नम्बर ४ का एमाले नेताहरुको भनाइ छ ।

 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 18 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 56 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 59 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।