एनआरएन यूके उपाध्यक्षमा दिपक श्रेष्ठले गरे उम्मेद्वारी घोषणा

  • सोमबार, २ साउन, २०७४
  • 4 days ago
  • युके

लण्डन । एनआरएन यूकेका कोषाध्यक्ष दिपक श्रेष्ठले आसन्न सातौं अधिवेसनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

 
बेलायतमा एक सफल युवा व्यवसायी तथा सक्रिय समाजसेवीका रुपमा समेत परिचित श्रेष्ठले संस्थाको गरिमालाई उचो गरी काम गर्ने प्रतिबद्दतासहित उम्मेद्वारी घोषणा गरेका छन् ।

 

एनआरएन यूकेको अभियानमा जोडिएर समुदायको हितमा सक्दो योगदान गर्दै जाने आफ्नो चाहनाअनुसार अब थप जिम्मेवारी लिएर अघि बढ्न खोजेको श्रेष्ठले बताएका छन् ।

 

दुई कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेका र कोषाध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले अब विगतको अनुभवबाट उर्जा लिएर नयां जिम्मेवारीहरु पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

 

मिलनसार व्यक्तित्व , इमान्दार छबि र लगनशील कार्यशैलीका धनी श्रेष्ठ एनआरएन यूके वृत्तमा सबैसंग मिल्न सक्ने पात्रका रुपमा चिनिन्छन् । विशेषत वर्तमान मुछेत्र गुरुंग नेतृत्वको कार्यसमितिमा श्रेष्ठले कोषाध्यक्षको रुपमा निर्वाह गरेको कुशल भुमिकाको लागि कार्यसमितिभित्र र बाहिर समेत उनको प्रशंसा हुने गरेको छ ।

 

श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुअघि नै नयां कार्यसमितिको उपाध्यक्ष पदमा सबैभन्दा बलियो दाबेदारका रुपमा उनले व्यापक चर्चा कमाएका थिए ।

 

बेलायतको नेपाली समुदायमा श्रेष्ठले सामाजिक क्षेत्रमा इमान्दारीपूर्वक क्रियाशिल एक आदर्श अभियन्ताको छबि समेत बनाइसकेका छन् । कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष श्रेष्ठले अहिले बुद्ध फाउण्डेसन यूकेको अध्यक्षका रुपमा आफ्नो सामाजिक कर्मलाई अघि बढाइरहेका छन् ।

 

विश्वभर बुद्धको जन्मस्थल नेपाल र बुद्धत्वको प्रचार गर्ने उद्धेश्यले लण्डनको ट्राफल्गर स्क्वायर, पार्लियामेन्ट स्क्वायर जस्ता महत्वपुर्ण स्थानहरुमा सम्पन्न बुद्धजयन्ती कार्यक्रमको अगुवाई श्रेष्ठले नै गरेका हुन् । उनकै विशेष पहल र संयोजनमा कपिलवस्तुमा ७० लाख रुपियाको लगानीमा बुद्ध बृद्धाश्रम पनि बन्दैछ ।



    Your Comment

    थप समाचार

    बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

    • 9 hours ago
    बेलायतको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रमुख

    लण्डन । बेलायतकै इतिहासमा पहिलोपटक यहांको सर्वोच्च अदालतको प्रमुखमा एक महिला नियुक्त भएकी छिन् । 

    एनआरएनए यूकेमा चुनावी सरगर्मी

    • 11 hours ago
    एनआरएनए यूकेमा चुनावी सरगर्मी

    अहिलेसम्म अध्यक्षको दौडमा हिराधन राई, योगकुमार फगामी र कृष्ण तिमल्सेना नै मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

    प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

    • 12 hours ago
    प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

    बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।



    भिडियो

    hamropatro

    नेपाल

    प्रेम गरेकाे भन्दै युवतीलाई निर्घात कुटपिट गर्ने पाँचजना विरद्ध मुद्दा दायर

    बुटवल, साउन ६। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ ।

    जीवनशैली

    खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

    खाली पेटमा गाँजरको जुस पिएमा मिल्छ यस्ता फाइदा

    हाम्रो ठिक तरिकाले खानपिन गर्ने बानीले स्वास्थको लागि धेरै अर्थ राख्छ । आजकालको कुरा गर्ने हो भने बेकारको जीवनशैली र खानपानको कारणले धेरै मानिसहरुले विभिन्न खालका मानसिक र शारीरिक समस्याहरुको सामना गरिरहनु परेको छ ।