साहसले संसार जितेका ५ अशक्त व्यक्तिहरु

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।


समाजले अशक्त व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । तर त्यो दृष्टिकोण फेर्न पनि यी व्यक्तिहरुले ठुलो भुमिका खेलेका छन् ।


आउनुहोस् हेरौ विश्वका केही चर्चीत व्यक्तिहरु जो अशक्त भएर पनि विश्व जित्न सफल भए ।


१.सुधा चन्द्रन

तीन वर्षको कलिलो उमेरदेखि भारतनाट्यम सिकेकी बलिउड एक्टर तथा डान्सरको जीवनमा ठुलो संकट तब आयो जब उनी बस दुर्घटनामा परिन् । उनलाई सामान्य चोट लागेको थियो तर समयमा चेकअप नगराउँदा उनको दाहिने खुट्टा काट्नु परेको थियो । उनको करिअरमा ठुलो धक्का लाग्यो । तर उनले हार मानिनन् । आर्टिफिसियल खुट्टा हालेर उनी एकपटक फेरी आफ्नो करिअर बनाउन लागि परिन् । घाइतेभएपछि उनले जब पहिलो पटक स्टेजमा परफरमेन्स दिइन् तब उनको उत्साहाको चौतर्फी तारिफ गरिएको थियो । उनलाई एक पत्रिकाले कोट गर्दै लेखेको थियो,‘एउटा खुट्टा गुमाइन् तर माइल हिडिन् ’


उनी भारतीय फिल्मीकी चर्चामा रहिरहने अभिनेत्रीमा गनिन्छिन् । उनले धेरै अवार्ड पनि प्राप्त गरेकी छिन् ।


२. शाम क्याथोर्न


शाम क्याथोर्न अष्ट्रेलियन मोटिभेसनल स्पिकर (उत्प्रेरक वक्ता), लेखक, लाइफ कोच हुन् ।


उनले सन् २००९ मा ‘योङ अष्ट्रेलियन अफ द इयर’ अवार्ड जितेका थिए । उनको कार दुर्घटनामा भएको थियो । उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको मुटु तीन मिनेट तीस सेकेण्डसम्म रोकिएको थियो । उनको टाउकोमा गम्भिर चोट लागेको थियो ।

 

उनको दाहिने खुट्टा र दाहिने हातमा पनि धेरै फ्याक्चरहरु भएको थियो । उनलाई डाक्टर अशक्त भएको र बाँकी जीवनमा ह्वीलचियरमा जीवन बिताउनु पर्ने बताएका थिए । उनको आत्मविश्वासका कारण उनी छिटो नै निको भए । त्यो घटनापछि पुर्ण ठिक भएपछि उनले भनेका थिए,‘तपाईले निर्णय लिनुहुन्छ त्यसले तपाई को हो भन्ने बुझाउँछ ।’


उनी विश्वमै त्यस्ता गिटारिष्ट हुन् जो कुहिनोका सहायताले गितार बजाउँछन् । विकसित राष्ट्रहरुमा उनको फाउण्डेसन ‘क्याथोर्न फाउण्डेसन’ विभिन्न कार्यक्रम गर्दै सहयोग गर्दै आइरहेको छ ।


३. राल्फ ब्राउन


राल्फ अमेरिकामा जन्मिएका हुन् । उनीको ह्वीलचियर बनाउने कम्पनी रहेको छ । विश्वका विभिन्न राष्ट्रहरुमा उनको कम्पनी मार्फत ह्वीलचियर बेच्ने काम गर्छन् । ६ वर्षको उमेरमा मस्कुर डिसट्रोफी भएपछि उनले २० वर्षको मोटराइज स्कुटर निर्माण गरेका थिए ।

 

उनले त्यसपछि ब्राउन कर्पोरेशन फर्म खोलेका थिए । उनले आफ्नो सोचलाई फराकिलो पार्दै गए र सफलता हासिल गर्न सफल भए । सन् २०१२ मा अमेरिकन सरकारले उनलाई ‘च्याम्पियन अफ चेन्ज’ नाम दिइयो ।


४. अरुनिमा सिंहा


अरुनिमा विश्वकै यस्ती पहिला महिला हुन् जसले आर्टिफिसियल खुट्टाको भरमा सगरमाथा आरोहण गरेकी थिइन् । उनी राष्ट्रिय लेभल की भलिबल खेलाडी हुन् । रेलमा भएको दुर्घटनामा उनले आफ्नो खुट्टा गुमाउनु परेको थियो ।


उनको खुट्टको अप्रेशन गरी घुडामा रड राखिएको थियो । उनको यस घटनापछि मिडियामा ठुलो चर्चा भएको थियो । उनको मजाक तब उडाइयो जब उनले आर्टिफिसियल खुट्टाको भरमा सगरमाथा आरोहण गर्ने निर्णय गरिन् । तर उनीले आफ्नो आत्मविश्वास प्रमाणित गरेरै छोडिन् । उनले सगरमाथा चढेर फर्केपछि एकपत्रिकालो उनलाई उदृत गर्दै भनेको थियो,‘असफलता त्यो होइन जब हामी आफुलाई कमजोर सम्झिन्छौ, उदेश्य कस्ता छन् तिनीहरुमा भर पर्ने कुरा हो ।’


५. क्रिस्टोफर रिभे

क्रिस्टोफर अमेरिकन डाक्टर, निर्देशक, फिल्ममेकर तथा एक्टिभिस्ट पनि हुन् । उनी अशक्त व्यक्तिहरुलाई उत्साह पैदा गर्ने एक उदाहरण पनि हुन् । उनी आफ्नो कमिक बुकका लागि पनि प्रख्यात रहेका छन् । उनको किताब ‘सुपर हिरो’, ‘सुपरम्यान’ । घोड सवारी गर्ने क्रममा लडेपछि उनीलाई प्यारालाइसिस भएको थियो ।

 

हिडडुल गर्न नसक्ने भएपछि उनी आत्महत्या गर्न समेत लागेका थिए । तर परिवारको सहयोगका कारण उनको नयाँ जीवन सुरु भयो । उनी उपचारका लागि इजरायल गए । त्यहाँ विभिन्न सुविधा लिदै उनको उपचार भयो । टाउकोमा गम्भिर चोट लागेका सयौ बिरामीसँग उनले छलफल गरे ।


अशक्त व्यक्तिहरुलाई उत्साहा प्रदान गर्ने काम गरेका उनलाई अमेरिकन प्यारालाइसिस एसोशियनसनमा अध्यक्षको रुपमा निर्वाचित गरिएको छ । स्पाइनल कर्ड घाइतेहरुको अध्ययनका लागि उनले रिभे–इर्भिन रिसर्च सेन्टर समेत स्थापना उनले गरे । यही विषयमा रहेर उनको रिसर्च सेन्टरले अध्ययन गर्दै आइरहेको छ ।



Your Comment

थप समाचार

दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

  • 32 minutes ago
दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

सोल । दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

  • 39 minutes ago
अाेली र प्रचण्डबीच दाेस्राे दिनकाे छलफल सकियाे, भाेली पनि भेटघाट हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि छलफल भएको

२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

  • 2 hours ago
२२ वर्षको आर्सनल बसाईंपछि आर्सिनी वेङ्गरले यसै सिजनको अन्त्यमा क्लब छोड्ने

एजेन्सी । अन्ततः आर्सिनी वेङ्गरको २२ वर्ष लामो आर्सनल बसाई यसै सिजनबाट अन्त्य हुने भएको छ । सन् १९९६ देखि निरन्तर रुपमा आर्सनलको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका वेङ्गर आर्सनलको व्यस्थापक भएपछि १


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।