लघुकथा : दिवस

डा. बच्चु कैलाश कैनी


शनिबार राति ढिलो भयो सुत्न । अंग्रेजी ’न्यू ईयर इभ’ मनाउंदा मनाउंदै कति बेला रातको दुई बजेछ थाहा नै भएन । आजकल काठमाण्डुमा ’न्यू ईयर इभ’ को दिन रातको बाह्र बजेसम्म धेरै जागा बसेका हुन्छन । मलाई पनि खूब मन पर्छ ठमेल र दरबारमार्ग वरिपरि घुम्न र उक्त दिनको रात्रिकालीन समयको मजा लिन । त्यसैले म पनि उतै बरालिएको थिए ।


मध्य पुसमा काठमाण्डुको जाडो । काठमाण्डुको चिसोमा हार्ड ड्रिंक नभई तात्ने कुरा पनि भएन । मैले पनि साथीसँग विदेशी हार्ड ड्रिंक लिएको थिए । त्यसले मलाई थप रौनक र ऊर्जा दिएको थियो ।

मेरो साथी प्रकाश र म भेट नभएको धेरै भएको थियो । हामी फोनमा धेरै नै कुरा गर्छौ । तर उ नोकरीको सिलसिलामा काठमाण्डु बाहिर बस्नु पर्ने भएकोले भेट गर्ने अवसर नजुटेको झन्डै एक बर्ष भन्दा बढी नै भएको रहेछ । त्यसैले हामीले अंग्रेजी नयां बर्षको ’न्यू ईयर इभ’ लाई नै भेट्ने राम्रो अवसरको रुपमा लिएका थियौ ।

 

उसको बानी पनि निकै रमाइलो गर्नुपर्ने खालको छ । हार्ड ड्रिंक, मोजमस्ती, नाचगान आदि उसको जिन्दगीको एउटा हिस्सा नै हुन । मेरो त झन के कुरा गर्नु मलाई त सिर्फ बाहना मात्रै चाहिन्छ । उमेर अधबैशे भए पनि रमाइलो गर्ने मामलामा म टीनएजर जस्तै छु ।

 

प्रकाश र मेरो मिल्ने थप बिशेषता के भने हामी दुबै जना सरकारी जागिर खान्छौ र दुबै जना सामजिक सञ्जालमा उत्तिकै सक्रिय छौ । म जस्तै उ पनि फेसबुकको स्टाटस लेख्न र फोटो अपलोड गर्न उत्तिकै माहिर छ ।

 

’न्यू ईयर इभ’ को रातको रमाइलोपछि हामी आआफ्नो घर जानु भन्दा पहिले प्रकाशले एउटा फोटो खिच्ने इच्छा जाहेर गर्यो । मेरो परम मित्रको आग्रहलाई मैले नाईं भन्ने कुरा नै भएन । मैले एक क्लिक गर्ने जमर्को के गर्दै थिए, उसले मलाई पख् पख् भन्यो र खल्तिबाट ढाका टोपी निकाल्यो । टोपी मिलाउंदै उसले मुस्कान छोड्यो । मैले पनि उसको त्यो क्षण क्यामेरामा कैद गरें ।

 

त्यति मात्रै कहँं हो र ? उसले मलाई पनि ढाका टोपी लगाउन र मेरो पनि एउटा तस्बिर खिच्न अनुरोध गर्यो । म पनि के कम, मैले पनि उसले भने जस्तै गरें । उसले मेरो ढाका टोपी सहितको एउटा तस्बिर खिच्यो र भन्यो, ’भोलि ढाका टोपी दिवस’ हामी दुईको तस्बिर फेसबुकमा छाउने भयो ।’ मैले भनें, ’आखिर हामीलाई अंग्रेजी होस वा नेपाली, दिवस मनाउनु र फेसबुकमा तस्बिर हाल्नुसंग मतलब छ ।’ उसले पनि स्वरमा स्वर मिलायो र भन्यो, ’अंग्रेजी नयां  बर्ष पनि दिवस, ढाका टोपी दिवस पनि दिवस ।’

 

नभन्दै आइतबारको फेसबुकमा हामी दुईले दुबै दिवस मनाएको तस्बिरहरू सार्वजनिक भएका छन र ती तस्बिरहरूमा लाइक र कमेंट गर्नेको कुनै कमी छैन । आखिर म र प्रकाश जस्तै सामजिक सञ्जालमा छाउने, एकछिन अघि अंग्रेजी नयां बर्षमा रमाउने र तत्कालै आफूलाई ढाका टोपीमा सजाई खाट्टी नेपालीमा रूपान्तरित गराउने समाजको कमि कहँं छ र ?



    Your Comment

    थप समाचार

    बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

    • 4 minutes ago
    बर्डफ्लुले घाटा बेहोरेका कृषक गौतमलाई निम्बसले दियो तीन लाख ३८ हजार

    काठमाडौं, साउन ११ । कृषि क्षेत्रको लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु उत्पादन गर्दै आएको निम्बस कम्पनीले ‘शक्ति सहयोगी हात’ कार्यक्रम अन्तर्गत बर्डफ्लुबाट क्षति बेहोरेका कृषकलाई

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    • 34 minutes ago
    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

    २६ जना सैनिक मारिए

    • 43 minutes ago
    २६ जना सैनिक मारिए

    कान्दाहार, ११ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ ।



    भिडियो

    hamropatro

    नेपाल

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार, कताबाट लगिएकाे छ कसैलाई थाहा छैन

    काठमाडौँ, साउन ११। बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ ।

    जीवनशैली

    बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

    बच्चाको अगाडी कहिल्यै पनि नभन्नुहोस् यस्ता ५ कुरा

    हरेक आमा बुबाले आफ्नो बच्चाको राम्रो भविष्यको लागि उनीहरुमा असल बानीब्यहोरा को विकास हो भन्ने चाहन्छन् । बच्चाको नराम्रो बानी हटाउन आमाबाबुले आफ्नो बच्चालाई गाली पनि गर्छन् ।

    विचित्र विश्व

    यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

    यस्तो अनौठो रेष्टुरेन्ट जहाँ रोबोटले तय गरिदिन्छ तपाईले के खाने

    बेइजिङ । रेष्टुरेन्टमा गएपछि आँफूलाई मन पर्ने खाना खाने चाहना सबैलाई हुन्छ । आँफूलाई मन पर्ने खानाको चक्करमा हामी यो कुरामा ध्यान दिँदैनौ कि जे हामी खान लागिरहेका छौं र त्यो हाम्रो स्वास्थको लागि ठिक छ कि छैन ।