डोक्लामबाट भारतीय सेना हट्ने तर लिपुलेकबाट किन नहट्ने ?

प्रधानमन्त्री शेरबहादुर देउवा पाँचदिने राजकीय राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किए । उनले भ्रमणको क्रममा आफ्ना समकक्षी नरेन्द्र मोदीसमक्ष संबिधान संशोधनसम्बन्धी दिएको अभिव्यक्तिले नेपालमा विवादरुपी तरङ्ग नै पैदा गरेको थियो । नेपालका प्राय सबै प्रधानमन्त्रीहरु आफ्नो नियुक्ति संगै भारतको प्रथम भ्रमण गर्ने परम्परा नै बनिसकेको छ । यसै अनुरुप प्रधानमन्त्री देउवाले यसपटक पनि उक्त परम्परालाई निरन्तरता दिएका थिए । तर यसपटक उनको भारत भ्रमण अलिक विशिष्ठ प्रकारको थियो ।

 

बहुचर्चित डोक्लाम विवादको कारण भारत र चीन उक्त क्षेत्रमा आमने–सामने रहेका थिए । कुनै एउटा देशको सैनिकको बन्दुकको ट्रिगर अर्को तिर सोझिए, परमाणु अस्त्र सम्पन्न यी दुई बिशाल देशहरु एक अर्कामा भीमकाय बिस्फोट भै बज्रने निश्चित प्राय नै थियो । भुटान र चीनबीचको डोक्लाम विवादमा भारत अनाबश्यक संलग्न भएसंगै अहिले भारतले यस प्रकरणमा नेपालको समर्थनको प्रयास गरिरहेको छ ।

 

यस प्रसङ्गमा अहिले नेपालसँग सुनौलो अवसर समेत बनेर आएको थियो, डोक्लाम काण्डमा लिपु लेक र कालापानीको बिषयमा दह्रो खुट्टा टेकी आफ्नो गुमेको भूमि फिर्ता माग्नको लागि । तर उनि उक्त बिषयमा चुइक्क नबोली फर्किए । यो उनीले बिगतमा गरेका हजारौं ‘पाप पखाल्ने’ अवसर आएको थियो । उनलाई इतिहासले त पक्कै पनि माफी दने छैन नै । सँगसँगै, भाबी पुस्ताले समेत यसप्रकारको राष्ट्रघाती सन्धि÷सम्झौतालगायतको हिसाब किताब खोज्ने छ । किन भने सुगौली सन्धि पछि नेपालले जति पनि भूमि गुमाएको छ, त्यो केवल नेपाल कमजोर रहुन्जेल मात्र हो । जुन दिन नेपाल सबल बन्छ, त्यो दिन सम्पूर्ण हिसाब किताब होला नै । तर अहिले हामीले खुट्टा नकमाई गुमेको भू–भाग माग्ने हिम्मत गर्न सक्नु पथ्र्यो । शेरबहादुर देउवाले अहिले यस्तै आँट गर्नु अहिलेको आवश्यता हो । यस विषयमा आमनेपालीको मनमा खड्एिको प्रश्न हो, डोक्लामबाट भारतीय सेना हट्ने तर लिपुलेक र कालापानीबाट किन नहट्ने प्रधानमन्त्री ज्यू ?

बहुचर्चित डोक्लाम विवादको कारण भारत र चीन उक्त क्षेत्रमा आमने–सामने रहेका थिए । कुनै एउटा देशको सैनिकको बन्दुकको ट्रिगर अर्को तिर सोझिए, परमाणु अस्त्र सम्पन्न यी दुई बिशाल देशहरु एक अर्कामा भीमकाय बिस्फोट भै बज्रने निश्चित प्राय नै थियो । 

कुनै पनि मुलुकको स्वाधीनता, सार्वभौमसत्ता तथा स्वतन्त्रता भूगोलले ठूलो, सानो हँुदैन । सबै देशले आफ्नो सीमाना, आकाश तथा जलस्रोतको निर्वाध प्रयोग गर्न पाउँछ । यो अन्तर्राष्ट्रिय कानुनले सुनिश्चित गरेको प्रावधान हो । तर, नेपालले भने दशकौंदेखि भारतको हेपाहा प्रवृत्तिको सिकार हुनपरेको तथ्य आमनेपालीमा जगजाहेर छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष चीन भ्रमणमा जाँदा लिपुलेकलाई व्यापारको केन्द्र बनाउने सम्झौता गरेसँगै यस विषयमा आमचासो, विरोध र टीका–टिप्पणी सुरु हो । सम्पूर्ण सञ्चारमाध्याम, सामाजिक सञ्जाल तथा अन्य ब्लग यही विषयले रंगिए । हुन पनि एक देशभक्तका लागि यो अत्यन्त चिन्ताको विषय थियो । एक समय इतिहासमा कालापानी विवादले नेपाली राजनीति निकै तात्यो ।

 

पूर्वगृहमन्त्री वामदेव गौतम नेतृत्वको नेकपा मालेले कालापानीको चर्काे नारा लगाउँदै मुख्य राजनीतिक एजेन्डा बनायो । त्यसपछि उनी पटक–पटक सत्तावरिपरि घुमिरहेका छन् । तर, इतिहासको गर्भमा कालापानी हाम्रो हो भन्ने बहस हरायो । कालापानीलाई नेपाली राष्ट्रियताका ‘सिम्बोल’का रूपमा लिएर राजनीति गर्नेहरू सत्तामा पुगे । कालापानीमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन न एमालेले पहल गर्यो न माओवादीहरूले नै । उनीहरूका लागि कालापानी काला बादलभित्र हराएझैं भयो । तर, घटनाक्रमले फेरि कालापानीलाई बहसमा ल्याएको छ । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विकास गर्ने सम्झौता भएपछि लिपुलेक अर्थात् कालापानी क्षेत्रबारे फेरि बहस सुरु भएको हो ।

 

के हो लिपुलेक र कालापानी ?

 

लिपुलेक भन्ज्याङ दार्चुला जिल्लाको उत्तर–पश्चिमी सिमानामा पर्ने प्रायः हिउँ परिरहने निकै उचाइको भू–भाग हो । यहाँबाट उत्तरतिर लागेपछि तिब्बतको ताक्लोकोट र दक्षिणतिर भारतको कुती, गुन्जी, नाबी भन्ने ठाउँमा पुगिन्छ । यता, नेपालपट्टि हाम्रो अन्तिम मानव बस्ती टिंकर गाउँ छ । लिपुलेक चीनको कैलाश मानसरोवर, सिगात्से तथा ल्हासा जानका लागि सहज मार्ग भएकाले यो व्यापार, पर्यटन र तीर्थाटनका दृष्टिले निकै महत्वपूर्ण बिन्दु हो ।

 

सन् १९६२ मा भारत–चीन युद्ध हुँदा लिपुलेक भन्ज्याङबाट चिनियाँ सेना आउन सक्ने डरले भारतीय सेनाले कालापानी क्षेत्रमा कब्जा गरेको थियो । त्यसपछि हालसम्म पनि भारतीय सैनिकले अड्डा जमाएर बसेको छ । यतिमात्रले नपुगेर अहिले आफ्नै भू–भागजस्तै गरी चीनसँग व्यापारिक सम्झौतासमेत गरेको छ । यो कुनै पनि देशभक्त नेपालीको नशामा तातो रगत बग्ने विषय हो । लिपुलेक भन्ज्याङ सामरिक, पर्यटकीय, व्यापारिक र तीर्थाटनको दृष्टिले पनि महत्वपूर्ण छ । त्यहीँबाट मानसरोवर पुग्ने हो । पश्चिमा पर्यटक पनि त्यहीँबाट तिब्बततिर जान्छन् ।

 

डा. सुरेन्द्र केसीका अनुसार मुलुकको सन्धि सर्पण र ऐतिहासिक घटना कहाँ कसरी घटित भएका हुन् र कुन घटना र निर्णयको कहाँ कस्तो सरोकार रहेको छ भन्ने विषयमा सही दृष्टिकोण र विश्लेषण अभावले गर्दा कालापानी विवाद नेपाल–भारत सम्बन्धमा अहम् प्रश्नका रूपमा रह्यो एवम् आन्तरिक राजनीतिलाई पनि यसले अत्यधिक प्रभावित पार्यो । खासगरी कालापानीबाहेक नेपाल–भारत १७५० किलोमिटर लामो खुला सिमानामा मेची नदी, रसियावाल खुर्दलोटन बाँध र लक्ष्मणपुर बाँधजस्ता एकपछि अर्काे सीमा र सीमाक्षेत्रमा भारत सरकारद्वारा एकतर्फी रूपमा भए गरेका अतिक्रमण र क्रियाकलाप एवम् नेपालको सार्वभौमिकता, पानीसम्बन्धी तल्लो तटीय अधिकार प्राप्त मुलुकले गर्नुपर्ने आचरण र सीमासम्बन्धी अन्य अन्तर्राष्ट्रिय मान्यता र परम्पराको बारम्बार उपेक्षा हुने गरेको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार सन् १८५७ मा ब्रिटिस इन्डियाले बनाएको नक्सामा नेपालको लिम्पियाधुराबाट निस्केको काली नदीलाई सीमा मानिएको छ । त्यो नक्साले कालापानी क्षेत्र, लिपुलेक नेपालको हो भन्ने प्रस्ट देखाउँछ । भारतले नै बनाएको पुरानो नक्सामा कालापानी क्षेत्र नेपालको देखिन्छ । 

यसैगरी, सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार सन् १८५७ मा ब्रिटिस इन्डियाले बनाएको नक्सामा नेपालको लिम्पियाधुराबाट निस्केको काली नदीलाई सीमा मानिएको छ । त्यो नक्साले कालापानी क्षेत्र, लिपुलेक नेपालको हो भन्ने प्रस्ट देखाउँछ । भारतले नै बनाएको पुरानो नक्सामा कालापानी क्षेत्र नेपालको देखिन्छ । पछि भारतले आफूखुसी अर्काे नक्सा बनाएर कालापानी क्षेत्रलाई आफ्नो बनायो । कालापानी क्षेत्रमा भारतले नेपालको ३७२ वर्गकिलोमिटर क्षेत्र अतिक्रमण गरेको छ ।

 

श्रेष्ठका अनुसार अहिलेसम्म फेलापरेका प्रमाणले लिपुलेक मात्र नभएर महाकालीको उद्गम बिन्दु लिम्पियाधुरा हो भन्ने पुष्टि गरेको छ । यसबाट कालापानीको ६२ वर्गकिमि क्षेत्र त नेपालको हुँदै हो, थप लिम्पियाधुरासम्मको करिब ३१० वर्गकिमिसमेत नेपालकै देखिन आएको छ ।

 

सन् १८१६ को सुगौली सन्धिपछि नजिकै बनेका सन् १८२१, १८३०, १८३५, १८४१ र १८४६ का पुराना नक्सामा कालापानी नेपालको सीमाभित्र र लिम्पियाधुराबाट उत्पन्न भएको नदीलाई महाकाली नदी लेखिएको तथ्य सार्वजनिक भइसकेको छ । सन् १८७९ को हाराहारी र पछि प्रकाशित नक्सामा त्यही महाकालीलाई कुटियाङ्दी भनेर लेखिएको छ भने भारतले कालापानीको दक्षिणमा कृत्रिम पोखरीबाट निस्केको भँगालोलाई महाकाली भनेको छ । तर, पुराना नक्सामा कृत्रिम कालीनदी अंकन गरेको देखिँदैन । सन् १८४० तिरको भारतीय जनगणना हेर्दा लिम्पियाधुरापूर्वका कुटी, गव्र्याङ, नावी र गुन्जी गाउँको गणना गरेको देखिँदैन भने नेपालको २०१५ सालको चुनाव र राष्ट्रिय पञ्चायतको पहिलो निर्वाचनमा त्यहाँका मानिसले मतदान गरेका थिए । २०१८ सालको जनगणनामा ती सबै गाउँका मानिसको गणना भएको अभिलेख नेपालसँग रहेको छ ।

 

सरकारको नौटंकी

 

कालापानी हाम्रो हो भन्ने सबै आधार प्रमाणले बोल्छन् । तर, सरकारले अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा टोली बनाएर कालापानी हाम्रो हो कि हैन भन्ने छुट्ट्याउन लगाएको छ । जुन भूमि हाम्रो हो भन्ने स्पष्ट छ । त्यसमा फेरि किन अध्ययन गर्नुपर्यो ? आखिर सरकार किन यस्तो लाचार बनिरहेको छ ? नेपाली सेना किन ब्यारेकबाट निक्लन सक्दैन ? जब कि देशको सामान्यभन्दा सामान्य आन्दोलन र झडपमा सेना बाहिर निस्केर निःसहाय जनताको हत्या गर्छ भने देश आज लुटिइँदा प्रधानसेनापति ज्यू, तपाईं अहिले कुन खोपडीमा हुनुहुन्छ ? प्रधानमत्री शेरबहादुर देउवा ज्यू, तपाईं कुन देशभक्तिको डम्फु बजाउँदै हुनुहुन्छ ?

कालापानीमा भारतले हाम्रो सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप गरेको छ । यदि त्यही कुरा काश्मिरको कारगिलमा नेपाली सेना भएको भए यतिबेला हाम्रो छातीमाथि सेनाको बुट बजरिने थिए । भारतले पड्काएका तोपका गोली हुन्थे होला ? 

कालापानीमा भारतले हाम्रो सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप गरेको छ । यदि त्यही कुरा काश्मिरको कारगिलमा नेपाली सेना भएको भए यतिबेला हाम्रो छातीमाथि सेनाको बुट बजरिने थिए । भारतले पड्काएका तोपका गोली हुन्थे होला ? तर, दुःखसाथ भन्नुपर्ने हुन्छ, हाम्रो सरकारमा बस्ने, चर्का राष्ट्रियताका मादल बजाउने, आफ्ना स्वार्थसिद्धका लागि उल्टै भारतको गुलामी गरेर थाकेका छैनन् । हे शीर्ष नेतागण, कारगिलको विषयलाई लिएर एउटा भोको अचेतन भारतीयको चेतना जाग्छ, उसको हृदय राष्ट्रवादको भावनाले उद्वेलित बन्छ ।

 

तर ५३ वर्षअघिदेखि आफ्नो अक्षुण भूमिमा विदेशी सेनाको बुट बज्रिँदा किन केपी, कमल थापाहरूको विवेक र स्वाभिमान केही बोल्दैन ? किन केपी, कमल थापाहरू मौन रहेर राष्ट्रिय स्वाभिमानलाई समाप्त परिरहेका छन् । तसर्थ, यसका लागि सम्पूर्ण देशभक्त, बुद्धिजीबी, पत्रकार तथा आमजनता एक भई आवाज उठाउन जरुरी छ । हामीले नगरे कसले गर्ने ? आज नगरे कहिले गर्ने ?

 हालः बेलायत



Your Comment

थप समाचार

उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

  • 8 minutes ago
उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 20 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 20 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ