पेट, छाती पोल्ने समस्या छ ? खाली पेटमा यी १० चिज खाँदैनखानुस् !

पेट र छाती पोल्ने समस्या प्राय सबैमा देखिन्छ । तर हाम्रो खानपिनमा थोरै ध्यानदिने हो भने यो समस्याको कारण डाक्टरकोमा पुग्ने र पैसा खर्च गर्नु पर्ने हुँदैन ।स्वस्थ जीबनयापनको लागि हामी फलफुल खाने गर्छौं । दुध तथा चिनी हाम्रो खानाका अभिन्न अंगहुन् । तर यी मध्ये कतिपय चिजहरु राम्रा हुँदाहुँदै पनि खाली पेटमा खानु हुँदैन ।ति चिजहरु हुन् :-

केरा

केरामा म्यागनेसियम एकदमै धेरै हुन्छ। यसलाई खालि पेट खायौ भने शरीरमा  क्याल्सियम र  म्याग्नेसियमको ब्यालेन्स बिग्रिन्छ। जसलेगर्दा छाती पोल्ने र पाचनक्रियामा समेत गडबडी आउने हुन्छ ।

सुन्तला

सुन्तलामा अर्गानिक एसिड हुन्छ।पेट खालि भएकोबेला शरीरमा त्यतिकै पनि एसिड (अम्ल) को मात्र  धेरै हुन्छ।त्यसमाथि यदि खालि पेटमा सुन्तला खायौ भने यसले एसिडको मात्रा अत्याधिक बढाउँछ । बैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने पेटमा एसिड धेरै हुँदा छाती र पेट पोल्ने तथा पथरीको समस्या समेत आउने हुन्छ ।

सखरखण्ड

सखरखण्डमा टैनिन र पैकटिन जस्ता पदार्थ हुन्छन् ।गम जस्तो यो पदार्थलाई खाली पेटले पचाउन सक्दैन । परिणाम स्वरूप छाति पोल्ने समस्या देखापर्छ ।

दुध

प्राय सबैलाई थाहा छ, दुधमा स्याचुरेटेड फ्याट (चिल्लो पदार्थ ) र प्रोटीन हुन्छ।खालि पेटमा दुध सेवन गर्दा यसले पेटको मांशपेसीलाई कमजोर पार्छ ।यसकारण दुधलाई खाली पेटमा सेवन गर्यो भने पाचनक्रियामा समस्या देखिनुको साथै यसले कफ पनि बढाऊछ ।

टमाटर

खालि पेटमा टमाटर सेवन गर्दा यसमा हुने एसिडले एक प्रकारको जेल पैदा गर्छ र अन्ततः पथरीको समस्या उत्पन्न हुन्छ ।

ग्रीन टि

हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रलाई बढाऊछ । एउटा समस्याबाट मुक्त हुन पिउने त्यही ग्रीन टि खालि पेटमा सेवन गर्दा एसिडिटी बढ्छ । र, पाचनक्रियामा समस्या ल्याएर अरु नयाँ समस्या उत्पन्न गराऊछ ।

चिनी

त्यसैपनि चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ ।खालि पेटमा चिनी सेवन गर्दारगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैजादा यसले थकान पनि बढ्छ ।

सफ्ट ड्रिंक्स (कोल्ड ड्रिंक्स)

सफ्ट ड्रिंक्सहरुमा कार्बोनेट एसिडको मात्रा अधिक हुन्छ। यसले शरीरमा एसिडको मात्रा बढ्छ । त्यसपछिको समस्या उही हो, छाती पोल्ने, पेट पोल्ने ।अनि एसिडिटीको समस्या पनि बढ्छ र साथसाथै छटपटी पनि हुन सक्छ।

चिया

चियामा पनि एसिडको मात्रा निक्कै नै धेरै हुन्छ।त्यसैले खालि पेटमा चियाको सेवनले पेट पोल्ने र दुख्ने समस्या हुन्छ भने अल्सर हुने सम्भावना पनि हुन्छ।

खर्बुजा

खर्बुजामा विटामिन , आइरन , म्याग्नेसियम, र पोटासीयमको मात्रा निक्कै नै धेरै हुन्छ। शरीरको लागि अति आवश्यक यी तत्वहरु खाली पेटमा पुगे भने चाहिंएसिडिटीको समस्या आउछ। साथसाथै पाचनक्रियामा पनि समस्या आउँछ । अझ पानि खाने बित्तिकै खर्बुजा खानु र खर्बुजा खाए लगत्तै पानि खानु त झन् हानिकारक हुन्छ । यदि त्यसो गरियो भने पखाला लाग्ने निश्चित छ ।



Your Comment

थप समाचार

उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

  • 6 minutes ago
उत्तर कोरियाले दियो हाइड्रोजन बमको धम्की, अब के गर्छ अमेरिका ?

सोल, ६ असोज । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । 

यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

  • 18 minutes ago
 यी अभिनेत्रीसँग होटलबाट बाहिरिए रणबीर कपूर, अभिनेत्रीको पिठ्युमा देखियो ‘लव बाइट’ को निशान

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूरको व्यक्तिगत जीन्दगीसँग जोडिएको एउटा समाचारले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ ।

चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

  • 18 minutes ago
चर्चित फुटबलर वायन रुनीका अजब गजब किस्साहरु

एजेन्सी । म्यानचेस्टर युनाइटेड छोड्ने निर्णय गरेपछि वायन रुनीका फ्यानहरु आश्चर्य चकित परेका थिए । तर, म्यानुमा खेल्ने समय नपाएपछि र प्रशिक्षक जोसे मोओरिनोको रोजाइको पहिलो खेलाडी बन्न नसकेपछि वायन रुनी


Loading...

भिडियो

hamropatro

नेपाल

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

पूर्वयुवराज पारसकी पूर्वप्रेमिका कन्निकाले सार्वजनिक गरिन् यस्ता तस्बिर

काठमाडौं, असोज ६ । पूर्वयुवराज पारस शाहकी थाइ प्रेमिका कन्निका चाइसनले सामाजिक सञ्जाल फेसबुक मार्फत पारससँग रोमान्सका केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

जीवनशैली

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

यी १० प्रकारका व्यक्तिले भूलेर पनि बस्नुहुँदैन नवरात्रिको व्रत

एजेन्सी । नवरात्रिका नौ दिनसम्म पूजा गरिने हिन्दु परम्परा रहँदै आएको छ । साथै नवरात्रिमा व्रत बस्ने पनि प्रचलन रहँदै आएको छ । व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनकनै हुन्छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ