धनगढीमा हेमन्त विवशको डोट्याली गुञ्जन

धनगढी, मंसिर ४  । डोट्याली कवि हेमन्त विवशले पछिल्लो साता धनगढीका साहित्य अनुरागीलाई आफ्ना सृजना सुनाए । उनले कविता, गीत र गजल मार्फत भुइँ मान्छेका कथा–ब्यथा सुनाएका थिए ।


स्थानीय रचना वाचन समूह, रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कविले छन्द र गद्यका दुई दर्जन कविता सुनाए । कार्यक्रमलाई रैका ट्राभल्स र रुबस होटलले सघाएका थिए ।


कविता सुन्न आउनेहरुले सय रुपैयाँ मुल्यको टिकट काटेका थिए । विवशका कविता सुनेर सबै भावब्हिल बने । कविले भगवानको खोजी हली, बा दमाहा र ढोलक, देशको खोजी, कतारको रैबार, भुकम्प र राहत, कौशी र बाबा, मौनता जस्ता मर्मस्पर्शी कविता सुनाएका थिए ।


सुदूरपश्चिमको आञ्चलिक स्वादका साहित्य सृजना गर्दै आएका विवशका केही गीतहरु कार्यक्रममा गायक शिशिर साधकको समूहले गाएको थियो । साधकको गायन समूहमा बसञ्त साधक, देवराज गिरी, शिशिर रानाभाट थिए ।

 

समारोहमा साहित्यकारहरु टोपेन्द्र शाह, पदमराज जोशी, अभि अजनवी र जनक रसिकले विवशका कविताको तारिफ गरेका थिए । हेमन्तका कविताले आञ्चलिक स्वादका सृजना गर्न सबैलाई हौस्याएको शाहले बताए ।


विवशको गएको असोज ५ गते पोखरामा पहिलो एकल कविता वाचन कार्यक्रम भएको थियो । उनलाई पोखरामा अलिमियाँ लोक वाङमय प्रतिष्ठान निम्त्याएको थियो ।


उनका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् । रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका पाँच दर्जन गीत रेर्कड भैसकेका छन् भने डेउडा गीत समेत गाएका छन् ।

 

 



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।