आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

pic-rss.com

चरिकोट, २७ पुस । सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो । दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ ।

 

दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन् । दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मको मात्र पढाइ हुने गरेको छ ।

 

बहिरालाई लक्ष्य गरेर सञ्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन् । यहाँ १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन् । तर यहाँ उमेर समूहका आधारमा र कक्षा चढेका आधारमा विद्यालय नहुँदा दोलखाका थुप्रै बहिरा शिक्षा लिनबाट वञ्चित छन् ।

 

यही उदारहण हो लक्ष्मी श्रेष्ठको पनि । उनी भूकम्प जानुभन्दा पहिले सिन्धुपाल्चोक बाह्रबिसेमा रहेको सिन्धु बहिरा निमाविमा पढ्थिन् ।

 

भूकम्पको त्रासले सिन्धु बहिरा विद्यालयसँगको समबन्ध छुटायो उनलाई । त्यही भूकम्पले गर्दा उनी आफ्नो घर लाकुरीडाँडा आइन् । लाकुरीडाँडामा आमाबुबासँग बसे पनि उनलाई विद्यालय पढ्नु पर्छ भन्ने कुराले पिरोलिरहेको र आमाबुबाले आफ्नो साङ्केतिक भाषा नबुझेकै कारण आफू घर छोडेर २ कक्षामा पढ्न आएको लक्ष्मी बताउँछिन् ।

 

आफ्नो बाआमाको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफ्नै जिल्लाको स्कुलमा पढ्न बाध्य भएको उनको भनाइ रहेको छ । उनी भन्छिन् – “मलाई रहर छैन २ कक्षामा पढ्न, फेरि जाने ठाउँ पनि कहीँ छैन । आमाबुबासँग बसेर समय काट्नुभन्दा बहिरासँगै केही सिकौँ भनेर मू कक्षा २ मा अध्ययन गरिरहेको छु ।”

 

“मलाई धेरै दुःख पनि लाग्छ, लाज पनि लाग्छ, किनकी मैले ८ कक्षामा पढ्दा धेरै जानेको थिएँ, अहिले २ मा पढेको कुरा मैले फेरि पढिरहेको छु,” उनी दुखेसो गर्दै भन्छिन्, “मानिस अगाडि बढ्छन् तर मेरो जिन्दगी पछाडि फर्किएको छ । मैले दुई वर्ष मात्रै पढ्ने अवसर पाएको भए यति बेला एसएलसी पास गर्ने थिएँ होला । पढ्ने अवसर गुम्दा जिन्दगीमा थुप्रै अवसर गुम्यो ।”

 

उस्तै पीडा बोकेर दुःखका स्वर सुनाइरहेका छन्, यस बहिरा विद्यालयमा पढ्ने विद्यार्थीले । यहाँ आमाबुबा गुमाएका, आमा वा बुबा गुमाएका, कान नसुन्ने, बोली बोल्न नसक्नेहरु पढिरहेका छन् । एउटै कक्षा कोठामा तीन वटा कक्षा भनेर पढाइ भइरहेको छ । दुईतिर फर्केर कक्षा सञ्चालन भइरहेको छ यहाँ । पछाडि एक कक्षा चलिरहेको भने अगाडि दुई कक्षा सञ्चालन भइरहेका छन् । बाल कक्षा बाहिर चौरमा पढाउने गरेको प्रधानाध्यापक विद्या कार्की बताउँछिन् । अहिले यस विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणपछि बहिराको जीवनमा खुसी आउने प्रधानाध्यापक कार्की बताउँछिन् । भवन मात्रै त बहिराको सबथोक होइन गुणस्तरीय शिक्षा पनि बहिराका लागि आवश्यक हुन्छ ।

 

विषयगत शिक्षक यहाँ भइदिए बहिरालाई सजिलो हुने प्रधानाध्यापक कार्कीको भनाइ छ । उनी भन्छिन् – “यहाँ दुई कक्षा मात्र छ तर धेरै कक्षा पढेका विद्यार्थी पढ्न आउँछन् । यस विद्यालय निमावि तहसम्म भइदिए केही सजिलो हुन्थ्यो । विद्यार्थीको तह छुट्याउन गाह्रो भयो ।”

 

यो विद्यालय आर्थिक हिसाबले पनि ज्यादै कमजोर छ । प्रधानाध्यापक बहिरा नै छिन् । यसले विद्यार्थीलाई सहयोग त पु¥याएको छ तर शिक्षा कार्यालयले बाल शिक्षाको कोटामा पठाएको शिक्षिका बहिरा वा साङ्केतिक भाषा जानेको नहुँदा ज्यादै अप्ठेरो परेको प्रअ कार्कीको भनाइ छ । उनी थप्छिन् – “नसुन्ने र सुन्ने विद्यार्थी अर्थात् साङ्केतिक पढ्ने अन्य विद्यार्थी भइदिए नसुन्नेलाई ऊर्जा पैदा हुने थियो र यो व्यवस्थाका लागि मैले सम्बन्धित निकायसँग आग्रह गरिरहेको छु, कसैले सुनेन ।”

 

बहिरालाई दया गर्ने मात्र हैन अवसर दिनु पनि आवश्यक रहेको प्रअ कार्कीको भनाइ रहेको छ ।

 

सुन्ने विद्यालयमा नसुन्नेले पढेपछि समस्या

 

उन्नाइस वर्षीय सुवास मगर बैतेश्वर मावि नाम्दुमा कक्षा १० मा सुन्ने विद्यालयमा पढ्थे । आफूले केही नजाने पनि विद्यालयले उसै कक्षा चढाइदिएकाले अहिले बहिरा विद्यालयमा केही नआउँदा वा नजान्दा आफूलाई लाज हुने गरेको बताउँछन् ।

 

त्यस्तै, ज्ञानु तामाङ पनि कक्षा ७ मा सुन्ने विद्यालयमा नै अध्ययन गरेकी हुन् । उनी पनि आफूले अक्षर चिन्न बहिरा विद्यालयमा आएर थालेपछि कक्षा कतिमा पढ्ने भन्ने थाहा भएको बताउँछन् । रासस



Your Comment

थप समाचार

अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

  • 15 minutes ago
अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

  • 21 minutes ago
त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

अर्नाको स्वास्थ्य नाजुक

  • 30 minutes ago
अर्नाको स्वास्थ्य नाजुक

चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

जीवनशैली

कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

विचित्र विश्व

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ