नेपाली समाजमा नाम, मान र सम्मान

नाम, मान र सम्मानका धेरै पाटाहरु हुन्छन । हाम्रो समाजमा नाताको आधारमा आफ्नो परिवारको सदस्यलाई मान र सम्मान गरिन्छ । कसैलाई पदिय जिम्मेवारीको आधारमा मान सम्मान गरिन्छ र त्यसैको आधारमा कसैको नाम पनि जोडिन्छ । यो नितान्त स्वाभाविक र जहाँ सुकै चलेको प्रचलन पनि हो । तर, नेपाली समाजमा चलेको र मैले भोगेको वा देखेको आधारमा नाम, मान, सम्मान र अपमानका केही विकृति र विसंगतिका सामाजिक पाटोको चर्चा गर्दैछु ।

 

हुन त म समाजशास्त्री हैन । न त म पत्रकार नै हुं । तर पनि, हाम्रो नेपाली समाजमा सामान्यतय अरु जस्तै मैले पनि धेरै कुरा भोगेको छु र देखेको छु । त्यसैले मैले यो लेख लेख्ने जमर्को गरेको हुं । मैले कसैको बिरुद्ध तितो पोखेको हैन । न त कसैलाई होचाउने वा तल पार्ने काम नै गरेको हुं । मैले त केवल मेरो अनुभव अरुसँग बँंड्ने प्रयास गरेको हुँ ।

 

हरेक मानिस स्वयं प्रकृतिको एउटा अनुपम देन हो । उ आफैमा एउटा छुट्टै रुप, स्वभाव र विशेषणको प्रतिमूर्ति पनि हो । हरेक मानिस अरु भन्दा भिन्न हुन्छ । त्यसैले त हरेक मानिस कुनै न कुनै किसिमको नाम, मान र सम्मानको लागि योग्य हुन्छ । भलै कसैको धेरै गुणहरु हुन्छन भने कसैको धेरै अवगुणहरु हुन्छन । हामी त्यसलाई नाम, मान र सम्मान दिन्छौ जसका धेरै अलौकिक, अद्भुत वा असामान्य गुणहरु हुन्छन र सबैले त्यसलाई स्वीकार गर्छन । यो स्वभाविक पनि हो । किनकि जसले राम्रो काम गर्छ, उ मान सम्मानको हकदार हुन्छ । अनि राम्रो काम गर्नेलाई मान सम्मान दिने हो भने अरुलाई पनि राम्रो काम गर्न प्रेरणा मिल्छ ।

 

तर केवल मान सम्मानका खातिर वा क्षणिक आत्मा रतिमा रमाउनका लागि मान सम्मान खोज्नेको कमि पनि यो दुनियांमा छैन । मैले मात्रै हैन हामी सबैले देखेको र भोगेको कुरा हो । आजकल हाम्रो समाजमा कसलाई कति नाम, मान र सम्मान दिने भन्ने कुरा संचार माध्यमहरुले पनि तय गर्छन । खास गरी पत्रकार मित्रहरुको यसमा धेरै ठूलो हात छ । त्यसमाथि च्याउ जस्तै खुलेका अनलाइन पत्रपत्रिका, सामाजिक संजालका माध्यम हरुको भूमिका पनि ठूलै छ । यो नेपाली समाजमा मात्रै हैन अरु सामाजमा पनि छ । तर, बिससित समाजको खबर वा कसैको बर्णन धेरै बस्तूपरक हुन्छ । तर, हाम्रो समाजको भने त्यसको उल्टो छ । कतिपय प्रायोजित समाचार वा लेख, कुनै प्रलोभनमा कसैको चर्चा गर्ने वा कसैलाई माथि पुर्याउने कुरा पनि यदाकदा पत्रपत्रिकामा नदेखिने वा नसुनिने हैनन् ।

 


अहिले पनि हामी कुनै भेला, सभा वा सम्मेलनमा धेरै समय आसन ग्रहण, अतिथिहरुलाई सम्बोधन, खादा र सम्मानमा खर्चेको हुन्छौ । सभा वा बैठकमा पनि कामको तात्विक कुरा भन्दा अरुको प्रसंसामा समय जान्छ । नेपालमा बस्नेले त्यो जानेनन भनुं भने पनि अहिलेको यो विश्वव्यापीकरणको जमानामा कुनै कुरा जान्नु, देख्नु र सिक्नु कुनै नयाँ कुरा हैन । बिदेशमा बस्ने नेपालीहरुको लागि बिदेशीहरुले आयोजना गर्ने सबै बैठक वा सभाहरु ब्यबस्थित र चुस्त भएको नदेख्ने र नभोग्ने कमै होलान । त्यति जान्दा जान्दै पनि नेपालीहरुको सभा वा सम्मेलन भने धेरै जसो नचाहिँदो कुरामा समय खर्च हुन्छ । यो कुरा त एउटा प्रतिनिधिमुलक उदाहरण मात्रै हो ।

 

जात, रंग, भौगोलिक बसोबास वा समाजमा कसैको आर्थिक वा सामाजिक हैसियतको आधारमा अहिले पनि हामी अरुको भेदभाव र अपमान गर्छौ । कसको ठूलो घर छ, कुन पदमा छ वा कसको आर्थिक हैसियत कस्तो छ त्यो आधारमा अहिले पनि हामी बिभेद गर्छौ । कुनै ढुंगाको मुर्तीलाई देख्ने बित्तिकै ढोग्ने हामी जिउदो मानिसलाई जात वा हैसियतको आधारमा अपहेलना गर्छौ ।

 

खादामा रमाउने हामी कसैको दुस्खमा वा गरिबीमा कुनै सहानुभूति सम्म दिन सक्दैनौ । समाजमा कुनै तथाकथित ठूलो मान्छेको अगाडी झुक्ने हामी समाजको कुनै सानो मान्छे, दबिएको, हेपिएको मान्छेको लागि केही गर्न सक्दैनौ । नामको लागि खुब दौडने हामी समाज परिवर्तन गर्ने, वा समाजमा तात्विक परिवर्तन हुने खास काम भन्दा पनि चर्चा, मान, सम्मान र खादाको लागि धेरै काम गर्छौ ।

 

कसैलाई मान सम्मान दिनु नराम्रो हैन । तर, आफ्नो स्वार्थ, चाकडी र चाप्लुसीको लागि त्यसो गर्ने कुरामा मेरो पूर्ण बिमति छ । प्रायजसो तथाकथित ठूलाबडाहरुको अघि पछि गर्ने ठूलो जमातको कुनै न कुनै व्यक्तिगत स्वार्थ लुकेको हुन्छ । कोही व्यक्तिगत कामको लागि पछि लाग्छन भने कोही दामको लागि पछि लाग्ने पनि हुन्छन ।

 

बिगतको तीन दशकको अवधिमा नेपाली समाजको केही पक्षहरुमा सुधार नआएको पनि हैन । बिशेष गरी शहरी क्षेत्रमा छुवाछुत, बर्ण, संस्कृति र जातजातिको आधारमा हुने असमानता, विभेद र विसंगतिमा सुधार आए पनि नचाहिंदो रुपमा गरिने चाकडी, चाप्लुसी र सम्मानको कुरामा भने झनै बिकृति बढेको छ । चाडपर्वमा गरिने तडकभडक, देखावटीपना र नचाहिंदो सम्मानको प्रवृतिले समाज झन् विभाजित हुंदै गएको छ । नेपाली समाज एकातिर अहिले पनि धेरै कुराहरुमा पुरातनबादी छ भने नयांपना वा आधुनिकताको नाममा अझै झन् असमनाता, बिकृति र विसंगति तिर धकेलिंदै छ ।

 

मान र सम्मानको नराम्रो पाटो मात्रै हैन, यसको अर्को सकारात्मक पाटो पनि छ । हामी आफू भन्दा ठूला, पाका र अग्रजहरुको सम्मान गर्छौ । घर, परिवार र समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान दिन्छौ र झन् राम्रो काम गर्न अभिप्रेरित गर्छौ । मेरो अनुभवमा यो कुरा बिकसित मुलुकहरुमा भन्दा नेपालमा बढी छ । तर, नेपालमा पैसामा मान सम्मान किनबेच गर्ने र देखाउनको लागि मात्रै सम्मान लिने दिने प्रचलन पनि छ ।

 

कसैले कसैको राम्रो काम देखेर दिने सम्मानलाई कम आंकलन गर्न सकिंदैन । अरुले दिने सम्मान भन्दा आफूले राम्रो काम गरेर वा आफू असल बनेर पाइने आत्मासम्मान धेरै सन्तोषप्रद हुन्छ । आत्मासम्मानले आत्मविश्वास दिन्छ । आत्मविश्वासले मान्छेलाई सफलताको शिखरमा पुग्न मद्धत गर्छ ।

 

मैले त यो समाजमा सामान्यतया हुने कुराहरु गरेको हुं । हुन त यो समाजमा त्यस्ता मानिसहरु पनि छन् जसले मान, सम्मानको लागि भन्दा पनि खास परिवर्तनको लागि काम गर्ने गर्छन् । तर यो अपवादको रुपमा मात्रै देख्न पाइन्छ । राम्रो समाजमा परिवर्तनको लागि खास तात्विक परिवर्तन हुने काम गर्ने धेरै हुन्छन र नाम, मान र सम्मान को लागि काम गर्ने अपवादको रुपमा हुन्छन् । तर, नेपाली समाजको अहिलेको रुप र स्वभाव भने ठिक यसको बिपरित छ ।

 

भनिन्छ मानिस स्वार्थको घेरामा बांधिएको हुन्छ । नाम, मान र सम्मानको लागि काम गर्छ । मानिसको आधारभूत आवस्यकता पुरा गरे पछि, सुरक्षाको प्रत्याभूति भए पछि र आर्थिक रुपमा सक्षम भए पछि अन्त्यमा चाहिने मान र सम्मान नै हो । तर, मान र सम्मान भनेको कुरा आर्जन गर्ने हो । त्यो पनि राम्रो काम गरेर, समाज को परिवर्तन हुने कुरा गरेर, समाजमा कुनै योगदान दिएर वा सबैको लागि मान्य हुने काम गरेर नाम, मान वा सम्मान आर्जन गर्न सकिन्छ ।

 



    Your Comment

    थप समाचार

     बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

    • 29 minutes ago
     बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

    लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

    बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

    • 44 minutes ago
    बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

    लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

    वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

    • 48 minutes ago
    वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

    काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

    अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

    काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

    जीवनशैली

    अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

    अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

    बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।