डा. बिष्णुमाया परियार बेलायतमा सम्मानित

  • बुधबार, १ मंसिर, २०७३
  • 1 year ago
  • युके

सृजनशील समाजका अध्यक्ष सुक बहादुर सुनारले नेपालका दलित समुदायको उत्थानमा योगदान पुर्याए बापत डा। बिष्णुमाया परियारलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानपछि बोल्दै डा।बिष्णुमाया परियारले आफूले संचालन गरेको छात्रबृति र लधुबित्त कार्यक्रमले सबै समुदायलाई समेटेको चर्चा गरेकी थिईन् ।

 

कार्यक्रममा संस्थाका संरक्षक शेर बहादुर सुनार सहित अन्य पदाधिकारीहरु बिकास रनपैली , कुमार सुनार , राजकुमार सुनार , चेत बहादुर परियार , दिलीप मोहरा लगाएतले डा। बिष्णुमायाको योगदानको चर्चा गर्दै समाजमा भएको बिभेद हटाउन सबै समुदायको सहयोग हुनुपर्ने बिचार राखेका थिए ।

 

कार्यक्रममा नेत्र सुनार , सुमन गौतम , प्रमिला तामागं र संगिता गैरे लगाएतका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । नेपाली परम्परागत लोकबाजा पन्चेबाजा पनि प्रस्तुत गरिएको थियो ।

समाजका महासचिव धन बहादुर सार्कीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष भक्त बहादुर परियारले स्वागत गरेका थिए ।

 

यस अघि शनिबार गोर्खा समाज युकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा डा। बिष्णुमाया परियारलाई डा.बाबुराम भटटराईले सम्मान गरेका थिए ।डा. बिष्णुमाया परियार गोर्खा समाज युकेको निमन्त्रणामा बेलायत आएकी थिईन् ।

 

सन् १९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले दलित महिला उत्थान संघ मार्फत नेपालका बालबालिकालाई छात्रबृत्ति र महिलाहरुलाई आत्म निर्भर बनाउन लघु बित्त कार्यक्रमहरु संचालन गरिरहेकी छिन । हालसम्म उनले संचालन गरेको अभियानबाट १२ हजार भन्दा बढी बालबालिकाहरु र ५ हजार भन्दा बढी महिलाहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

 

डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, भने सन् २००६ मा हावर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेट (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो। डा. विष्णुमाया परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुईभिल शहरले सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ मनाउने गरेको छ ।



    Your Comment

    थप समाचार

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    • 1 hour ago
    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    काठमाडौँ, पुस २ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी यु–१६ (सोह्र वर्षमुनिकाे) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई ब

    वाम गठबन्धनकाे पत्रकार सम्मेलनमा प्रचण्डले देउवालार्इ यसाे भने

    • 2 hours ago
    वाम गठबन्धनकाे पत्रकार सम्मेलनमा प्रचण्डले देउवालार्इ यसाे भने

    काठमाण्डौ, पुस २ । पूर्वप्रधानमन्त्री एवँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन सम्पन्न गराए बापत पाएको ज

    दमाैली पुगेर रामचन्द्र पाैडेलले केपी अाेलीलार्इ के दिए जवाफ ?

    • 2 hours ago
    दमाैली पुगेर रामचन्द्र पाैडेलले केपी अाेलीलार्इ के दिए जवाफ ?

    तनहुँ, पुस २ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् ।    गृहजिल्ला तनहुँ आइपुग


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    एसीसी यू-१६ काे उपाधि नेपाललार्इ, प्रम देउवाले दिए बधार्इ!

    काठमाडौँ, पुस २ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी यु–१६ (सोह्र वर्षमुनिकाे) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन् । 

     

    प्रधानमन्त्री देउवाले नेपालले उपाधि जितेकामा खुशी व्यक्त गर्दै विजेता खेलाडीलार्इ बधाई दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले बताए । 

    जीवनशैली

    गर्भनिरोधक औषधिको प्रयोगविना नै अनिश्चित गर्भाधान रोक्ने ६ घरेलु उपाय

    गर्भनिरोधक औषधिको प्रयोगविना नै अनिश्चित गर्भाधान रोक्ने ६ घरेलु उपाय

    एजेन्सी । आजभोलि औषत्रि पसलहरुमा गर्भनिरोधक औषधिको व्यापार निकै फस्टाएको छ । किशोर–किशोरीदेखि अधबैसे उमेर समुहका मानिसहरु समेत यस्ता औषधिको प्रयोग गर्ने गरेको पाइएको छ ।

    विचित्र विश्व

    यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ !

    यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ !

    बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।