बाढीले देश डुबाउन लाग्याे, डा. केसीलाई अनशनकै चिन्ता !

काठमाडौं, साउन २८ । शुक्रबार रातिदेखि परेको भारी वर्षा शनिबार बिहान केही स्थानमा मत्थर भए पनि वर्षा रोकिएको छैन । देशका विभिन्न जिल्लामा कति क्षति भयो भन्ने यकिन समेत हुन सकेको छैन ।

 

अहिलेसम्म २३ को ज्यान गइसकेको छ भने ४ भन्दा बढी बेपत्ता छन् । खासगरी तराईका क्षेत्रमा बाढीको बढी असर परेको छ । पूर्वी तराईका जिल्लाहरुमा त बेपत्ताको संख्या समेत यकिन हुन सकेको छैन ।


सरकारले भने शनिबार दिनभर बदली रही वर्षा हुनसक्ने भएकाले जोखिम नटरेको भन्दै बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । जल तथा मौैसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै यस्तो अपिल गरेको हो ।

 

त्यसो त, बाढीका कारण तराईका लगभग सबै जिल्लामा त्रास फैलिएको छ । सरकारले बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिरहँदा उनीहरुमा भने झन बढी त्रास फैलिएको हो । तराईका कतिपय जिल्लामा त सुरक्षित स्थानमा भाग्ने स्थान समेत भेटिएका छैनन् ।

 

इटहरी, झापा, सपतरी, रौतहट लगायत जिल्लामा त स्थानीय बासिन्दाहरु गोठका गाई वस्तु फुकाइदिएर घर छोडी सुरक्षित स्थानमा जान थालेका छन् । यद्यपी कोसी नदिको वहाव बढ्न सक्ने भनी सतर्क रहन भनिएपछि त्यसले झन ठूलो त्रास ल्याएको हो ।

 

तुलनात्मक रुपमा काठमाडौंमा भने वर्षाको क्षति कम छ । केही पूल भत्किएका छन् भने नदी किनारका बस्तीहरु प्रभावित भएका छन् । तर तराईका जिल्लाहरु जस्तै भयावह स्थिति भने काठमाडौं लगायतका पहाडी सहरमा छैन ।

 

उद्धारमा कठिनाइ

उद्धारका लागि स्थानीय सेना, प्रहरी र सशस्त्र प्रहरी तथा अन्य केही संघ संस्थाका मानिसहरु खटिएका छन् । यद्यपी वर्षा जारी रहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएकाहरुले बताएका छन् ।

 

यस्तो अवस्थामा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पनि उद्धारमा खटिनुपर्ने हो । तराईका जिल्लामा गएर बाढी पीडितका लागि खाद्यान्न बितरण गर्नु वा उद्धार गर्नु त परै जाओस् केही दलका नेता कार्यकर्ताहरु त बाढीको बबन्डर बारे कुनै जानकारी नभए जस्तो गरिरहेका छन् ।

 

यसको उदाहरण हो विवेकशिल साझा पार्टीका कार्यकर्ताहरु । झण्डै तीन सातादेखि स्वास्थ्य शिक्षाको विषयमा माग उठाउँदै अनशन बसेका डा. गोविन्द केसीको साथमा रहेका उनीहरु अहिले पनि काठमाडौंको मायतीघरमा आन्दोलन गरिरहेका छन् ।

 

बाढीले देशका दशौँ हजार मानिसको परिवारमा खतराको घण्टी बजाइरहँदा डा. गोविन्द केसी समेत एक सचेत नागरिकको हैसियतले त्यसप्रति संवेदनशिल रहनुपर्ने हो । यस्तो संवदनशिल अवस्थामा पनि केसी र उनका समर्थकहरुको अवस्था हेर्ने हो भने लाग्छ, तराईका बासिन्दाको जायजेथा डुबेर नष्ट भए पनि उनीहरुलाई पहिले डा. केसीका माग सम्वोधन गर्नुछ ।

 

सरकारसँग उनीहरु यही माग सहित निरन्तर आन्दोलन गरिरहेका छन् । सरकारले यसलाई सम्वोधनको प्रयास गरिरहेको पनि छ । तर देशको आधा भूभाग डुवानमा परेर कैयौँको ज्यान गइसक्यो । किसानहरु घर, वस्तुभाउ छोडेर सुरक्षित स्थानको खोजीमा भौँतारिरहेको अवस्थामा काठमाडौंमा भने डा. केसीका समर्थहरु चिकित्सा शिक्षा तथा मेडिकल कलेज सम्बन्धी माग राख्दै आन्दोलन गरिरहनु एक गैरजिम्मेवारीपन हो ।

 

त्यसो त, केसीको माग आजै सम्वोधन गरेर तत्कालै चिकित्सा शिक्षाको अवस्थामा कायापलट आउने पनि होइन । यो एउटा प्रक्रिया र विधिको कुरा हो । डा. केसी र उनका समर्थकहरु यदी जिम्मेवार नागरिक हुन् भने, केसीको आन्दोलनमा समर्थन रहेको सार्वजनिक गर्ने विवेकशिल साझा पार्टी जिम्मेवार राजनीतिक दल हो भने तराईका किसानहरुको काहालीलाग्दो अवस्था प्रति संवेदनशिल बन्नु पर्दैन ? एउटा उखान छ, ‘कसलाई केको चिन्ता कसलाई केको चिन्ता, .....लाई खानकै चिन्ता !’ डा. केसी र उनका समर्थकहरु यस्तो अवस्थामा पनि संवेदनशिल नहुने हो भने यही उखान चरितार्थ हुनेछ ।

 



Your Comment

थप समाचार

 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

  • 26 minutes ago
 बेलायतका ग्रयाजुएट नेपाली उद्यमीहरुको वार्षिक सम्मेलन

लण्डन । बेलायतबाट डिग्री पूरा गरी विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट इन्टरप्रेनर्स नेप्लिज सोसाइटी (जेन्स) यूकेको वार्षिक सम्मेलन सम्पन्न भएको छ ।

बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

  • 41 minutes ago
बे लिफ रेष्टुरेन्ट ब्रिटिश करी अवार्डको उत्कृष्ट चारमा

लन्डन । बेलायतको वकिंगस्थित ग्रेसट भिलेजमा अवस्थित नेपालीद्वारा सञ्चालित इण्डियन रेष्टुरेन्ट द बे लिफ यस वर्ष ब्रिटिस करी अवार्डसको फाइनलिष्टमा पर्न सफल भएको छ ।

वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

  • 45 minutes ago
वतानिया एयरवेज्ले सुरु गर्यो काठमाडौंदेखि कुवेतका लागि सिधा हवाई सेवा

काठमाडौं, मंसिर २७ । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेजले डिसेम्बर १३ देखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ । सेवा सञ्चालन संगै वतानिया एयरवेज् कुवेत


Loading...

भिडियो

hamropatro

नेपाल

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

अमेरिकामा एकै परिवारका ३ जना भुटानी शरणार्थीको मृत्यु

काठमाडौँ, मंसिर २७ । अमेरिकामा नेपाली मूलका एक परिवारका तीन सदस्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ । झापाको बेलडाँगी शरणार्थी शिविरबाट अमेरिका गएका थिए ।

जीवनशैली

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा रिपब्लिकनलाई ठूलो धक्का

बिबिसी । अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्।