बेलायतमा लिइने ड्राइभिङ टेस्टमा भए यी ४ परिवर्तन

नयां टेस्ट थप व्यवहारिक

  • बुधबार, २० मंसिर, २०७४
  • 1 week ago
  • युके

लण्डन । बेलायतमा ड्राइभिङ लाइसेन्स लिन दिइने प्राक्टिकल टेस्टमा विभिन्न ४ वटा परिवर्तन भएका छन् । यी नयां परिवर्तन यहि डिसेम्बर महिनाको ४ तारिख सोमबारदेखि कार्यान्वयनमा आइसकेको 'द ड्राइभर एण्ड भेइकल स्टाण्डर्ड एजेञ्सी' (डिभिएसए) ले बताएको छ ।


परिवर्तित नयां व्यवस्था सबैका लागि लागु भइसकेको छ । डिसेम्बर ४ अघि नै टेस्ट दिएर फेल भएका तथा पहिले नै बुक गरेर पनि अन्य कुनै कारणले टेस्टको मिति डिसेम्बर ४ भन्दा पर सारेकाहरुको लागि समेत परिवर्तन लागु हुनेछ ।


इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सको हकमा यी परिवर्तन गराइएका हुन् । नर्दन आयरल्याण्डमा ड्राइभिङ टेस्ट लिइने छुट्टै प्रबन्ध छ ।


के के भए ४ परिवर्तन ?


१ इण्डिपेन्डेन्ट ड्राइभिङ अब २० मिनेट


यसअघिको व्यवस्थामा टेस्टको दौरान इण्डिपेन्डेन्ट ड्राइभिङको समय १० मिनेट हुन्थ्यो । जसलाई बढाएर अब २० मिनेट बनाइएको छ । जुन सिंगो टेस्ट अवधिको झण्डै आधा समय हो ।


२ नेभिगेटरको निर्देशनमा ड्राइभिङ


अबदेखि इण्डिपेन्डेन्ट ड्राइभिङको समय धेरैजसो परीक्षार्थीहरुलाई नेभिगेटरको निर्देशनअनुसार गाडी चलाउन लगाइनेछ । नेभिगेटरको सेटिंग परीक्षार्थीले गर्न पाउनेछैनन्, परीक्षक(इक्जामिनर) ले नै गर्नेछन् । त्यसैले तपाईले कुन खालको नेभिगेटरमा अभ्यास गर्नुभएको छ भन्नेले खासै फरक पार्नेछैन ।


आफुलाई कतातर्फ जाने भन्ने अलमल भयो भने परीक्षकलाई सोध्न पाइनेछ । गलत दिशातर्फ गएपनि त्यसक्रममा कुनै गल्ती नगरेको अवस्थामा त्यसले असर गर्नेछैन ।


८० प्रतिशत टेस्टमा नेभिगेटरको निर्देशनमा गाडी चलाउन लगाइएपनि बांकी २० प्रतिशत टेस्टहरुमा यो नलगाइने बताइएको छ ।


३ गाडी फर्काउने मोनुभरमा परिवर्तन


 ड्राइभिङ टेस्टमा पहिलेजस्तो 'रिभर्स अराउण्ड अ कर्नर' र 'टर्न इन द रोड' जस्ता मोनुभरहरु अब रहनेछैनन् । तर प्रशिक्षण लिने क्रममा प्रशिक्षकबाट सिक्नु भने पर्नेछ ।


परिवर्तित व्यवस्थाअनुसार अबदेखि सडकको छेउमा प्यारालल पार्किंग, बे पार्किंग ( सिधा भित्र जाने र बाहिर फर्किने वा भित्र गाडी फर्काउने र सिधा बाहिर आउने ) र 'पुल अप अन राइट' (सडकको दाया छेउमा रोक्ने, २ वटा कारको लम्बाइ जति गाडी फर्काउने र फेरि सडकको ट्राफिकमा जाने) मध्ये कुनै एक गर्न लगाइनेछ ।


४ भेइकल सेफ्टी प्रश्न


अबदेखि परीक्षार्थीले गाडी चलाइरहेकै अवस्थामा परीक्षकले गाडीको सेफ्टीसम्बन्धी २ वटा प्रश्न सोध्नेछन् । यी प्रश्नहरु 'टेल मि' र 'शो मि' का रुपमा चिनिने गर्छन् ।


'टेल मि' प्रश्न अन्तर्गत परीक्षार्थीले गाडीको सुरक्षासम्बन्धी काम कसरी गर्ने भनेर बताउनुपर्नेछ भने 'शो मि' अन्तर्गत कसरी गर्ने भन्ने गरेर नै देखाउनुपर्नेछ ।


टेस्टको समय, उर्तीणांक र शुल्क यथावत्


 ड्राइभिङ टेस्टमा यी मुख्य ४ परिवर्तनहरु गरिएको भएपनि टेस्टको समय, पास गर्न ल्याउनुपर्ने अंक र टेस्टको शुल्क भने यथावत राखिएको छ ।


टेस्टको लागि पहिलेजस्तै ४० मिनेटको हाराहारीमा समय लाग्नेछ । परीक्षकले पास वा फेल गर्ने तरिका पनि पहिलेको जस्तै रहनेछ । बढिमा १५ वटा साना गल्ती र कुनै पनि ठूलो गल्ती नभए टेस्ट पास हुन सकिनेछ ।


टेस्टका लागि शुल्क पनि पहिले जति थियो, त्यति नै रहनेछ ।


नयां टेस्ट थप व्यवहारिक


 ड्राइभिङ टेस्टमा गरिएको पछिल्लो परिवर्तनलाई जानकारहरुले सकारात्मक भनेका छन् । नेपालिज ड्राइभिंग इन्स्ट्रकटर एशोसिएसन यूकेका महासचिव राज विष्टले परिवर्तनपछि टेस्ट पहिलेको भन्दा सजिलो र थप व्यवहारिक बनेको बताउंछन् ।


'परिवर्तन भन्नेबित्तिकै हामीहरु डराउने बानी भएर हो', विष्टले भने, 'तर नयां टेस्ट त पहिलेभन्दा झन् सजिलो पो भएको छ । अझै महत्वपुर्ण यो थप व्यवहारिक बनाइएको छ ।'

 
लण्डनस्थित सिटी ड्राइभिङ लेसनका एकजना प्रशिक्षक विष्णु ज्ञवालीले पनि यसलाई सकारात्मक भन्दै परिवर्तित टेस्ट पुरानोभन्दा बढि उपयोगी र व्यवहारिक हुने  बताएका छन्।


टेस्टका क्रममा धेरैले अफ्ठेरो मान्ने कर्नर रिभर्स हटाइएको अर्थमा टेस्ट थप सजिलो हुने प्रशिक्षक ज्ञवालीको विश्वास छ । नेभिगेटरको निर्देशनमा गाडी चलाउन लगाउने, सडकको दाया छेउंमा पुल अप गर्न लगाउने जस्ता विषयले यो टेस्ट थप व्यवहारिक हुने उनले बताए ।



    Your Comment

    थप समाचार

    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    • 1 hour ago
    राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

    लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    • 5 hours ago
    आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

    नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    • 5 hours ago
    शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

    काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

    काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

    जीवनशैली

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

    एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

    विचित्र विश्व

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

    एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।