एसपी दुर्गा सिंहको एक महिने दाङ बसाईः सूचना चुहाएको आरोपमा विभागीय कारबाहीका लागि सिफारिस

दाङ, भदौ २८ । सरुवा भएर दाङ आएको एक महिनामा प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्द विभागीय कारबाहीमा परेकी छिन् । जिल्लामा आएपछि जुवातास तथा होटलहरुमा हुने बेश्याबृत्तिका घटनालाई नियन्त्रणमा कडाई गरेकी एसपी सिंहलाई गंगटे घटनाले विभागीय कारबाही भोग्नु परेको हो ।

 

 

वडा प्रहरी कार्यालय लमहीमा हिरासतको क्रममा घोराही—१४ का गंगटे भनिने देवबहादुर विकको निधनको घटनामा गलत सूचना बाहिर ल्याएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्का र हिरासत ईञ्चार्जको रुपमा रहेका एक जना प्रहरी हवल्दारलाई विभागीय कारबाहीको सिफारिस गरिएको प्रहरी बरिष्ठ उपरिक्षक दिलिपकुमार चौधरीले जानकारी दिए ।

 

प्रहरी प्रधान कार्यालयले सिंहलाई दाङको प्रहरी प्रमुख बनाएर पठाएको एक महिनामै यो घटनाले विभागीय कारबाहीको भागीदार बनाएको छ । गंगटे घटनाका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रशारण भएपछि प्रदेश प्रहरी ईकाई कार्यालयका प्रमुख एआइजी मिङमार लामाले पाँच दिनमा अनुसन्धान गरी प्रतिबेदन बुझाउन एसएसपी चौधरीलाई छानबीनका लागि जिम्मा दिएका थिए ।

 

पत्रकार सम्मेलनको आयोजना गरी एसएसपी चौधरीले घोराही बजारमा बस्दै आएका गंगटेलाई वडा प्रहरी कार्यालय लमहीले भदौ १३ गते नियन्त्रणमा लिएको अनुसन्धानबाट खुलेको छ । वडा प्रहरी कार्यालय लमहीले केही दिन पहिले चोरीमा संलग्न भएका ब्यक्तिलाई पक्राउ गरेको र उनीहरुको बयानलाई आधार मानेर गंगटेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

लमही प्रहरीले गंगटेलाई भदौ १३ गते नै स्वास्थ्य जाँचको लागि लमही अस्पतालमा बेलुका लगेको थियो । अस्पतालमा स्वास्थ्य जाँचको फोटो सार्वजनिक भएको थियो । लमही अस्पतालमा गंगटेको स्वास्थ्य जाँच भएको रेकर्ड राखिएको छ । रातभर प्रहरी हिरासतमा रहेका गंगटेलाई भदौ १४ गते विहान लमही अस्पतालमा लगिएको थियो । भदौ १४ गते अस्पतालमा जाँच गर्न लग्दा गंगटेको निधन भएको थियो ।

 

गंगटेको निधन फोक्सोमा जमेको पिमका कारण भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको चौधरीको भनाई रहेको छ । गंगटेको प्रहरीको कुटपीटबाट निधन नभएको एसएसपी चौधरीको दावी रहेको छ ।

 

गंगटे घटनाका बारेमा प्रहरीले आफ्नै हिरासतमा निधन भए पनि घोराही—३ चौपट्टामा बेबारिसे शब फेला परेको भनेर जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो आधाकारिक फेसबुकमा पोष्ट गरेको थियो ।



    Your Comment

    थप समाचार

    एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

    • 3 hours ago
    एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

    लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

    • 9 hours ago
    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

     काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

    अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

    • 9 hours ago
    अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

    काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

    परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

     काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

    जीवनशैली

    हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

    हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

    एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

    विचित्र विश्व

    पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

    पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

    एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।