‘मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ’

पोखरा, ६ फागुन । मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गाईपालन व्यवसायबाट देखाएका छन् ।

 

उनले दूध बेचेर मासिक एक लाख आम्दानी गरेका छन् । खैरेनी कृषि फार्म दर्ता गरी विगत सात वर्षदेखि सो व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आएका छन् । उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ ।

 

पौडेलले हाल १३ वटा उन्नत जातका गाई पालेका छन् । गाईपालन व्यवसायबाटै उहाँले जमिन खरिद गरी २० लाखको लागतमा घर बनाएका छन् । “मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिँदोरहेछ,” उनले भने ।

 

पौडेल भन्छन्, “एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएपछि फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ ।” छोटो समयमा राम्रो प्रगति गरेका पौडेलले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा लिएका छन् । रासस



    Your Comment

    थप समाचार

    अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

    • 10 minutes ago
    अझै बुझाएनन् छ सय ५४ उम्मेदवारले निर्वाचन खर्च

    सिन्धुली, असोज ७ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि छ सय ५४ उम्मेदवारले अझै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको नि

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    • 16 minutes ago
    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    अर्नाको स्वास्थ्य नाजुक

    • 25 minutes ago
    अर्नाको स्वास्थ्य नाजुक

    चितवन, असोज ७ । कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै

    नवलपरासी, असोज ७ । महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।

    जीवनशैली

    कतै तपाईको पनि खुट्टाको औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

    कतै तपाईको पनि खुट्टाको  औंलाले आकार यस्तो त छैन ? जान्नुहोस् के हुन्छ यसको अर्थ

    एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ । मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।

    विचित्र विश्व

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह

    मनिला, ५ असोज (रासस÷प्रोजेक्ट सिन्डीकेट) ः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ । तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ