चुनावी भाषण: खोलो नहुने गाउँमा पूल, मान्छे नबस्ने ठाउँमा रेल !

काठमाडौं, वैशाख २५ । अघिल्लो संविधानसभा निर्वाचनको बेला लमजुङको एक गाउँमा कांग्रेसका केन्द्रीय नेता पार्टीको आमसभामा बोल्न पुगेका थिए । आमसभामा जानुअघि ति नेताले लमजुङे कार्यकर्तालाई काठमाडौंमै भेटेर सोधेका थिए, ‘लमजुङका जनताका लागि कस्तो कुरा बोल्नुपर्छ ?’

 

२०५६ सालको संसदीय चुनावअघि पूर्वी पहाडको एक गाउँमा पुगेर कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले एउटा भाषण गरेका थिए । भाषणको क्रममा भट्टराईले ‘यो गाउँमा पूल बनाइदिन्छु’ भने । सानो सभामा सहभागि जनता गलल हाँसेर तत्कालै प्रतिक्रिया दिए, ‘यो गाउँमा खोला नै छैन, किन चाहियो पूल ?’ भट्टराईले भाषण सुधार्न खोज्दै फेरि बोले, ‘खोला नै ल्याइदिउँला नी !’

 

चुनावको बेला काठमाडौंबासी मतदाता पनि भट्टराईको भाषण बिर्सन सक्दैनन् सायद् । मेलम्चीको पानीले काठमाडौंका सडक पखालिदिन्छु भनेर उनले दिएको भाषण काहानी भइसक्यो । पानी अहिलेसम्म नआएपछि मेलम्चीको पानी ल्याउने भाषण अन्ततः ठट्टाको विषय बन्यो । त्यही भाषणले किसुनजी र कांग्रेसलाई नै अलोकप्रीय बनायो । यतिसम्म की, त्यसपछिका नेताहरुले मेलम्चीको पानी ल्याइदिने भन्न समेत डराए ।

 

आम मतदातालाई नेताले भाषण गर्दा मनकै कुरा भनिदिए झैँ लाग्ला । माथिका प्रसंगबाट थाहा हुन्छ, नेताहरु सस्तो लोकप्रीयताका लागि नयाँ भाषण बनाउछन् । ‘चाकडीवाज कार्यकर्ता’सँग सल्लाह गरेर वा त्यहाँको वस्तुस्थिति बुझेर ‘के भनेपछि जनता खुसी हुन्छन्’ त्यस्तै भाषण गर्ने नेताहरुको पुरानै शैली हो ।

 

तर कहिलेकाहीँ स्थानीय वस्तुस्थिति, वास्तविक धरातल नबुझ्दा नेताको भाषण यति ‘क्लिस्से’ बन्छ की ५ बर्षपछि स्वयंले सुन्दा लाज लाग्नेछ । त्यस्तै भएर किसुनजी पनि पुर्वी पहाडमा पुगेर चिप्लिएका थिए ।

 

केही दिनअघि एक राष्ट्रिय दैनिक पत्रिकामा एउटा कार्टून थियो ः केही नेताहरु भोट माग्दै भुकम्प पीडित बस्तीमा पुग्छन् । र भन्छन्, ‘तपाईँकहाँ हामी रेल ल्यादिन्छौँ ।’वास्तविकता पनि ठिक त्यस्तै भएको छ अहिले । भुकम्प पीडितले घर बनाउन सकिरहेका छैनन् । बागमती किनारका सुकुम्बासीहरु कता हराए ! कसैलाई थाहा छैन ।नेताहरु सहरमा सपना बाँड्न प्रतिष्पर्धा गरिरहेका छन् । सकेसम्म उनीहरु चुनावी घोषणापत्रमा लोभलाग्दो सपना बाँडिरहेका छन् ।

 

पहिले पनि नेपाललाई ‘स्विट्जरल्याण्ड’, ‘सिंगापुर’ बनाइदिने भनी प्रसस्त सपना बाँडियो । अचम्म त त्यतिबेला लाग्छ की, भर्खरै नगपालिका घोषणा भएको सानो टोलका मेयर उम्मेदवार समेत ५ बर्षमै औधोगिक सहर बनाइदिने सपना बाँडिदैछ ।

 

सबैभन्दा सस्तो नारा बनेको छ यतिबेला सहरमा रेल गुडाउने र स्मार्ट सिटी बनाउने । मेयरका उम्मेदवारले कागजमा कलम चलाए झैँ सजिलो छ रेल गुडाउन ? सिंगो राज्यको महत्वाकांक्षी योजनामा पर्ने रेल गुडाउने काम ५ बर्षमा सम्भव छ त ?

 

कस्तो समृद्धि ?

 

पछिल्लो समय निकै महत्व पाएको विषय हो समृद्धि । र यो साझा चाहना पनि हो । तर बिर्सन नहुने पक्ष के भने यो सापेक्षित पनि हो । सहरीया मध्यमबर्गीय समुदायका लागि जे कुरा समृद्धि हुन्छ दुर्गम गाउँका जनतालाई त्यो नहुनसक्छ । तर मेयरका उम्मेदवारहरुले ‘सोलोडोलो’ समृद्धिको नारा भजाइरहँदा आम जनताको धरातलीय अवस्थामाथि चासो देखाएकै छैनन् ।

 

पूर्वयोजना बिना नै महानगरपालिका, नगरपालिकाका उम्मेदवारहरु भटाभट महात्वाकांक्षी योजना बनाउँदै त छन् । तर यही संरचनाभित्र आम नेपालीको आर्थिक स्वावलम्वन र उन्नती कसरी सम्भव छ ? यसबारे कुनै पनि उम्मेदवारले चासो देखाएका छैनन् ।

 

उनीहरुमध्ये सायदैलाई थाहा होला, नेपालका अव्यवस्थित सहरमा कसरी रेल गुड्छन ? रेल गुडाउन कती खर्च लाग्छ ? त्यसका लागि स्रोत साधन कति चाहिन्छ ? स्थानीय उद्योगी व्यावसायीहरुबाट वैज्ञानिक कर प्रणाली कसरी लागू गर्ने ? सम्भावित कर छली नियन्त्रण कसरी रोक्ने जस्ता विषयमा भावी मेयरहरु कति सचेत छन् ?

 

मेयरका उम्मेदवारहरुले जस्ता योजना ल्याएका छन्, त्यसभित्र निम्न वर्गीय जनताको समृद्धि सपना पूरा हुन्छ त ? वहसको यो विषय अझै टुंगिएको छैन । निम्न बर्गीय श्रमिक, किसानहरुले ति महत्वाकांक्षी योजनाभित्र कस्तो भविष्य देख्लान् ?

 

उपभोक्तावादको चरम अभ्यासले दलाल पूँजीवादी व्यवस्थालाई नै प्रश्रय दिन्छ । त्यसैलाई बलियो बनाउँछ । अन्ततः त्यो निम्न बर्गीय जनता भन्दा बढी मध्यम बर्गीय र ‘एलिट’ कै भलाइमा केन्द्रित हुन्छ ।

 

संरचनामै देखिएका थुप्रै कमजोरी हटाउनेतिर कुनै पनि उम्मेदवारको चासो नपुग्नु नै अहिलेको ठूलो समस्या हो । दलाल पूँजीवादी व्यवस्थाभित्र लोक कल्याणकारी योजना कागजको डुंगा पोखरीमा पौडाएर पानी जहाज भने झैँ हो । अन्ततः त्यसले गरिबलाई थप गरिब र धनीलाई झन धनी बनाउने भन्दा वास्तविक आम जीवनमा सुधार ल्याउने अपेक्षा गर्न सकिँदैन ।

 

युवालाई कसरी रोक्ने ?

उम्मेदवारहरुले नयाँ–नयाँ सपना आयात गरेरै बुनेका त छन् । तर सबैभन्दा ठूलो समस्या रोजगारीकै हो । युवालाई रोजगारी र सुरक्षित जीवनको प्रत्याभुति दिन नसक्दा नै हरेक दिन विमानस्थलमा हजारौँ युवाको लाम लागेको हो ।

 

यदी कसैले हाम्रा सहरमा रेल गुडाउन सम्भव देख्छ भने, विदेश जाने लाखौँ युवालाई नेपालमै रोजगारी सृजना गर्न पनि सक्नु पर्ने हो । आम मानिसको सुरक्षित जीवन प्रत्याभुति गर्न पनि सक्नुपर्ने हो । नेताहरु सहरमा रेल गुडाउने सपना बाँडिरहने । हरेक दिन हजारौँ युवा बिदेशिँदै जाने । सुरक्षित जीवनको खोजीमा उतै रहने । अनी को चढ्ला रेल ? यथार्थवादी बनौँ ! नत्र किसुनजीले भने झैँ, पूल नभएको ठाउँमा पूल बनाइदिने भाषण जस्तै होला !

 



Your Comment

Related Post

चुनावी प्रचारप्रसारमा पैसाको खोलो बग्यो

  • 7 months ago
चुनावी प्रचारप्रसारमा पैसाको खोलो बग्यो

वासिंगटन, कार्तिक । अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गै रहेको राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार द्वयः हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले चुनावी प्रचार प्रसारमा खर्चको खोलो बगाएक

चीनबाट नेपाल हिडेको रेल ल्हासा आइपुग्यो

  • 5 months ago
चीनबाट नेपाल हिडेको रेल ल्हासा आइपुग्यो

बेइजिङ । उत्तर छिमेकी मुलुक चीनबाट नेपालका लागि हिंडेको रेल ल्हासा आइपुगेको छ । चीनको सरकारी संचारमाध्यम पिपुल्स डेली चाइनाका अनुसार यो रेल चीनले गोन्झाउबाट ग्वाङडङ, तिब्बत र ने

विद्यासुन्दरको प्रतिवद्धताः काठमाडौंमा दुई वर्षभित्र मेट्रो रेल, तीन वर्षमा मोनो रेल सञ्चालन

  • 3 weeks ago
विद्यासुन्दरको प्रतिवद्धताः काठमाडौंमा दुई वर्षभित्र मेट्रो रेल, तीन वर्षमा मोनो रेल सञ्चालन

काठमाडौं, वैशाख २० । नेकपा एमालेबाट काठमाडौंको मेयका लागि उम्मेदवारी दिएका विद्यासुन्दर शाक्यले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।


भिडियो


Loading...
hamropatro


नेपाल

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

राष्ट्रपतिको चियापानमा जे देखियो, हेर्नुहोस् ८ रोचक तस्वीरः

काठमाडौँ, जेठ १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरेकी छिन् ।

जीवनशैली

यो हो विश्वकै सबैभन्दा महँगो कार

यो हो विश्वकै सबैभन्दा महँगो कार

एजेन्सी–उक्त बलिस्टिक मिसाइल ४५० किलोमिटर उडेको र पुर्वी समुन्द्रमा खसेको थियो जुन पेनिसुला र जापानको बीचमा रहेको छ ।

विचित्र विश्व

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

विचित्र विचित्रका विवाहः कसैले कोब्रा सर्पसँग त कसैले आइफल टावरसँग गरे विवाह

संसारमा धेरै नै अजिव किसिमका मानिसहरु देख्न पाइन्छ । यस्ता अजिव किसिमका मानिसहरुले कहिलेकाँहि यस्ता अजिव हर्कतहरु गर्छन् कि त्यस्ता हर्कतहरु थाहा पाएर हामी अाश्चर्यचकित हुन्छाै ।