चुनावमा विप्लवको डर

फाइल तस्विर

बनेपा, वैशाख ८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताएका छन् ।



शुक्रबारदेखी धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले भने– “निर्वाचनलाई कसरी भयरहित बनाउने भन्ने विषय साझा जिम्मेवारी हो ।”

 

गृहमन्त्री निधिले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न, उम्मेदवार र मतदातालाई सुरक्षा महसुस हुने वातावरण निर्माण गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्दै ढुक्क र निर्भिक भएर कुनै पनि भ्रममा नपरी काम गर्न निर्देशन दिए ।

 

एघार जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप पर्छन् ।

 

यसैबीच पत्रकारसँग कुरा गर्दै गृहमन्त्री निधिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण निर्माण हुन लागेको बताए ।

 

उनले निर्वाचन बिथोल्नेप्रति सरकार कडा ढङ्गले प्रस्तुत हुने जानकारी दिँदै ढुक्क भएर निर्वाचनमा भाग लिन उम्मेदवार र मतदातालाई आग्रह गरे ।

 

गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी छन् । अधिकांश सहभागीले विप्लव माओवादीको निर्वाचन लक्षित कार्यक्रम, सुरक्षाका लागि सवारी साधनको अभाव, दुर्गम क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टरको प्रयोगलगायतका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।



    Your Comment

    Loading...

    भिडियो


    Related Post

    निर्वाचनमा जीत हासिल गरेपछि के–के भने डोनाल्ड ट्रम्पले ?

    • 5 months ago
    निर्वाचनमा जीत हासिल गरेपछि के–के भने डोनाल्ड ट्रम्पले ?

    डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा जीत हासिल गर्दै अमेरिकाको ४५ औ राष्ट्रपति बन्ने तयरीमा रहेका छन् । उनले चुनावमा विजय हासिल पश्चात सबै अमेरिकीहरुलाई धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्रीले माेर्चालाई मनाउनै सकेनन्, भन्छ “यथास्थितिमा चुनावमा जान्नौँ”

    • 2 months ago
    प्रधानमन्त्रीले माेर्चालाई मनाउनै सकेनन्, भन्छ “यथास्थितिमा चुनावमा जान्नौँ”

    काठमाण्डाै, माघ १८ ।   प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग चुनावमा जाने विषयमा स्पष्ट धारणा मागेका छन् । चुनावको मिति घोषणामा असहमति जनाइरहेको मोर्चासँग दाहालले

    राप्रपा होमियो चुनावमा

    • 1 week ago
    राप्रपा होमियो चुनावमा

    काठमाडौँ, वैशाख ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पु¥याउन चुनावी सभा सुरु गरेको छ ।

    hamropatro


    जीवनशैली

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

    नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

    विचित्र विश्व

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

    तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।