पर्यटन व्यवसायी टासी शेर्पा माओवादी केन्द्रबाट प्रतिनिधि सभाको उम्मेदवार

काठमाडौं, असोज २६ । युवा पर्यटन व्यवसायी टासी लाक्पा शेर्पाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्ने भएका छन ।

 

शेर्पालाई नेकपा माओवादी केन्द्र जिल्ला समिति संखुवासभाले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।


चर्चित पर्यटन व्यवसायी समेत रहेका माओवादी केन्द्रका युवा नेता शेर्पालाई एउटा मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभावाट पार्टीले प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार सिफारीस गरेको हो ।

उम्मेदवार सिफारीस भएपछि शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा पार्टीलाई धन्यवाद दिँदै अबको फैसला संखुवासभावासीको हातमा रहेको बताएका थिए ।


संखुवासभाको विकास निमार्णमा निकै सक्रिय शेर्पाले संखुवासभावासीका साना–साना समस्यामा समेत चासो दिने गर्छन् । संखुवासभालाई उर्जा र पर्यटनको हव बनाउने योजनामा रहेका शेर्पा भन्छन्, ‘युवा नेतृत्व अहिलेको आवश्यकता हो ।’


शेर्पाले सगरमाथासहित विश्वका अग्ला हिमालको आरोह समेत गरिसकेका छन् ।


को हुन् टासी शेर्पा ?

 

संखुवासभाको मकालु गाविस–९ मा २०४३ सालमा जन्मेका टासी लाक्पा शेर्पाले सानैदेखि हिमालको आरोहणको सपना बुनेर बसेका थिए ।

 

काठमाडौं छिरेपछि उनलाई सबैभन्दा पहिला आफ्नो आवश्यकताहरु पूरा गर्नु थियो । खानेदेखि बस्नेसम्मको बन्दोबस्त । शेर्पाहरुको पुख्र्यौली पेशा भएको कारणले गर्दा उनी विस्तारै सन् २००३ मा ट्रेकिङ अफिस ट्रेकिङ गाइडको रुपमा आबद्व भए ।


त्यो दिन सम्झँदै टासी भन्छन्, ‘आज म यो ठाउँमा आएर यतिसम्म गर्छु भन्ने सोचेको नै थिइन ।’


मकालु र अरुणतिरबाट आउने पर्यटक र पर्वतारोहीहरुको लर्को देखेर टासी निकै उत्साहित हुन्थे ।


एक दिन म पनि हिमालमा विदेशीहरुलाई लिएर हिमालको शिखरमा पुग्छु भन्ने अठोट लिएका थिए । त्यो उनले पुरा गरी पनि छाडे ।


टासी जस्ता साहषिक शेर्पाहरुको कथा संसारभरी फैलिएको करिब ६४ बर्ष पुगिसकेको छ । टासीले सगरमाथाको कथा शेर्पा भएको कारण हजुरबाउ कै पालादेखि सुन्दै आएका थिए ।

 

ती हिमाली कथाहरु सुन्दा टासी पनि एक दिन सगरमाथाको शिखरमा पाइला राखेर विश्वमा नाम चिनाउने अठोट लिएका थिए ।


काठमाडौं छिरेको छोटो समयमा नै उनले सन् २००४ सगरमाथामा माउन्टेन गाइडका रुपमा पहिलो पटक पाइला राखे । उनी त्यो बेला १७ वर्ष मात्र भएका थिए ।

 

अनि त्यसपछि लगातार ८ पटकसम्म सर्वोच्च शिखरमा पाइला राख्न सफल भएका छन् ।


पर्यटन व्यवसायसँगै टासी राजनीतिबाट अलग्गिन सकेनन् । अन्तमा राजनीतिमा सक्रिय हुन थाले ।

 

२०६० सालपछि टासी पार्टीको विभिन्न संगठनमा रहेर काम गर्दै आइरहे । विगत सम्झदैँ टासी भन्छन्, ‘पार्टीले संखुवासभाबाट सही नेतृत्व चयन गरेको महसुस गरेको छु ।’



Your Comment

थप समाचार

एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

  • 3 hours ago
एनआरएन सल्लाहकार डा. शर्मा र कोषाध्यक्ष थापालाई युथ इन्स्पाइरेसन अवार्ड

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिक्मत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

  • 9 hours ago
परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस

अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

  • 10 hours ago
अब वाम गठबन्धनको नेतृत्वले संविधान परिष्कृत गर्दै लैजान्छ

काठमाडौँ, माघ २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताएका छन् ।   अनेरास्ववियूद्वारा आयोजित दुईदिने


Loading...

भिडियो

hamropatro

नेपाल

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

 काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक-मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता तथा आमसञ्चार र इतिहास विषयको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

जीवनशैली

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

हरेक रातमा ३ देखि ५ बजेको बीचमा निन्द्रा खुल्छ ? हुनसक्छ अन्जान शक्तिको यस्तो इशारा

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ ? चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

विचित्र विश्व

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

पढ्ने खर्च जुटाउन भर्जिनिटी लिलाममा !

एजेन्सी–राम्रो शिक्षा लिन आजकल जोकोही चाहान्छ । तर, पैसाको अभावमा मानिसले राम्रो शिक्षा लिनबाट बञ्चित हुने गरेको छ । राम्रो शिक्षा पाउनका लागि धेरै समस्याहरुको सामना गर्न पनि केही मानिसहरु पछि पर्दैनन् ।