पहिलो चरणको उम्मेदवारी दर्ता आज, उम्मेदवारले छुटाउनै नहुने ६ कुरा

काठमाडौं, कात्तिक ५ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्न लागिएको हो ।

 

मनोनयन दर्ताका लागि उम्मेदवारहरुले बिहान १० देखि अपराहृन ५ बजेसम्म जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

 

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव हुँदैछ ।

 

यस्तै पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा नै निर्वाचन गरिँदैछ ।

 

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता छन् । पहिलो चरणका लागि मतदाता नामावली छपाइ लगायत सामाग्री सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ ।

 

उम्मेदवारी दर्ताको लागि के गर्नुपर्छ ?

 

१. निर्वाचनमा उठ्न इच्छुक महानुभावले उम्मेदवारहरुले बिहान १० देखि अपराहृन ५ बजेसम्म जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

 

२. प्रतिनिधि सभातर्फ पहिलो निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने छ ।

 

३. प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्नेछ ।

 

४. समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् ।

 

५. प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ ।

 

६. दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्नेछ ।

 



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।