निसानामा वामउम्मेदवारः सुरक्षा चुनौती देखाउँदै चुनाव सार्ने तयारी त होइन ?

काठमाडौं, कात्तिक २८ । शानिबार रोल्पामा माओवादी नेता एवम् रोल्पाका बामउम्मेदवार बर्षामान पुनलाई लक्षित गर्दै बम प्रहार भयो । आइतबार उनीमाथि नै गोली हान्ने प्रयास भयो । त्यस्तै रुकुममा बामउम्मेदवार जनार्दन शर्मालाई लक्षित गर्दै बम हानियो । मंगलबार भोजपुरमा पनि बामउम्मेदवार शेरधन राईको गाडीमा बम प्रहार भयो । आइतबार सिन्धुपाल्चोकमा बामपन्थी र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भयो ।

 

यी सबै घटनाक्रमले बुझाउँछ कि, आसन्न मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा चुनौती बढेको छ । र, निसानामा बामउम्मेदवार मात्रै पर्नुले गम्भीर शंका उब्जाएको छ । यसरी श्रृङ्खलाबद्ध बामउम्मेदवारमाथि बम आक्रमण हुँदा पनि कसैले औपचारिक जिम्मा लिएको छैन । न त प्रशासनले कुनै ठोस कदम चालेको छ ।

 

बढ्दो बम आतंकपछि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसार यादवले पनि आइतबार भने, ‘सुरक्षा चुनौती बढेको छ ।’ मंगलबार नै भोजपुरमा बामउम्मेदवार राईको गाडीमा बम प्रहार भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘चुनाव सार्ने षणयन्त्र’ भएको प्रतिक्रिया दिएका छन् ।

 

यसरी दिनप्रतिदिन उम्मेदवारमाथि बम हमला बढ्ने हो भने निश्चितै सुरक्षा चुनौती बढ्ने छ । र त्यसैलाई आधार बनाएर सरकारले चुनाव सार्नसक्ने सम्भाबना प्रबल भएको अनुमान गर्न थालिएको छ ।



Your Comment

थप समाचार

कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

  • 6 hours ago
कार्यक्रम गर्न लण्डन आएकी नायिका छुल्ठिमलाई म्युजिक भिडियो बोनस

निर्देशक कुशल श्रेष्ठले लण्डनबासी गायक सन्तोष विकको 'जुनीजुनी' बोलको गीतमा छुल्ठिमलाई अभिनय गराएका हुन् ।

नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

  • 8 hours ago
नयां नेतृत्व चुन्दै नेपाली साहित्य विकास परिषद बेलायत , अधिवेसन मे १३ मा

मे १३ तारिख आइतबार लण्डनको एक्टनस्थित एबिआई कलेजमा परिषदको अधिवेसन हुंदैछ । अधिवेसनबाट संस्थाको नयां नेतृत्व चयन गर्न कृष्ण भट्टको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

  • 8 hours ago
महारानी एलिजावेथपछि युवराज चार्ल्स कमनवेल्थ प्रमुख बन्ने

कमलनवेल्थ अन्तर्गतका ५३ मुलुकहरुको यो नेटवर्कको प्रमुखमा अहिले बेलायती महारानी एलिजावेथ द्धितिया छन् । महारानी स्वयमले पनि आफ्नो यो जिम्मेवारी आफुपछि युवराज चार्ल्सलाई नै दिने ईच्छा जाहेर गरेको बताइएक


Loading...
The British College

भिडियो

hamropatro

जीवनशैली

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्

एजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

विचित्र विश्व

२७ वर्ष काटेपछि बुढीकन्ये !

२७ वर्ष काटेपछि बुढीकन्ये !

एजेन्सी । २७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।