'काँग्रेस, फोरम र राजपाबीच सहमति हुने'

विराटनगर, मंसिर १ । उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति कायम हुने बताएका छन् ।

 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले दुई नं प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई विजयी गराउने सम्बन्धमा तिनै पार्टीबीच छलफल भइरहेको र चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे ।

 

उपप्रधानमन्त्री गच्छदारले मुलुकका अन्य अन्य प्रदेशमा समेत लोकतान्त्रिक शक्तिलाई विजयी गराउन स्थानीयस्तरमा वार्ता एवं छलफल भइरहेकाले केही दिनमा सहमति हुनेछ भने ।

 

एक प्रश्नको जवाफमा उनले सरकारले सुरक्षाको सम्पूर्ण संयन्त्र प्रयोग गरी उम्मेदवालाई शान्तिपूर्ण वातावरणमा निर्वाचनमा प्रचारप्रसारको व्यवस्था मिलाइएको जानकारी दिए ।

 

उपप्रधानमन्त्री गच्छदारले आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न र जनताले निर्धक्क रुपले मतदान गर्ने व्यवस्था मिलाउन वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै आर्थिक संमृद्धि र पछाडि परेका जनताको हकअधिकार दिलाउन जनताले लोकतान्त्रिक गठबन्धनलाई बहुमतको सरकार निर्माण गर्न मत दिने विश्वास व्यक्त गरे ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।