ओली निवास नजिकै काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन घाइते

भक्तपुर, मंसिर २१ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ ।

 

काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ ।

 

विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताएका छन् ।

 

काँग्रेसका प्रतिनिधिले एमालेले काँग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सिसा फुटाएको आरोप लगाएको छ भने एमालेले काँग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ ।

ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ भने त्यहाँका वासिन्दा आतंकित बनेका छन् ।

 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताए ।

 

यता मध्यपुरथिमि नगरपालिका कौसलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको छ ।

 

बम भेटिएको खबरपछि आएको नेपाली सेनाको टोलीले बमलाई निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।



Your Comment

थप समाचार

राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

  • 1 hour ago
राजकुमार ह्यारी र मेगानको विवाह मे १९ मा

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगान मार्कलबीचको बिहे आउंदो वर्ष सन् २०१८ को मे महिनाको १९ तारिखमा हुने भएको छ ।

आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

  • 5 hours ago
आइतबार प्लमस्टिडमा प्रस्तुति गर्दै सागर आले

नेपाल आइडलका शीर्ष ४ प्रतियोगी सागर आलेले यहि आइतबार डिसेम्बर १७ तारिखमा लण्डनको प्लमस्टिडमा प्रस्तुति गर्ने भएका छन् ।

शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

  • 5 hours ago
शाक्यदेखि स्थापितसम्मले सुरु गरे दाैड, काे बन्ला प्रदेश ३ काे मूख्यमन्त्री ?

काठमाडाैँ, मंसिर २९ । वाम गठबन्धनले प्रदेश नं. ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।    प्रदेश नं. ३ प्रदेशसभामा वा


Loading...

भिडियो

hamropatro

नेपाल

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

अब अस्थिरता अन्त्य भयोः सांसद मानन्धर

काठमाडौँ, मंसिर २९ । नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताएका छन् ।

जीवनशैली

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

क्रिम पाउण्डरको प्रयोग बिना नै यसरी सुन्दर बन्न सकिन्छ

एजेन्सी । युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् ।

विचित्र विश्व

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

विश्वलाई थर्कमान पारेका किमको सम्पत्ति कति !

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ–उनलाई क्रुर शासकको रुपमा विश्वभर परिचीत गराइएको छ । उत्तर कोरियामा के भइरहेको छ र के गर्दैछन् भन्ने विषयले हाल विश्वभर ठुलो चासो राख्ने गर्छ ।