Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियइरानले दियो युद्धको बीचमा ठूलो चेतावनी: इजरायली सेना गाजा पट्टीमा प्रवेश गरेमा उनीहरुलाई त्यही गाड्नेछौं

इरानले दियो युद्धको बीचमा ठूलो चेतावनी: इजरायली सेना गाजा पट्टीमा प्रवेश गरेमा उनीहरुलाई त्यही गाड्नेछौं


एजेन्सी । इजरायल र हमासबीच युद्ध जारी छ। हमासले अक्टोबर ७ मा इजरायलमा कडा आक्रमण गरेको थियो । निर्दोष इजरायली नागरिकको हत्या पछि, उनीहरूले धेरै मानिसहरूलाई बन्धक बनाएका थिए।

यो घटनापछि इजरायलले गाजा पट्टीमा भिषण हमला गर्दै आइरहेको छ । हमासका धेरै ठाउँहरु ध्वस्त भएका छन् । यो कारबाही निरन्तर जारी छ ।

यसैबीच, बिहीबार केही घन्टासम्म इजरायली सैनिक र ट्याङ्कहरू गाजा सीमामा प्रवेश गरी विनाश मच्चाएर फर्किएका थिए ।

यी सबै बीचमा इजरायलको शत्रु मानिएको र हमास समर्थक इरानले इजरायललाई खुला चेतावनी दिएको छ । इरानले इजरायली सैनिक गाजामा प्रवेश गरे उनीहरुलाई त्यहीँ गाड्ने चेतावनी दिएको छ ।

इजरायल र हमासबीच २० दिनदेखि युद्ध चलिरहेको छ । एक मोर्चामा हमास अर्को मोर्चामा लेबनानको आतंकवादी संगठन हिजबुल्लाहका लडाकुहरू रहेका छन् । उनीहरुले उत्तरी इजरायलमा आक्रमण गरिरहेका छन्।

हिजबुल्लाहलाई इरानको समर्थन छ। यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका कमाण्डर इन चीफ जनरल होसेन सलामीले इजरायलले बम विस्फोट बाहेक केही गर्न नसक्ने बताएका छन्।

उनले चेतावनी दिदैँ भनेका छन्,’ यदि इजरायली सैनिक गाजाको भूमिमा आए भने, उनीहरुलाई त्यही गाडिनेछ । त्यसैले उनीहरुसँग बाहिरिने बाटो छैन । उनीहरूले अपराध गरेर क्षतिपूर्ति दिन सक्छन् भन्ने भ्रममा रहेका छन् ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT