यी हुन् हालसम्म बनेका संसारकै सबैभन्दा महंगा १० फिल्म, यस्तो छ कमाई

प्रविधिको साथै फिल्म बनाइने बजेट र त्यसको कमाइमा पनि अन्य सिने उद्योग भन्दा हलिउड धेरै माथि रहेको छ । हाम्रो नेपाली फिल्म उद्योगको सबैभन्दा धेरै कमाई गर्ने फिल्म छक्कापन्जालाइ लिइन्छ, जसले करिब २० करोड रुपैंयाको व्यापार गरेको थियो । तर, हलिउडका सफल फिल्मले खर्बौको व्यापार गर्ने गरेका छन् ।


खर्बौ व्यापार गर्ने हलिउडका फिल्महरुको बजेट पनि पक्कै धेरै नै हुने गर्छ । एउटै फिल्म बनाउनको लागि अर्बौ खर्च गरिने गरेको छ । आज हामी तपाईलाई हालसम्मकै धेरै खर्च गरेर बनाइएका १० फिल्मको बजेट र कमाईको बारेमा जानकारी दिन गइरहेका छौं ।


यस्ता छन् हलिउड हालसम्मकै सबैभन्दा महंगा १० फिल्मः


१. फिल्म पाइरेट्स अफ द क्यारेबियन एट वल्ड्स् एन्ड
बनेको वर्षः सन् २००७
कलाकारहरुः जोनी डेप, ओर्ल्येन्डो ब्लुम, कायरा नाइटी, ज्योफ्री रश
बजेटः ३०० मिलियन डलर अर्थात ३० अर्ब रुपैंया भन्दा बढी
वल्र्डवाइड कमाईः करिव १ खर्ब रुपैंया


२. जोन कार्टर
बनेको वर्षः सन् २०१२

कलाकारः जेम्स प्योर फोय, टेलर किच, लिन कोलिन्स आदि
बजेटः २६३ मिलियन डलर अर्थात २८ अर्ब रुपैंया भन्दा बढि
कमाईः करिव ३० अर्ब रुपैंया


३. ट्याङ्गल्ड
बनेको वर्षः सन् २०१०
कलाकारहरुः म्याडी मुर, जेच्री लेवी र रोन मर्फि
बजेटः २६० मिलियन डलर २७ अर्ब रुपैंया भन्दा बढि
वल्र्डवाइड कमाईः करिव ५७ अर्ब रुपैंया


४. स्पाइडर म्यान ३
बनेको वर्षः सन् २००७
कलाकारः टोबी मगुर, क्रिस्टन डन्स्ट, जेम्स फ्रेन्को आदि
बजेटः २५८ मिलियन डलर अर्थात करिव २७ अर्ब
कमाईः करिव ९५ अर्ब


५. ह्यारी पोर्टर एण्ड द हाफ ब्लड प्रिन्स
बनेको वर्षः २००९
कलाकारः ड्यानियल रेडक्लिफ, रुपर्ट ग्रिन्ट, एम्मा वाट्सन, हेलेना बोहम
बजेटः २५० मिलियन डलर अर्थात २६ अर्ब रुपैंया
कमाईः करिव १ खर्ब रुपैंया


६. पाइरेट्स अफ दि क्यारेबियन अन स्ट्रेन्जर टाइड्स
कलाकारः जोनी डेप, पेनलोप क्रुज, इआन म्याक्सेन र केविन म्याकनेली
बजेटः २५० मिलियन अर्थात करिव २६ अर्ब रुपैंया
कमाईः १ खर्ब १० अर्ब रुपैंया


७. डार्क नाइट राइजेज
बनेको वर्षः सन् २०१२
कलाकारहरुः क्रिस्चियन बेल, माइकल किन एनी हाथवे र टम हार्डी
बजेटः २५० मिलियन डलर अर्थात करिव २६ अर्ब
कमाईः करिव १ खर्ब १६ अर्ब रुपैंया


८. दि होबिटः ब्याटल अफ दि फाइब आर्मिज
कलाकारहरुः इआन म्याककलेन, मार्टिन फ्रिम्यान, रिचार्ड आर्मितेज, ली पेस र ल्युक इभान्स
बजेटः २५० मिलियन डलर अर्थात २६ अर्ब रुपैंया
वल्र्डवाइड कमाईः करिव १ खर्ब रुपैंया


९. एभेन्जर्स एज अफ अल्टोन
बजेटः २५० मिलियन डलर अर्थात करिव २६ अर्ब रुपैंया
कलाकारहरुः रोवर्ट डाउनी जुनियर, क्रिस हेमवर्थ, मार्क रफेलो र क्रिस इभान्स
वल्र्डवाइड कमाईः करिव १ खर्ब ५० अर्ब


१०. ब्याटम्यान भर्सेज सुपरम्यान
कलाकारः रे फिशर, हेनरी केविल, बेन एफ्लेक, गेल गडोत र जेसी ईसानबर्ग
बजेटः २५० मिलियन डलर अर्थात करिव २६ अर्ब रुपैंया
वल्र्डवाइड कमाईः करिव ९० अर्ब रुपैंया

 



Your Comment

Loading...

भिडियो


Related Post

यी हुन् बेलायतमा सबैभन्दा महंगा घर हुने इलाका

  • 4 months ago
यी हुन् बेलायतमा सबैभन्दा महंगा घर हुने इलाका

लण्डन । घर किन्नको लागि बेलायतमा सबैभन्दा बढि महंगो क्षेत्र कुन होला ? हालै लोएड्स बैंकले गरेको अध्ययनपछि सार्वजनिक एक तथ्यांकका अनुसार लण्डनको इटन स्क्वायरका घरहरु बेलायतमै सबैभन्दा बढि महंगा पर्छ

एमएस धोनी चलचित्रको आक्रामक कमाई, यस्तो छ कलेक्सन

  • 6 months ago
एमएस धोनी चलचित्रको आक्रामक कमाई, यस्तो छ कलेक्सन

मुम्बई । शुक्रबारबाट रिलिज भएको भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’ले पनि आक्रामक कमाई गरेको छ ।

यी हुन् दुनियाँकै सबैभन्दा महंगा १० हिरा

  • 7 months ago
यी हुन् दुनियाँकै सबैभन्दा महंगा १० हिरा

हिरालाई संसारकै अमुल्य रत्न मानिन्छन् । विकीपिडियामा भन्छ, 'हिरा एकप्रकारको पारदर्शी रत्न हो । हिराबाट ताप तथा बिजुली सर्न सक्दैन। हिरा प्रकृतिमा पाइने पदार्थहरूमध्ये सबैभन्दा कडा पदार्थ पनि

hamropatro


जीवनशैली

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

थाहा पाउनुहोस्, स्वस्थ रहन खराब बानीहरु कसरी छोड्ने ?

नियमित व्यायाम र स्वस्थ खानपानबाट नै स्वस्थ रहन सकिन्छ । विहानै उठेपछि राती सुत्नेबेलासम्म हाम्रा यस्ता कैयौ खराब बानीहरु हुन्छन् जसले स्वास्थमा समस्या हुन सक्छ ।

विचित्र विश्व

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

प्रेमिकाले धोका दिएको थाहा पाएपछि प्रेमीले गरे यस्तो हर्कत

तपाई आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देख्नुभयो भने के गर्नुुहुन्छ ? प्रेमिका तथा उनीसँगै बेडमा रहेका व्यक्तिसँग झगडा गर्नुहुन्छ ? तर एक व्यक्तिले अचम्म हर्कत गरेर देखाएका छन् ।