Techie IT
२०८० चैत्र ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालमोबाइलको विषयमा विवाद हुँदा आफ्नै साथीको हत्या, दुई जना पक्राउ

मोबाइलको विषयमा विवाद हुँदा आफ्नै साथीको हत्या, दुई जना पक्राउ


जनकपुर । मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल हाल जनकपुरधाम २४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो ।

कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनकै साथीद्वय सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ ।

प्रतिवन्धित लागूऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।

विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)

काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ । सभामुखले हरेक

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालतबाट हतियारसहित पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश

नवनियुक्त भौतिक पूर्वाधार मन्त्री मनाङेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज

महरालाई सरकारी वकिल कार्यालय उपस्थित गराइयो

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ

एक सातापछि कर्णाली पुलमा सवारी आवागमन सुचारु

धनगढी । आगलागीका कारण एक सातादेखि बन्द भएको कैलालीको चिसापानीस्थित कर्णाली पुलमा सोमबारबाट सवारी आवागमन सुचारु भएको छ । सडक

Techie IT