फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ

  • सोमबार, २३ फागुन, २०७३
  • 10 months ago
  • अपराध

तनहुँ, २३ फागुन । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए । पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए ।

 

प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए ।

 

फेसबुकमार्फत ठगी धन्दा गरेका पाटामगरले आफ्ना बाबु बेलायतको लाहुरे भएको, पोखरा रामबजारमा घर भएको, काठमाडौं चल्ने दुईवटा माइक्रो बस भएको भन्दै महिलालाई झुट्टा विवरण दिई फसाउने गरेको बुझिएको छ । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 6 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 6 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 9 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।