बेपत्ता भएको पाँच महिनापछि फेसबुकले गरायो मिलन

  • बिहीबार, ३ चैत, २०७३
  • 1 year ago
  • समाज

अर्घाखाँची, चैत ३ । रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्ट पाँच महिनादेखि हराएका थिए, कात्तिक ४ गते घरबाट हिँडेका विष्टलाई आफन्तले वनजङ्गल, खोल्साखाल्सी सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना राखे  ,परिवार रोए, कराए , तर कही कतै फेला पार्न सकेनन् ।

 

‘अब जिउँदो छैन होला भनेर हिन्दू संस्कार अनुसार काजकिरिया गर्नसमेत योजना बनाएको बेला उनको फेसबुकमा फोटो देखे’ । घुम्दै फिर्दै सन्धिखर्कमा आएका विष्टको फोटो फेसबुकमा राखे अर्घाखाँचीका समाजसेवी सहयोगी बिसीले ।

 

उनले फेसबुकमा पोस्ट गरेको फोटो देखेपछि आफन्तलाई लाग्यो , दीपक अझै जिउँदै रहेछन् । परिवारले  खुसी हुँदै मसँग फोन सम्पर्क गरे समाजसेवी सहयोगी बिसीले भने ।

 

दीपक अर्घाखाँचीमा आफुसँग सुरक्षित हुनुहुन्छ भन्ने खबर बिसीले दिए पछि त्यही आधारमा बुबा रामबहादुर विष्ट र भाइ टकबहादुर विष्ट सन्धिखर्कमा लिन आए । ‘जति बेला उनी तीन जनाको भेटभयो एक किसिमको रुवावासी भयो ’। खुसीका आँसु अनि एक आपसमा झम्टेर रुदा हामीहरुको समेत आँसु आयो बिसीले भने ।

 

दुई छोरी र एक छोराका पिता दीपक जो बोल्दै नबोल्ने, केही नभन्ने ,  बुबासँग भेट हुँदा खुट्टामा ढोग गर्दा र भाइलाई मुसारेर आर्शीवाद दिँदा खुसीको सीमा रहेन बिसीले बताए ।

 

झन्डै १० वर्ष अघि इराकमा भिसा लागेर जान ठिक्क परेका बेला १२ नेपालीको हत्यापछि विदेश जान नपाउँदा र भिसा लागेको पैसा खेरगएपछि दीपकले मानसिक सन्तुलन गुमाएका थिए ।

 

उनलाई  सन्धिखर्कबाटै काठमाडौँस्थित कोसिस संस्थामा उपचारका निम्ति पठाइएको छ ।

एउटा बेवारिसे व्यक्ति देखेर दुई,चारघन्टा समय दिँदा एउटा परिबारमा नयाँ खुसी ल्याउन सफल भएकोमा सहयोगी बिसी सारै खुसी छन् । रासस



    Your Comment

    थप समाचार

    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    • 2 hours ago
    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

    महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

    • 2 hours ago
    महिलाको नाइटोमा लुकेको हुन्छ यस्ता राजहरु

    एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।

    वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

    • 3 hours ago
    वेस्ट मिडल्याण्डमा हाम्रो नेपाली समाजले मनायो नयां वर्ष

    लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडलण्डले हरेक वर्ष जस्तै यस वर्ष पनि एक कार्यक्रमका साथ नेपाली नयां वर्ष मनाएको छ ।


    Loading...
    The British College

    भिडियो

    hamropatro

    जीवनशैली

    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    तपाईको शरीरमा पनि यी ५ लक्षण देखापर्छन् ? बेवास्ता नगर्नुस्

    एजेन्सी । शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न ।

    विचित्र विश्व

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    यी हुन् विश्वकै खतरनाक अपराधिहरु जसले डरलाग्दा घटना घटाए

    विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।