Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना


एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बङ्गलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेका छन्।

‘हामी अरूमा निर्भर हुने छैनौं। कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन’, हसिनाको योटिप्पणी शनिबार युनाइटेड न्युज अफ बङ्गलादेशले उद्धृत गरेको छ।

नयाँ नीति अन्तर्गत बङ्गलादेशका वर्तमान र पूर्व अधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू, र कानून प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ ।

उता यो नीति बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री हसिनाले बङ्गलादेशमा अर्को आम चुनाव अवामी लिग सरकार अन्तर्गत हुने कुरा स्पष्ट गरिसक्नु भएको छ । अब चुनाव सन् २०२४ को प्रारम्भमा हुनेछ ।

हालको सरकारले पूर्व प्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नु पर्ने आँकलन हुँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT