काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान

बनेपा, चैत ६ । काभ्रेपलाञ्चोकमा कृषक तथा सहकारी संस्थाले पशु उत्पादनलगायत विभिन्न शीर्षकमा पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् ।

 

जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताए । उनले जिल्लामा कुल एक करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । युवा लक्ष्यित पशु उत्पादन शीर्षकमा छजना कृषकलाई एक लाख ७० हजारका दरले अनुदान उपलब्ध गराइसकिएको छ ।

 

त्यस्तै, गाई तथा भैँसीपालनमा २० जनालाई एक–एक लाख र बाख्रापालनमा दुई–दुई लाख उपलब्ध गराइएको छ । त्यसैगरी, बङ्गुरपालनमा एकजनाले चार लाख र पाँचजनाले दुई–दुई लाख अनुदान पाएका छन् ।

 

यस्तै, कुखुरापालनतर्फ सहकारी संस्थालाई पाँच लाख, पशु आहार मिसनतर्फ पाँच सयदेखि २० हजार र बङ्गुरपालनमा आठ लाख एक सहकारी संस्थालाई उपलब्ध गराइएको छ । “यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,” जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक सापकोटाले भने । उनले अनुदानको रकम वितरणको काम जारी रहेको उल्लेख गर्दै अनुदान रकम उत्पादन बढाउने काममै लगाउन कृषकसँग आग्रह गरे । रासस



    Your Comment

    थप समाचार

    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    • 39 minutes ago
    बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

    स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    • 57 minutes ago
    आजबाट राजधानीमा साफ यू १५ फुटबल

    काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    • 1 hour ago
    उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

    बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

    काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

    जीवनशैली

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    यी हुन् भिन्टी खाँद हुने सात फाइदा

    भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

    विचित्र विश्व

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

    एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।