पशुपालनमा करिब चार अर्ब लगानी

  • आइतबार, ६ चैत, २०७३
  • 9 months ago
  • अर्थ

म्याग्दी, चैत ६ । म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि तीन अर्बभन्दा बढी लगानी गरेका छन् ।

 

किसानले व्यावसायिक रुपमा गाईभैँसी र भेडाबाख्रापालन गर्न तीन अर्ब ६८ करोड ४१ लाख ६६ हजार लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैँसी र दुई सय ८७ वटा भेडाबाख्रा फार्म रहेका छन् ।

 

कार्यालय र सेवा केन्द्रका प्रविधिज्ञले स्थलगतरुपमा सङ्कलन गरेको विवरणअनुसार पशुधन र पूर्वाधारतर्फ उक्त लगानी भएको पशु सेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले जानकारी दिए । तीन अर्ब ४४ करोड ८६ लाख ६६ हजार पशुधन रहेका व्यावसायिक फार्म सञ्चालनका लागि पूर्वाधार तयार गर्न न्यूनतम २३ करोड ५५ लाख लगानी भएको हो ।

 

व्यावसायिक र व्यवस्थित बन्दै गएको म्याग्दीको पशुपालन क्षेत्रमा उद्योग–व्यवसायको तुलनामा धेरै पुँजी लगानी भएको रेग्मीले बताए । व्यावसायिक पशुपालनको माध्यमबाट एक हजार पाँच सयजनाले रोजगारी पाएका छन् । म्याग्दीमा दूध उत्पादनका लागि दुई सय ९६ भैँसी, पाँच सय ७२ गाई तथा आठ हजार चार सय ८६ बाख्रा र १२ हजार चार सय ८० भेडा मासु उत्पादनका लागि व्यावसायिक रुपमा पालिएका छन् । जिल्लाभर व्यावसायिक बाख्रा फार्मको सङ्ख्या एक सय ५९ वटा छ । साठी वटा भेडाबाख्राको संयुक्त फार्म रहेको छ । दूध उत्पादनका लागि स्थानीय लिमे, पारकोट, उन्नत मुर्रा तथा वर्णशङ्कर जातका भैँसी पालिएको छ । किसानले स्थानीय, जर्सी र होलस्ट्यान जातका गाईपालन गरेका छन् ।

 

यसैगरी खरी, जमुनापारि, बोयर, बारबरी, सिनाललगायत बाख्रा र भ्याङ्लुङ तथा बरुवाल जातका भेडा मासु उत्पादनका लागि पालिएको छ । सदरमुकाम आसपासका क्षेत्रमा दुग्ध उत्पादनका लागि गाईभैँसी तथा ग्रामीण र लेकाली क्षेत्रमा भेडाबाख्रापालन भएको छ ।

 

बीसभन्दा बढी भेडाबाख्रा पाल्ने र पाँचभन्दा बढी गाईभँैसी पाल्ने किसानलाई व्यावसायिक मान्ने गरिएको छ । बजारको राम्रो सम्भावना, छिटो आम्दानी गर्न सकिने, परम्परागत सीपमा आधारित, घाँस तथा आहाराको आपूर्ति राम्रो, पर्याप्त वनजङ्गल र चरन क्षेत्र भएकाले म्याग्दीमा व्यावसायिक पशुपालनको राम्रो सम्भावना रहेको वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताए । रासस



Your Comment

थप समाचार

बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

  • 4 hours ago
बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

  • 4 hours ago
बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

  • 7 hours ago
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


Loading...

भिडियो

hamropatro

नेपाल

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

जीवनशैली

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।