के तपाइमा यस्ता लक्षण छन् ? छन् भने कहिल्यै नबस्नुहोस् ब्रत

एजेन्सी । हप्तामा एकपटक ब्रत बस्नु धार्मिक मात्र होइन वैज्ञानिक दृष्टीकोणले पनि स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । धेरैजसो नेपालीहरु धार्मिक कारणले प्रायः हप्तामा एकपटक ब्रत बसेको पाइन्छ । त्यसैगरि नेपालमा पर्ने विभिन्न चाडपर्व तथा रितिथितीका कारण विशेष दिनहरुमा पनि ब्रत बस्ने गरेको पाइन्छ ।

 

तर कोहि मानिसलाई ब्रत बस्दा स्वास्थ्यमा समस्या देखिनुका साथै बिरामीसमेत पर्ने गरेको पाइन्छ । डाक्टरका अनुसार केहि यस्ता रोग छन् त्यस्ता रोगहरुमा ब्रत बस्नु निकै खतरापूर्ण हुनसक्छ स्वास्थ्यका लागि ।

 

निम्न रोग भएकाहरु कहिल्यै ब्रत बस्न हुदैँन :

 


मधुमेहका बिरामी

 

मधुमेहका बिरामीका लागि समयमा खाना र औषधी खानु अत्यावश्यक मानिन्छ । यदि यस्ता मानिसहरु ब्रत बस्छन् भने समस्या अझै बढ्न सक्छ ।

 

उच्च रक्तचापका बिरामी


उच्च रक्तचाप भएका बिरामीले ब्रत राखे उनीहरुको शरिरको प्रक्रिया बिग्रन सक्छ । यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ ।

 

मुटु रोगी

 

मुटुका रोगीले खानपिनमा धेरै ध्यान दिनुपर्छ । यदि यस्ता रोगी लामो समयसम्म भोको रहन्छन् भने यसले शरिरको कामक्रियामा नराम्रो असर पुर्याउने गर्दछ ।

 

मृगौलाका रोगी


जसलाई मृगौलाको समस्या छ उनीहरुले ब्रत बस्नुहुँदैन । यसले मृगौला फेल हुने खतरा बढ्ने गर्दछ ।

 

रक्तअल्पत्ताका बिरामी


जो मानिसहरुमा रगतको कमी छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले शरिर कमजोर हुनुका साथै थकान बढाउने गर्दछ ।

 

फोक्सोमा समस्या भएका मानिस


जसको फोक्सोमा गम्भीर समस्या छ भने त्यस्ता व्यक्तिले ब्रत बस्नुहुँदैन । यसले समस्या अझै बढाउन सक्छ ।

 

कलेजोका बिरामी


जसलाई कलेजोमा समस्या छ उनीहरुले ब्रत बस्नु हुँदैन । यसले कलेजो बिगार्ने काम गर्दछ ।

 

शल्यक्रिया गरेका रोगी

 

शल्यक्रिया गरेका नयाँ रोगीले ब्रत बस्नुहुँदैन । यो क्रममा शरिरलाई भिटामिन र मिनरल्सको अत्यधिक आवश्यकता पर्ने भएकाले समय–समयमा खाना खाइरहनुपर्छ ।

 

गर्भवती महिला


गर्भवती महिलालाई भिटामिन र मिनरलसको आवश्यकता पर्छ । यदि यस्तो बेला उनी ब्रत बस्छिन् भने महिला र शिशु दुबैमा गम्भीर असर देखापर्न सक्छ ।

 

स्तनपान गराउने महिला


स्तनपान गराउने महिलाले ब्रत बस्नुहुँदैन । यसले बच्चालाई आवश्यक भिटामिन र मिनरल्स पाउनबाट बञ्चित गराउँछ । यसले बच्चाको विकासमा पनि नराम्रो असर निम्त्याउने गर्दछ ।



Your Comment

थप समाचार

रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

  • 1 hour ago
रहस्यमयी बन्दै ब्राजिलको मृत्यु, यस्तो छ दिदिको वयान

सिड्नी । अघिल्लो शुक्रबार सिड्नी न्युटाउनस्थित आफ्नै डेरामा मृत भेटिएका ब्राजिल गुरुङको मृत्युको कारण थप रहस्यमयी बन्दै गएको छ ।

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

  • 2 hours ago
श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे र

अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

  • 2 hours ago
अमेरिकालार्इ किन चाहियाे चीन र रूसको जस्तै सुरक्षा नीति ?

वासिङटन । अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ । राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै अमेरिकाले चीन र रूसको जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको अमेरिकी रक्षा


Loading...

भिडियो

hamropatro

नेपाल

न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

न्यानाे बाँड्न कम्बल बाेकेर तरार्इ झर्‍याे वाइसिएल, सीमाना मिचिएकाे ठाउँमा समेत पुग्ने

महाेत्तरी, माघ ६ । चिसाे र शीतलहरले प्रभावित तरार्इका बस्तिहरुमा नेकपा माअाेवादी केन्द्रकाे भातृसंगठन वाइसिएल नेपालको केन्द्रीय टोली कम्बल लिएर पुगेको छ ।

जीवनशैली

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

श्रीमतीका यी अंगले निर्धारण गर्छ श्रीमानको भविश्य

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।