घर भत्किँदा तीनको मृत्यु, बाढी पीडितलाई हेलिकप्टरमार्फत उद्धार

  • शनिबार, २८ साउन, २०७४
  • 2 months ago
  • नेपाल

बाँके , २८ साउन । राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ ।

 

गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले राससलाई बताउनुभयो । मृतकको अझैसम्म नाम खुलेको छैन । उहाँका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन ।

 

बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताउनुभयो । बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।


पीडितलाई हेलिकप्टरमार्फत उद्धार


लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

 

यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् ।

 

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताए । उनका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ ।

 

सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ ।


यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताउनुभयो । राप्ती नदीको तह बढेर अहिले ८।५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ । रासस



    Your Comment

    थप समाचार

    मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

    • 9 minutes ago
    मंसिर १० र २१ गते नै चुनाव हुन्छः प्रधानमन्त्री देउवा

    काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिने बताएका छन् । र तोकिएकै मितिमा चुनाव हुने प्रधानमन्त्रीको प्रत

    स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

    • 1 hour ago
    स्थायी सरकारका लागि दुवै गठबन्धन ठीकः मन्त्री थापा

    काठमाडौं, कात्तिक २ । उद्योगमन्त्री सुनिल थापाले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले स्थायी सरकार बन्ने सम्भावना बढेको बताएका छन् ।

    यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

    • 3 hours ago
     यी हुन् स्तनको शल्यक्रिया गर्ने बलिउडका चर्चित नायिकाहरु

    सेलिब्रटीहरुको चर्चा जति चुलिदै जान्छ त्यति नै उनीहरु सुन्दरता, लवाई खवाई लगायतका कुराहरुमा ध्यान दिन्छन् । यहाँ हामीले केही बलिउड नायिकाहरु जसले सेक्सी र बोल्ड देखिन स


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

    संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

    आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । 

    जीवनशैली

    यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

    यस्ता ज्यानै जाने रोगबाट बचाउँछ मेवाको पातको जूसले

    एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।

    विचित्र विश्व

    नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

    नगर्नुस् यस्ता १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्

    भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।