महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध, १७ घर विस्थापित

  • शनिबार, २८ साउन, २०७४
  • 5 days ago
  • नेपाल

गौशाला, साउन २८ । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् ।

 

तीन÷चार दिनदेखि लगातार भइरहेको वर्र्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् ।

 

लगातारको वर्षाका कारण जिल्लाको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ ।

 

यसबीच जिल्लाको एकमात्र जलेश्वर बर्दिवास सडकखण्ड सुचारु रहेको छ ।


वर्षाका कारण १७ घर विस्थापित

 

यसैगरी अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको दुई गाउँका १७ परिवार विस्थापित भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका – ४ पासवान टोलमा स्थानीय वृहस्पति पासवान, नथुनी पासवान, दिनेश पासवान, मला पासवान र पिपरा– २ का इब्राहिम राईनका घर पूर्ण रुपमा ढलेर विस्थापित भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतकाअनुसार पिपरा पासवान टोलका पाँचै जनाको घर भत्किँदा उनीहरुको घरबार र घरभित्र रहेका अन्नपातसहित सात लाखको क्षति भएको छ ।

 

वर्षाका कारण विस्थापित भएका पिपराका पासवान केही छिमेकीको घर र केही स्थानीय विद्यालयमा शरण लिएर बसेका छन् ।



त्यस्तै लगातारको वर्षाकै कारण जिल्लाको सम्सी गाउँपालिका– ४ गँैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् ।

 

गाउँभन्दा दक्षिणपट्टी एउटा साने टोलमा स–साना छाप्रा बनाएर बसिरहेका उनीहरुको घर÷घरमा बर्षाका पानी पसेर– चार जनाको घर भत्किएको र अन्य सबै जनाको घरको सबै सरसामान डुबानमा परेको स्थानीय ललन झाले बताए ।

 

बर्षाको पानी घर÷घरमा पसेको र केही व्यक्तिको घरसमेत भत्किएपछि १२ जनालाई स्थानीयवासीले सार्वजनिक माध्यमिक विद्यालयमा उद्धार गरी अस्थायी बास दिलाएका छन् ।



Your Comment

थप समाचार

बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

  • 49 minutes ago
बार्सिलोनामा आक्रमण १३ जनाको मृत्यु, १ सय भन्दा बढी घाइते

स्पेन, भदौ २ । स्पेनको बार्सिलोनामा इस्लामिक स्टेट (आइएस)ले गरेको आक्रमणमा १३ जना मारिएका छन् भने एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएका छन् ।

आजबाट राजधानीमा साफ यू १५ फुटबल

  • 1 hour ago
आजबाट राजधानीमा साफ यू १५ फुटबल

काडमाडौं, भदौ २ । साफ यू १५ फुटबल च्याम्पियनसिप आजबाट राजधानीमा सुरु हुँदैछ ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

  • 1 hour ago
उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी सुरक्षा अधिकारीको भनाई

बेइजिङ, भदौ २ । उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।


Loading...

भिडियो

hamropatro

नेपाल

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

साहसी सुस्ताबासीः तर सधैं दुखिरहन्छ नेपाली स्वाभिमान

काठमाडौं, भदौ १ । सुस्तामा प्रायः नेपाली स्वाभिमान दुखिरहेको हुन्छ । र, सुस्ताबासीले बारम्बार त्यासको प्रतिकार पनि गरिरहेका हुन्छन् । तर, सरकारीस्तरबाट दुखेको सुस्ताबासीको घाउमा मल्हम लगाउने कुनै ठोस प्रयास गरेको छैन ।

जीवनशैली

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

यी हुन् भिन्टी खाँद हुने सात फाइदा

भिन्टी तरकारीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । नेपालमा यसको धेरै परिकार समेत बनाइन्छ । अचार, तरकारी लगायत विभिन्न परिकारहरु भिन्टीबाट बनाइन्छ ।

विचित्र विश्व

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

कपाल हेरेर पत्ता लाग्छ महिलाको स्वाभाव, जान्नुहोस् कस्तो कपाल हुने महिला कस्ता

एजेन्सी । कपालको सौन्दर्यता केवल आर्कषकको लागि मात्रै हुँदैन्, त्यसले तपाईंको व्यक्तित्व पनि झल्काउँछ । कपाल व्यक्तित्वको मानक पनि हो । व्यक्तिको विचार, स्वभाव र जीवनशैलीजस्ता कुराहरु उसको कपाल देखेर बुझ्न सकिन्छ ।