बाढीपहिरोमा ३० को मृत्यु, जनजीवन कष्टकर बन्दै

  • शनिबार, २८ साउन, २०७४
  • 6 months ago
  • नेपाल

काठमाडौँ , साउन २८ । गृह मन्त्रालयले बाढी पहिरोका कारण तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान गएको बताएको छ। प्रभावित क्षेत्रबाट विवरणहरु संकलन गर्ने क्रम जारी रहेको भन्दै मन्त्रालयले हताहतीको संख्या बढ्न सक्ने जनाएको छ।

 

गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेका अनुसार तराई र मध्य पहाडी क्षेत्रका जिल्लाहरु सबैभन्दा बढी प्रभावित छन्।

 

उद्धारमा अप्ठ्यारो

 

अविरल वर्षाका कारण बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुर्याउन तथा उद्धार कार्य गर्न अप्ठ्यारो परिरहेको अधिकारीहरुले बताएका छन्। प्रवक्ता काफ्लेले मौसम खराब भएपछि कतिपय प्रभावित स्थलमा सुरक्षाकर्मी पुग्न नसकेको बताए। उद्धार तथा राहत कार्यमा हेलिकप्टर खटाउन कठिनाइ भइरहेको जनाइएको छ।

 

विराटनगर

 


अविरल वर्षापछि विराटनगर विमानस्थल डुबानमा परेको छ

 

विद्युत आपूर्ति बन्द

 

कतिपय स्थानमा विद्युत आपूर्ति बन्द भएका खबरहरु प्राप्त भएका छन्। मेची र कोशीका अधिकांश जिल्लामा शनिबार बिहानैदेखि विद्युत सेवा काटिएको बीबीसीका विराटनगर संवाददाता विक्रम निरौलाले जनाएका छन्।

 

सुनसरीको दुहबीस्थित एउटा प्रमुख प्रसारण लाइन रहेको स्थान डुबानमा परेपछि विद्युत काटिएको अधिकारीहरुले बताएका छन्। विराटनगर विमानस्थल पनि डुबानमा परेको छ। उडानहरु समेत प्रभावित भएका छन्।

 

पूर्वी नेपालका केही स्थानमा खानेपानी समेत अवरुद्ध रहेको बताइएको छ। केही स्थानमा टेलिफोन सेवा प्रभावित भएको बीबीसीका झापा संवाददाता उमाकान्त खनालले बताएका छन्।

 

सडक अवरुद्ध

 

 

नवलपरासीमा पूर्वपश्चिम राजमार्गको खण्ड भत्किँदा शुक्रबार रातिबाट राजमार्ग अवरुद्ध छ। सयौं यात्रु अलपत्र छन्। रौतहटमा पनि सोही राजमार्गको खण्डमा लालबकैया नदीको बाढी पसेपछि यातायात अवरुद्ध रहेको बीबीसीका जनकपुर संवाददाता बृजकुमार यादवले जनाएका छन्।

 

यसैगरी दाङ्मा बाढीले सडक कटान गर्दा घोराही तुलसीपुर क्षेत्रमा यातायात अवरुद्ध रहेको बीबीसीकी दाङ् संवाददाता बसुन्धरा गौतमले जनाएकी छन्। केही स्थानमा पक्की पुल समेत बगाएको छ।


बाढीले भर भत्काउँदा बाँकेको राप्ती सोनारी गाउँपालिकामा एकैघरका तीन जना बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।


जलमग्न

 



तराईका अधिकांश जिल्ला सदरमुकामहरु जलमग्न छन्। सप्तरीमा खाँडो नदीले कटान जारी राखेको छ। चितवनको माडीमा स्थानीय रियु खोला, मगनी खोलाको बाढीका कारण ३ सय घर डुबानमा परेका छन्। डेढ दर्जनजति घर पूर्ण रुपमा नष्ट भएको बीबीसीका चितवन संवाददाता ईश्वर जोशीले जनाएका छन्।

 

खतराको स्तर

 


बाँकेमा राप्ती नदीमा पानीको स्तर खतराको तहमा पुगेपछि भारतीय पक्षसँग समन्वय गरी लक्ष्मणपुर ब्यारेजको ढोका खोलिएको गृह प्रवक्ता दीपक काफ्लेले बताए। यसैगरी पूर्वी नेपालको कोशीमा पनि पानीको स्तर खतराको तहमा पुग्न लागेपछि कोशी ब्यारेजको ढोका खोल्नेबारे भारतीय पक्षसँग कुराकानी भइरहेको बताइएको छ।

 

बिबिसी 



Your Comment

थप समाचार

एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

  • 1 hour ago
एनआरएन यूकेको सल्लाहकार परिषद बैठकमा आए यस्ता 'सल्लाह र सुझाव'

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएन यूकेको सल्लाहकार परिषदको बैठक आइतबार फार्नबरोस्थित भिलेज होटेलमा सम्पन्न भएको छ । झण्डै दुई सय सल्लाहकार सहभागी बैठकमा विभिन्न सल्लाह तथा सुझावहरु संकलन गरिएको छ ।

ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

  • 5 hours ago
ईनास युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताका लागि बेलायतबाट छानिए ६ प्रतियोगी

शनिबार प्लमस्टिडमा सम्पन्न अडिसनबाट गायन तथा नृत्य दुवै विधामा ३ / ३ जना प्रतियोगी छनौट भएका छन् ।

नाइटोले खाेल्छ महिलाको यस्ताे राज

  • 11 hours ago
नाइटोले खाेल्छ महिलाको यस्ताे राज

एजेन्सी । महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको ।


Loading...

भिडियो

hamropatro

विचित्र विश्व

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

जब यी अमेरिकन राष्ट्रपतिहरु यस्ता विवादहरुमा फसेँ

एजेन्सी । अमेरिकी राष्ट्रपतिहरु कतिपय राजनैतिक चर्चाभन्दा पनि सेक्स स्क्याण्डलका कारण चर्चामा आए । उनीहरुको यही चर्चाले कतिपय राष्ट्रपतिहरु आलोचित छन् । सेक्स स्क्याण्डलको रहस्य खुलेपछि