पुष्प मेलामा माटोरहित ‘पट फ्लावरको’ कारोबार सुरु

  • बिहीबार, २६ असोज, २०७४
  • 1 week ago
  • अर्थ

काठमाडौं, असोज २६ । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार सुरु गरिएको छ ।

 

अवलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध छन् ।

 

बागमती फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ । गिफ्टको रुपमा हेरिने माटोरहित पट फ्लावर इन्डोर र सदाबहार प्लान्टको रुपमा प्रयोगमा आउने गरेको छ ।

 

अफिस, बैंक, लिभिङ रुम, बाथरुम लगायत घरको जुनसुकै सानो स्थानमा पनि राख्न मिल्ने यो पट फ्लावर नेदरल्याण्डबाट आयातित प्रबिधी भएको बागमती फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजिब कार्कीले बताए ।

 

हल्याण्डको पम भन्ने संस्थासँगको प्रबिधिक सहयोग सहित आयातित गरिएका बिरुवाहरु बजारमा ल्याएको कार्कीले बताए ।उपहार दिने परिपाटीलाई आत्मसाथ गर्दै बजारमा ल्याइएको यो पट फ्लावर साइज र बिरुवा हेरी ५ सय देखि ५ हजार रुपैयाँ सम्म पर्ने बागमती फ्लोराले जनाएको छ ।

 

उपत्यकाका मुख्य फ्लावर सप र गिफ्ट पसलहरुमा उपलब्ध रहेको पट फ्लावर जावलाखेलमा जारी पुष्प मेलामा समेत राखिएको छ । जारी मेलामा मुख्य आकर्षण बनेको पट फ्लावरको स्टलमा सर्बसाधारण अबलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ । हलुका र माटो रहित भएका कारण यसमा रोग लाग्ने संभाबना कम भएको दाबी बागमती फ्लोराको छ ।



Your Comment

थप समाचार

७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

  • 10 hours ago
७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

  • 10 hours ago
आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

  • 11 hours ago
प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जीवनशैली

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।