‘दाङमा प्रदेश राजधानी बन्ने प्रशस्त आधार छन्’

दाङको जिल्ला उद्योग बाणिज्य संघ राप्ती अञ्चलको उद्योगी, ब्यबसायीहरुको जेठो सस्था हो । उद्योग बाणिज्य संघमार्फत् स्थानीय तहमा धेरै सामाजिक कामहरु भएका छन् । उद्योग ब्यबसायीको ब्यबसायिक हकहीत तथा औद्योगिक क्षेत्र स्थापना होस् या दाङलाई पदेशको राजधानी बनाउने आन्दोलनको नेतृत्वः यही सस्थाले गर्ने गरेको छ ।


दाङ जिल्ला उद्योग बाणिज्य संघको नेतृत्व पछिल्लो समयमा हेमराज बञ्जाडेले गरेका छन् । साउन ३१ गते हुने संघको निर्वाचनसंगै हेमराज बञ्जाडेले नेतृत्व छोड्ने तयारी गरेका छन् । उद्योग बाणिज्य संघको पदमा रहेर तीन बर्ष गरेका कामहरु के÷के रहेका छन् ? भनेर पत्रकार प्रेमबहादुर राम्जाले समीक्षात्मक कुराकानी गरेका छन्:


तीन बर्षे कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

 

मेरो तीन बर्षे कार्यकाल राम्रैसंग वित्दैछ । सहकर्मी साथीहरुको सहयोग र सबै उद्योगी, ब्यबसायीहरुको सहयोगले मैले राम्रै काम गर्ने अवसर प्राप्त गरेको छु । मेरो मात्रै नभएर सबै साथीहरुको कार्यकाल राम्रोसंग वितेको मैले महसुस गरेको छु । ब्यबसायीहरुप्रति जिम्मेवार भएर काम गर्ने अवसरहरु प्रदान गर्नुभएकोमा म ज्यादै खुशी छु । जिल्लाको आर्थिक विकास मात्रै नभएर सरोकार राख्ने सबै निकायसंग समन्वय गरेर काम गरेका छौँ ।

उद्योग बाणिज्य संघको नेतृत्व चयनका लागि राजनीतिक हस्तक्षेप हुन्छ यसप्रति तपाईको धारणा के छ ?

 

दाङ जिल्ला उद्योग बाणिज्य संघको नेतृत्व चयनका लागि उद्योगी/ब्यबसायीहरु सचेत रहनुभएको छ । म आफै पनि सबैको सहयोगले अध्यक्ष पदमा विजयी भएको हुँ । प्रजातान्त्रिक ब्यबस्थामा सबैले आफु खुशी उम्मेदवारलाई विजयी गराउन पाउनु पर्छ । जहाँसम्म लाग्छ राजनीतिक रुपमा त्यति धेरै हस्तक्षप भएको छैन । सबै ब्यबसायीहरु कुनै नकुनै दलको विचारमा आस्था राख्ने भएकाले त्यो देखिनु स्वभाविकै हो ।

यसपटक हामीहरुले सर्वसम्मतको प्रयास गरेता पनि त्यो सफल हुन सकेन । संघको नेतृत्व चयनका लागि ब्यबसायीहरुका बीचमा भाइचाराको सम्बन्ध छ । तिक्तता बढेको छैन । हाम्रो धेरै एजेण्डाहरु धेरै मिल्छन् । नेतृत्वमा पुग्नका लागि बनेका प्यानल भएका कारण भोलीका दिनमा सबै एउटै टेबुलमा बस्नै पर्छ । प्रजातान्त्रिक ढंगले निर्वाचन हुनु ठुृलो कुरा होइन ।

औद्योगिक क्षेत्र घोषणा र स्थापनाका लागि पहल के भयो ?


दाङमा औद्योगिक क्षेत्रको आवश्यकता छ । त्यसैका आधारमा हामीहरुले औद्योगीक क्षेत्र स्थापनाका लागि पहल गरेका छौँ । औद्योगीक क्षेत्र स्थापनाका लागि जग्गाको खोजी भएको छ । यस कार्यलाई नेपाल सरकारले सहयोग गर्ने भएको छ । औद्योगीक क्षेत्र स्थापना गर्ने कार्यले मूर्तरुप लिँदै छ ।

औद्योगिक क्षेत्र स्थापनाका लागि उद्योग बाणिज्य बाहेकका सस्थाले गरेको पहल सकारात्मक रहेको छ । हाल घोराही उपमहानगरपालिका—३ र ५ को बीचमा पर्ने आवादी, ऐलानी जग्गा, नदीको क्षेत्र र सामुदायिक बन क्षेत्रमा रहेको जग्गालाई सदुपयोग गरी औद्योगीक क्षेत्रका लागि एक हजार विगाहा जग्गाको खोजी भइरहेको छ । औद्योगीक क्षेत्र स्थापनाका लागि नेपाल सरकारले बजेटको ब्यबस्था गरेर काम अगाडी बढाएको छ ।

दाङमा औद्योगीक क्षेत्र स्थापना भएर सञ्चालन नहुँदा हाम्रो आर्थिक कारोबार न्युन अवस्थामा क्रियासिल रहेको छ । जिल्लाको कच्चा पदार्थ सदुपयोग गर्न पाइएको छैन । अन्तर जिल्लाको सोचे अनुसारको ब्यापार÷ब्यबसाय हुन सकेको छैन । यस्तै सिधै भारतसंग हुनुपर्ने ब्यबसाय पनि हामीले गर्न सकेका छैनौँ । भारतसंग सिधा ब्यापार गर्नका लागि औद्योगीक क्षेत्र स्थापना पहिलो प्राथमिकता हो ।

सामाजिक काममा अन्य उद्योग बाणिज्य संघको समन्वय कस्तो रह्यो ?


दाङ जिल्ला उद्योग बाणिज्य संघ राप्ती अञ्चलको जेठो सस्था हो । हामीहरुले जिल्लाको मात्रै नभएर समग्र साविकको राप्ती अञ्चलको विकास र ब्यापार ब्यबसायका लागि पहल गरीरहेका छौँ । त्यसका लागि सबै उद्योग बाणिज्य संघसंग आवश्यकता अनुसार समन्वय र सहकार्य गरेका छौँ । आगामी दिनमा समन्वय र सहकार्यको निरन्तरता हुन्छ ।

हामीलाई र उनीहरुलाई आवश्यक पर्ने मुद्धाका आधारमा राप्तीका अन्य उद्योग बाणिज्य संघलाई भेला गराएर छलफल र निकास निकाल्ने काम गरेका छौँ । सबै उद्योग बाणिज्य संघहरुले पनि स्थान विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् र हामीहरुले त्यसमा सहयोग पनि गरीरहेका छौँ ।

समग्रमा सबै उद्योग बाणिज्य संघहरुले यसक्षेत्रको आर्थिक क्रियाकलाप बढाउनका लागि महत्वपुर्ण भुमिका खेलेका छौँ । सबै उद्योग बाणिज्य संघ मिलेर आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा हेल्प डेस्क स्थापना गरेका छौँ ।

ब्यबसायिक हितका लागि काम के गर्नुभयो ?


हामीहरुले आफ्ना ब्यबसायप्रिति जिम्मेवार भएर काम गरेका छौँ । हामीहरु उहाँहरुप्रति कामलाई ध्यानमा राख्दै जिम्मेवारी र कर्तब्यनिष्ट भएर काम गरेका छौँ । ब्यबसायलाई सिस्टममा राख्नका लागि विभिन्न तालिमहरु सञ्चालन गरेका थियौँ । पहिलो कार्य समितिले अगाडी सारेका कामलाई पनि निरन्तरता दिएका थियौँ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको पहलमा हामीले उद्योगीको ब्यबसायलाई ब्यबस्थित गर्ने प्रयास गरेका थियौँ । नितिगत काम गर्नका लागि अपनाइने कार्यलाई ब्यबस्थित गर्ने काम गरेका छौँ । उद्योगीहरुले भन्सार, अण्डरविलिङका कारण पाउने दुखको समाधानको प्रयास गरेका छौँ । ब्यबसायीलाई परेका समस्यालाई समाधान गर्ने पनि प्रयास गरेका छौँ ।

विभिन्न समयमा ब्यबसायी सचेतना अभियान सञ्चालन गरेका छौँ । ब्यबसाय ब्यबस्थापन गरेका छौँ । ब्यबसायीलाई ब्यबस्थित गर्ने कार्यलाई अब आउने कार्य समितिले निरन्तरता दिने अपेक्षा हामी सबैले गरेका छौँ ।

तपाईहरु दाङलाई प्रदेशको राजधानी बनाउने आन्दोलनमा लाग्नुभयो ? दाङ राजधानी हुने सम्भावना कति देख्नुहुन्छ ?

 

दाङ राजधानी हुने सम्भावना धेरै छन् । त्यसका आधारहरु हामी दंगालीसंग धेरै छन् । सबैभन्दा पहिले यस विषयमा सबै दंगाली एक जुट हुन आवश्यक छ । दंगाली फुटेको भन्न खोजीएको होइन । दाङलाई राजधानी बनाउने सवालमा सबैको आवाज एउटै बनाउन आवश्यक छ ।

दाङलाई राजधानी बनाउन उद्योग बाणिज्य संघले पहल गरेर मात्रै हुदैन यसका लागि सबैको सहकार्य आवश्यक छ । हिजोका दिनमा पनि सबैको सहयोग थियो । आगामी दिनमा पनि सबैले राजधानी बनाउने सवालमा सहयोग गर्न आवश्यक छ ।

सिमांकन गर्ने सन्दर्भमा केही त्रुटी भएका छन् । त्यसबाट दंगालीहरु त्रसित छन् । दाङलाई राजधानी बनाउनका लागि भौतिक पुर्वाधार हामीसंग प्रसस्त छन् । दाङका राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैको सहयोग अनिबार्य छ । भोलीका दिनमा पनि हामीहरु राजधानी बनाउनका लागि सक्रिय हुन आवश्यक छ । एउटै पनि कारणले दाङ राजधानी हुदैन भन्ने सम्भावना नै छैन ।

महत्वपूर्ण काम के भयो तपाईको कार्यकालमा ?


हामीहरुले दाङमा उद्योग बाणिज्य संघको निरन्तर दवावले सरकारी बजेटबाट सभाहल निर्माण गर्ने तयारीमा रहेका छौँ । महोत्सव सञ्चालन गरेर घोराहीमा सभाहलका लागि जग्गा ब्यबस्थापन गरिएको छ । सभाहल निर्माणस्थलमा रहेका सुकुम्बासीहरुलाई सुरक्षित बसोबास गरेर सभाहलको शिलन्यास गर्ने काम गरेका छौँ ।

सभाहल अबको साडे दुई बर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हामीहरुले निर्माण कम्पनीलाई समयमै काम सक्न दवाव दिइरहेका छौँ । जिल्लाको एक मात्र विमानस्थल सञ्चालनका लागि दवाव दिएका छौँ । अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाब्यताको प्रयास गरेका छौँ ।

जिल्लालाई सफा, सुन्दर हरियाली जिल्ला बनाउनका लागि अभियान थालिएको छ । हामीहरुले गरेको सिको गर्दै विभिन्न संघसस्थाहरुले जिल्लामा सरसफाई अभियान सञ्चालन गरेका छन् । तरकारी, पशु, कृषि, माहुरी, जटीबुटीलगायतका क्षेत्रको विकासका लागि हामीहरुले धेरै प्रयास गरेका छौँ ।



Your Comment

थप समाचार

बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

  • 3 hours ago
बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवका लागि बेलायत आउन लागेकी गायिका दुरा यही नोभेम्बर २२ तारिख बुधवार बिहान लन्डन आइपुग्ने कार्यक्रम छ ।

बेलायतका नेपाली इन्जिनियरलाई तालिम

  • 5 hours ago
बेलायतका नेपाली इन्जिनियरलाई तालिम

३० जना बिभिन्न क्षेत्रका इन्जिनियरहरुको उपस्थिती रहेको कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का बरिस्ठ इन्जिनीयर बिजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

  • 7 hours ago
कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

एजेन्सी । बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

नुवाकोट, मंसिर ४ । प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नम्बर २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने अभियोगमा नेकपा विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विचित्र विश्व

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।