लोक कविता : पहिले–पहिलेका बहादुर अच्छे लोग थे (भिडियो)

काठमाडौं, कात्तिक १२ । जटिल र शब्दहरुको भारी बर्तन भएका कविता लेख्ने चलन जो छ, आम मानिसको चाखको विषय होइन । कविहरुमाथि यस्ता पनि टिप्पणी सुनिन्छ कि, उनीहरु आफूले मात्रै बुझ्ने कविता लेख्छन् र रमाउँछन् ।

 

कविता कस्तो हुनुपर्छ भन्ने विषयमा विश्वभरी धेरै बहस भइसके । ‘कविता आम मान्छेले नबुझ्न पनि सक्छन् । आम मान्छेले सजिलै बुझ्ने त नारा हुनसक्छ । कविता त लामो र जटिल साधनाबाट सृजना हुने चिज हो ।’ भन्ने एकथरी तर्क छ ।

 

यस्तो तर्कमा सबै सहमत छैनन् । यसप्रति असहमति राख्नेहरु भन्छन्, ‘कविता सबैले बुझ्ने सरल र आम बोली हुनुपर्छ । तव मात्रै यसको प्रभाव शक्तिशाली हुन्छ । आफूले मात्रै बुझ्ने जटिल कविता लेख्ने हो भने त आम मान्छेलाई किन सुनाउनु पर्यो ?’

 

दोस्रो तर्क गर्नेहरु के भन्छन् भने जनबोलीबाटै कविताको लय र भाषा टिप्नुपर्छ । तव मात्रै कवि पनि यही समाजका अगुवा हुन् भन्ने भावना आम मान्छेलाई हुन्छ । ‘एब्स्ट्रयाक’ कविता लेख्नेहरुमाथि कस्तो पनि टिप्पणी छ भने, उनीहरु आफूलाई यो समाजको हिस्सेदार नठानेर अर्कै ग्रहको प्राणी ठान्छन् । जो सरासर गलत हो ।

 

यस्ता अनेक तर्क–बितर्क चलिरहँदा कविहरु आफ्नै लयमा कविता लेख्न छोडेका छैनन् । त्यसो त समाजका पदचाप नबुझिकनै कविता लेखेकै कारण होला नयाँ पुस्तामाझ कविहरु आदर्श पात्र बन्न सकेका छैनन् ।

 

यसो हुनुमा समाजबाट बिमूख नयाँ पुस्ता र कविहरुको पनि कमजोरी पक्कै छ । यस्तैमा नेपाली एक कवि श्याम प्रसाद सत्यालको कविता सामाजिक संजालमाझ निकै चर्चित बनेको छ ।

 

उनले बाचन गरेको कविता अहिलेसम्म लाखौँले हेरिरसकेका छन् भने अधिकांशले उनको कविता मन पराएका छन् ।

 

‘पहिले पहिलेका बहादुर अच्छे लोग थे’ शिर्षकमा उनले सुनाएको कविता पंक्तिहरु निकै ब्यांग्यात्मक र रोचक छन् । तर दैनिक बोलिचालीमै प्रयोग हुने शब्दलाई नै उनले कवितामा बुनेका छन् ।

 

‘बोक भन्यो कुईँ कुईँ बुई बोक्थे
ठोक भन्यो घर्याप्प सलाम ठोक्थे
जोख भन्यो हाँसी हाँसी जोख्थे
सोक भन्यो रोइ रोइ सोक्थे
पहिले पहिलेका बहादुर अच्छे लोग थे !’

 

सत्यालको यो कविता केही महिनाअघि सामाजिक संजालमा सार्वजनिक भए पनि अझै हेर्नेहरु घटेका छैनन् । नयाँ पुस्तामा समेत चर्चामा रहेको यो कविता लोक शैलीमा छ । कविता सरल ढंगले सुनाएका छन् ।

 

 

भिडियो : 



Your Comment

थप समाचार

आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

  • 14 minutes ago
आर्सनलले टोटनहमलाई हरायो, अन्य खेलको नतिजा कस्तो ?

मंसिर ३ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहममाथि २–० को जित निकालेको छ । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ३६ औं मिनेटमा मुस्ताफी

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

  • 52 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहालको निधन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा समेत रहेका माओवादी नेता प्रकाश दाहालको निधन भएको छ । बिहान करिब ५ बजेर २० मिनेट जाँदा उनको स्वास

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

  • 55 minutes ago
प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको


Loading...

भिडियो

hamropatro

नेपाल

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

प्रचण्डपुत्र प्रकाश दाहाल गम्भीर बिरामी

काठमाडौं, मंसिर ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरालाई हृदयघात भएपछि अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइतबार बिहानै राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । समाचारहरुमा जनाइएअनुसार उनको अवस्था चिन्ताजनक रहेको छ ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।