यी हुन् फुटबल इतिहासका केही डरलाग्दा र दुखद घटनाहरु

  • बुधबार, २८ भदौ, २०७४
  • 2 months ago
  • खेल

एजेन्सी, साउन २ । फुटबल खेल रोमञ्चकता भरिएको खेल हो । यो खेललाई लिएर बेलाबेलामा ठुलै विवादित विषयहरुले विश्वभर चर्चा पाउने गरेका छन् ।

 

स्टेडियममा हजारौको संख्यामा रहेका फुटबल फ्यानहरुले कहिलेकाही अराजक गतिबिधि गर्दा मच्चिएको भागदौडमा परी धेरै फ्यानहरुले ज्यान गुमाएका छन् । ड्रग प्रयोग गरेकै कारण चर्चित क्लबहरु कारबाहीमा परे । 

 

सन् २००० पछि फुटबल जगतमा भएका केही दुखद घटनाहरु घटे । यस अघि नघटेका पनि होइनन् । तर, चाहे त्यो भ्रष्टचारको मामिलामा होस् वा खेलाडीहरुको लडाइको विषयमा नै होस्, यी घटनाहरुले फुटबलप्रेमीहरुलाई केही हदसम्म दुःखी बनाएको थियो ।


इलिस पार्क डिजास्टरः २००१


जोनेसबर्गमा रहेको इलिस पार्क स्टेडियम पहिल्यै पनि ६० हजार फ्यानहरुले भरिएको थियो । उनीहरु काइजर र ओरलान्डो पाइरेट्सको खेल हेर्नका लागि आएका थिए । तर, स्टेडियमको क्षमताभन्दा हजारौ फ्यानहरु स्टेडियममा प्रवेश गर्न खोजेका थिए । यसैकाबीच स्टेडियममा भागदौड मच्चियो र ४३ जनाको ज्यान गयो । तालिम प्राप्त नगरेका सुरक्षाकर्मीले टियर ग्याँस फायर गर्दा स्थिति झनै तनाबपुर्ण भएको थियो ।


घाना स्टेयिडम डिजास्टरः २००१


स्टेडियममा भएको सबैभन्दा दुखत घटना अफ्रिकाको आक्रा स्पोर्टस स्टेडियममा भएको थियो । हाट्र्स अफ ओएक अन्तिम मिनेटमा दुई गोल गर्दै असान्ते कोटेकोलाई २–१ गोलले पराजित गरेको थियो । तर, कोटोकोका फ्यानहरुले फ्यानहरुले प्लाष्टिक सिटले पिचमा हान्ने । यसको जबाफमा प्रहरीले असुर ग्याँस हानेको थियो । भागदौडमा १२७ जनाको मृत्यु भएको थियो ।


फिफा प्रमुखको निर्वाचनः २००२


सेफ ब्लाटरले आफ्नो करिअरकै सबैभन्दा ठुला समस्याहरुसँग जुध्नु पर्यो । उनलाई फिफा प्रमुखका प्रत्यासी युइएफए बोस लेननार्ट जोहनसनले कडा चुनौती दिए । ब्लाटरलाई आर्थिक हिनामिना गरेको आरोप लागेको थियो । यी मुद्धाहरुसँग लड्न तत्परता देखाएपछि अन्तत सेफ ब्लाटरले चुनाव जितेका थिए ।


फोइको मृत्यु


क्यामरुनका मिडफिल्डर खेलाडी मार्क–भिभिइन फोइ फ्रान्समा सम्पन्न कन्फेडेरेशन कपको सेमिफाइनल खेलमा हर्टअट्याकका कारण मृत्यु भएको थियो । कोलम्बियाविरुद्धको खेलमा उनको मृत्यु भएको थियो ।


युभेन्ट्स ड्रग स्क्याण्डलः २००४


सन् २००४ मा इटालियन फुटबल क्लब युभेन्ट्स विवादमा रह्यो । इटालीयन तथा युरोपियन उपाधिमा दबदबा बनाएको युभेन्ट्सका खेलाडीले ड्रग लिएको तथ्य बाहिर आएपछि क्लब डक्टर रिकार्डो एग्रीकोलालाई २२ महिनाको जेल सजाय भएको थियो । खेलाडीहरुले सन् १९९४ र १९९८ मा ड्रग प्रयोग गरेर खेल खेलेको आरोप लागेको थियो । सार्वजनिक भएको रिपोर्ट अनुसार २८० प्रकारका ड्रगहरु प्रयोग भएको थियो । तर, कोही खेलाडी पनि प्रतिबन्धको सुचीमा परेनन् ।


रोबर्ट होएजर म्याच फिक्सिङः २००६


जर्मन रेफ्री होएजर म्याच फिक्सिङको गरेको आरोपमा जेल गए । उनी पहिलो पटक त्यतिखेर शंकाको घेरामा परे जब उलने जर्मन कपमा ह्यामबर्गले २–० ले अग्रता बनाएको अवस्थामा ह्यामबर्गका एक खेलाडीलाई रातो कार्ड दिए भने पाडेरबर्नलाई दुईवटा विवादस्पद पेनाल्टी दिए । अन्ततः पाडेरबर्नले ४–२ गोलले खेल जित्यो ।


कल्सीयोपोलीः २००६


इटालियन फुटबल जगतमा यो स्क्याण्डललाई निकै ठुलो मानिन्छ । इटालीका धेरै क्लबहरुले म्याच फिक्सिङ गरेको आरोप लाग्यो । रेफ्री आफ्नो पक्षको पारेको भन्दै उनीहरुले म्याच फिक्सिङको आरोप लागेको थियो ।


मिलान, फ्लोरिन्टा, लाजियो, रेगजिना क्लबहरुलाई कारबाही गरिएको थियो । युभेन्ट्सलाई सन् २००५ र २००६ मा लिग उपाधिबाट बञ्चित गराइयो भने सिरिया ‘बि’ मा झारिएको थियो ।


जिदानले टाउकोले हानेपछिः २००६


सन् २००६ मा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्स आमने सामने भए । फ्रान्सलाई अग्रता बनाएका जिनेदान जिदानले मार्को माटेराजीलाई टाउकोले हिर्काए । जिदानले रातो कार्ड पाएपछि खेलले अर्कै मोड लियो । आज पनि उनले त्यो फाइनल खेलमा गरेको हर्कत अझै चर्चामा रहेको छ ।


आइभोरी कोस्ट स्टेडियम डिजास्टरः २००९


फेलिक्स हउपहउट–बोइग्नी स्टेडियममा विश्वकप छनोट खेल भइरहेको थियो । सुरक्षा स्थिति राम्रो भएपनि भागदौड मच्चिन थालेपछि २२ जनाको मृत्यु भएको थियो । त्यत्रो घटना भइरहँदा पनि खेल जारी नै रह्यो । अन्ततः आइभोरी कोस्टले ५–० गोलले खेल जित्यो ।


हेनरीले जब हातले गोल गरेः २००९


सन् २०१० मा हुने विश्वकप छनोट खेलका लागि फ्रान्स र रिपब्लिक अफ आयरल्याण्ड आमने सामने गरेका थिए । एकएक गोलको बराबरी खेल चलिरहेको थियो । थप समयको १३ औ मिनेटमा विलियम गालासको पासमा हेनरीले हातले गोल गरेका थिए । दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि फ्रान्सले आफ्नो स्थान सुरक्षित गरेको थियो ।


टोगो बस आक्रमण


अंगोलामा हुने अफ्रिकन नेशन कपका लागि टोगोको टोली आउने क्रममा थियो । तर केही बन्दुकधारीहरुले बसमा नै आक्रमण गरेका थिए । उक्त घटनामा परी सह–प्रशिक्षक एमलेटी एबालो, टोगन प्रेस अफिसर स्टानिलस ओकलो मारिएका थिए । त्यस घटना पश्चात टोगोले खेलमा सहभागीता नजनाउने घोषणा गरेको थियो ।



Your Comment

थप समाचार

युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

  • 2 hours ago
युरोपेली संघ सम्झौताका लागि तयार हुन आवश्यक : बेलायत

लण्डन । बेलायतका ब्रेक्जिट मामिलाका मन्त्री (ब्रेक्जिट सेक्रेटरी) डेभिड डेभिसले ब्रेक्जिटको प्रक्रियामा आवश्यक सम्झौता गर्न युरोपेली संघ तयार हुनुपर्ने बताएका छन् ।

सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

  • 3 hours ago
सगुनमा लगानीको अवसर नोभेम्बर ३० सम्म मात्रै

गत अगस्ट १८ मा सुरु गरिएको दोस्रो फेजको लगानीको अवसर यहि नोभेम्बर ३० तारिखमा बन्द गर्न लागिएको सगुनले जनाएको छ ।

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

  • 5 hours ago
"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 


Loading...

भिडियो

hamropatro

नेपाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

जीवनशैली

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

ह्याण्डसम देखिन चाहानुहुन्छ ? जान्नुहाेस् यी ५ उपाय

जोकोही पुरष ह्याण्डसम लुकमा हिड्न चाहान्छन् । तर, पुरुषहरुको छाला महिलाको तुलनामा रफ हुन्छ । यसकारण उनीहरुलाई आफ्नो छालाको हेरचाह गर्नु आवश्यक पर्छ ।