परराष्ट्र नीति बनाउँदै सरकार

काठमाडौँ, वैशाख ८ । बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन नेपाल सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ ।

 

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा मन्त्रिपरिषद्द्वारा गत चैत २९ गते गठित सो कार्यदलमा मन्त्री महतसहित अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायतका विभिन्न क्षेत्रका १६ जना विज्ञ रहेका छन् ।

 

नेपालको संविधानका निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यतालाई कायम राख्दै नेपालको सर्वाेपरि राष्ट्रिय हितलाई सम्वद्र्धन र प्रवद्र्धन गर्न गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार पारी कार्यान्वयनका लागि ठोस सुझाव दिने यसको कार्यादेश तोकिएको छ ।

 

नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वको बदलिँदो आयामको पहिचान गर्ने, सामन्जस्यपूर्ण र विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा अपनाउनुपर्ने प्राथमिकता तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीतिलगायत परराष्ट्र नीतिका विभिन्न आयामका क्षेत्रगत नीतिको पुनःमूल्याङ्कन गर्ने कार्यादेश यस कार्यदलको रहेको छ ।

 

विकास कूटनीतिलाई थप प्राथमिकता दिने, परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगको संस्थागत सबलीकरण गर्न उपयुक्त उपाय सिफारिस गर्नेलगायतको कार्यादेश सो कार्यदलको रहेको छ ।

 

यसैगरी आर्थिक, सामाजिक, रणनीतिक र नेपालको द्विपक्षीय कूटनीतिक, सांस्कृतिक र जनस्तरको समस्याका हिसाबले महत्वपूर्ण मित्र राष्ट्रसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासहित देशीय रणनीतिको आवश्यकता पहिचान गर्नुपर्ने कार्यादेश मन्त्रिपरिषद्ले सो कार्यदललाई तोकेको छ ।

 

सो कार्यदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् पूर्व राजदूत डा ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व राजदूत एवम् अर्थविद् डा शङ्करप्रसाद शर्मा, अन्तर्राष्ट्रिय व्यापारविद् डा पोषराज पाण्डे, श्रम कूटनीति विज्ञ डा गणेश गुरुङ, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व राजदूत शम्भुराम सिम्खडा, पूर्व सचिव तथा कानुनविद् मोहन बन्जाडे, अवकाश प्राप्त रथि एवम् सुरक्षाविद् पवनबहादुर पाण्डे रहेका छन् ।

 

त्यसैगरी सो कार्यदलमा सुरक्षा तथा परराष्ट्रविद् प्रा डा श्रीधरकुमार खत्री, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा इन्द्रकुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषद्का प्रतिनिधि डा राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे छन् । उक्त कार्यदलको सदस्य सचिवमा परराष्ट्र सचिव शङ्करदाश बैरागी रहेका छन् । यस कार्यदलको अवधि चार महिनाको हुनेछ । 



    Your Comment

    थप समाचार

    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    • 6 hours ago
    बुद्ध फाउण्डेसनले आइतबार वीलवीचमा बुद्धसम्बन्धी प्रवचन आयोजना गर्दै

    लण्डन । बुद्ध फाउण्डेसन यूकेले लण्डनमा बुद्धसम्बन्धी एक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस अवसरमा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेले प्रवचन दिनेछन् ।

    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    • 6 hours ago
    बेलायतमा भिसा नभएका आप्रवासीहरुको रामकहानी

    अस्पतालमा प्रवेशाज्ञा देखाउन नसक्दा एउटा गर्भवति महिलाले करिब ५५ सय देखि ६ हजार पाउण्ड सम्मको बिल तिर्नुपर्ने बाध्यता छ । कति महिलाहरु पैसा तिर्ने डरले जोखिम मोलेरै भएपनि घरमै सुत्केरी भएका घट्ना पनि

    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    • 9 hours ago
    समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

    काठमाण्डौ, माघ ४ । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ ज


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    साँफे-मार्तडी राजमार्ग तीन दिन बन्द

    बाजुरा, माघ ४ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । 

    जीवनशैली

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    उनले तपार्इंलार्इ मन पराउछिन कि पराउदिनन् ? यस्ता छन् पत्ता लगाउने १० सुत्र

    काठमाडाैं । धेरैजसो पुरुषहरु महिलाको भावना बुझ्न निकै कठिन हुने बताउँछन् । यसो हुँदा हुँदै पनि माया प्रेममा रहेकाहरु भने एकअर्का प्रति नजिक हुन विभिन्न लक्षण र प्रतिक्रियाहरु व्यक्त गर्ने गर्छन ।