मेलम्चीमा चाँडै फ्रि वाइफाइः मेयर अर्याल

मेलम्ची, जेठ ५ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको प्रमुख पदमा निर्वाचित डम्बर अर्यालले २० दिनभित्र जनताले राहत महसुस गर्नसक्ने योजना सार्वजनिक गर्ने बताएका छन् ।

 

बिहीबार नेकपा (एमाले)ले निकालेको विजय जुलुसपछि मेलम्ची नगरपालिकाको नगरपालिका जाने चौकमा भएको कोणसभामा सम्बोधन गर्दै अर्यालले २० दिनभित्र जनताले राहत महसुस गर्न सक्ने योजना सार्वजनिक गर्ने बताए ।

 

कार्यक्रममा एमाले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं ३ का सांसद शेरबहादुर तामाङले मेलम्ची क्षेत्रमा फ्रि वाइफाइको व्यवस्था चाँडै नै गरिने प्रतिबद्धता व्यक्त गरे ।

 

मेलम्चीको प्रमुखमा एमालेका डम्बर अर्याल आठ हजार ६७८ मतका साथ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गरेका थिए । उपप्रमुखमा पनि एमालेकै भगवती नेपाल नौ हजार ११७ मत प्राप्त गरी विजयी भएका छन् ।

 



Your Comment

थप समाचार

बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

  • 3 hours ago
बेलायत आउंदै  गायिका बिमाकुमारी दुरा 

लमजुङ समाज यूकेको १० औं वार्षिकोत्सवका लागि बेलायत आउन लागेकी गायिका दुरा यही नोभेम्बर २२ तारिख बुधवार बिहान लन्डन आइपुग्ने कार्यक्रम छ ।

बेलायतका नेपाली इन्जिनियरलाई तालिम

  • 4 hours ago
बेलायतका नेपाली इन्जिनियरलाई तालिम

३० जना बिभिन्न क्षेत्रका इन्जिनियरहरुको उपस्थिती रहेको कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का बरिस्ठ इन्जिनीयर बिजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।

कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

  • 7 hours ago
कति छ बलिउडका चर्चित सेलिब्रिटीहरुको ‘हाइट’

एजेन्सी । बलिउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री पनि रहेका छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ । बलिउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चीत रहेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

डा. महतलाई बम प्रहार गर्ने विप्लव कार्यकर्ता समातिए

नुवाकोट, मंसिर ४ । प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार डा. रामशरण महत र प्रदेश नम्बर २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने अभियोगमा नेकपा विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विचित्र विश्व

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

पतिको हत्या गर्न जब श्रीमतीले रचिन् यस्तो षडयन्त्र !

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् ।