गृहपृष्ठ ∕
राजनीति ∕
एमाले अध्यक्ष ओली र एमसिसीका ग्लोबल सिइओ अलब्राइटबीच भेटवार्ता एमाले अध्यक्ष ओली र एमसिसीका ग्लोबल सिइओ अलब्राइटबीच भेटवार्ता
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (ग्लोबल सिइओ)एलिस अलब्राइटबीच शिष्टाचार भेटवार्ता भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा उनीहरुबीच सोमबार एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।
उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसिसी परियोजना सक्नुपर्ने भनाइ राखे ।
एलिस अलब्राइटले एमसिसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसिसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेको नेता डा भट्टराईले जानकारी दिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको
काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे
काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।
काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको
जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच