Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई गोर्खा वारियरको प्रिमियरमा निमन्त्रणा

बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई गोर्खा वारियरको प्रिमियरमा निमन्त्रणा


काठमाडौँ। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी अहिले भव्यरुपमा भईरहेको छ। सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन्। प्रिमियरको तयारी तिब्रगतिमा भईरहेको उनले बताएका छन्।

सोही प्रिमियरको लागि निर्देशक चाम्सले बिहिबार बेलायतको सँसद भवनमा पुगेर त्यहाँका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई भेटेर विशेष अतिथिको रुपमा निमन्त्रणा गरेका छन्। निर्देशक चाम्ससहित गोर्खा वारियरका निर्माता सुमन राई, नायक रितेश चाम्स, बेलायतका लागि पहिलो नेपाली काउन्सलर धन गुरुङ, बेलायतको लागि मिडिया कोअर्डिनेटर आकाश सुनुवार, सहयोगी भाईराजा थापाले मन्त्री कोलिन्सलाई संसद भवनमा भेटेका हुन्। उनले मन्त्री कोलिन्समार्फत बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई पनि प्रिमियरको लागि विशेष निमन्त्रणा कार्ड पठाएका छन्।

सो भेटका क्रममा कोलिन्सलाई सो चलचित्रको बारेमा जानकारी गराउँदै ट्रेलर आफुहरुले ट्रेलर देखाएको पनि निर्देशक चाम्सले बताए। सो ट्रेलर आफुलाई साह्रै मन परेको प्रतिक्रिया निर्देशक चाम्सलाई दिँदै मन्त्री कोलिन्सले सफलताको शुभकामना समेत व्यक्त गरे। आगामी आगामी २४ भदौमा बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा यो चलचित्रको रेड कार्पेट प्रिमियर हुँदैछ।

निर्देशक चाम्सले सो बारे जानकारी गराउँदै भने,‘ आज म सहित हाम्रो टिमले बेलायतको पार्लियामेन्टमा पुगेर मन्त्री कोलिन्सज्यूलाई निमन्त्रणा गरेपछि उनले गोर्खा वारियरको प्रिमियरमा आउने बचन दिएका छन्। साथै प्रधानमन्त्री सुनकज्यूलाई सो प्रिमियरमा विशिष्ट अतिथिको रुपमा ल्याउन सक्दो प्रयास गर्ने पनि बताउनु भएको छ।’

यतिबेला प्रिमियरको तयारीका लागि आफुसहित गोर्खा वारियरको बेलायत टिम दौडधुपमा लागि रहेको पनि निर्देशक चाम्सले बताएका छन्,‘हालसम्म हामीले बेलायतको ब्ल्यान्डफोर्ड, टिडवर्थ, मैडस्टोनका विभिन्न ठाउँमा पुगेर त्यहाँ रहेका अतिथि तथा नेपालीहरुलाई यो प्रिमियरको लागि निमन्त्रण गरिसकेका छौं। बाँकी स्थानमा समेत पुगेर हामी निमन्त्रणाको काम दुई÷चार दिनमै सम्पन्न गर्दैछौं।’

निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवारका सदस्यहरु, बेलायतका मन्त्री डेमियन कोलिन्ससहित विभिन्न सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु सहभागी हुने भएका छन्। यस्तै बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरुलाई पनि आफुहरुले निम्ता गरिसकेको पनि उनले जानकारी गराएका छन्। नेपाली चलचित्रकै इतिहाँसमा सर्वाधिक महँगो स्थान र बजेटमा हुन लागेको यो प्रिमियरलाई एउटा अमिट इतिहास बनाउने तयारीमा आफुहरु दिनरात जुटिरहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन्।
चलचित्र गोर्खा वारियर ‘वार’ जनरामा निर्माण भएको सिनेमा हो। यो चलचित्रमा नव अभिनेता रितेश चाम्स, बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ।

यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

बेलायतमा आनी छोइङको कन्सर्ट हुँदै

लण्डन । बेलायतमा आनी छोइङ डाेल्माको कन्सर्ट हुने भएको छ । परोपकारी संस्था मानवसेवा आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ मानवसेवा

वंशजको नेपाली नागरिकताको निरन्तरता माग गर्दै एनआरएनए यूकेले बुझायो पराराष्ट्रमन्त्रीलाई…

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि माग गरेको

जीआरएनसी युकेले मनायो महिला दिवस

लण्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । आइतबार अल्डरसटस्थित एम्पायर

एनबीसी युकेको नयाँ कार्यसमिति चयन

लण्डन । नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) युकेको १४औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न सभाले नयाँ

बेलायतमा फेब्रुअरी अहिलेसम्मकै तातो महिना बन्यो

लण्डन । बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन

Techie IT