अब सम्पुर्ण गोर्खाको एउटै मुख , एउटै बोली : गेसो सभापति राई

लण्डन । बेलायती सेनाका भूतपूर्व गोर्खाहरुको अधिकारका लागि संघर्षरत संगठनहरुमध्येकै सबेभन्दा जेठो संगठन हो गेसो । विसं २०४७ को असारमा स्थापना गरिएको गेसोले झण्डै तीन दशकसम्म गोर्खा आन्दोलनको नेतृत्व गर्दै आएको छ । विभिन्न कालखण्डमा केहि उपलब्धिहरु समेत हासिल गरेको यो गोर्खा आन्दोलनले उठाएका मूल मुद्धाहरुमा भने अझै पनि सम्बोधन हुन बाँकी छ ।


गोर्खाहरुको सबैभन्दा पुरानो यो संगठनको नेतृत्वमा अहिले कृष्णकुमार राई छन् । विसं २०५२ सालदेखि नै सक्रियतापूर्वक गेसोमा लागेका हुन् यी गोर्खा अभियन्ता । गेसोमा ४ वर्ष सचिव, ९ वर्ष उपसभापति, झण्डै १ वर्ष वरिष्ठ उपसभापतिको जिम्मेवारी सम्हालेका राई सन् २०१६ को सेप्टेम्बरदेखि सभापतिको भुमिकामा छन् ।

 

राईकै नेतृत्वमा गेसोले हालै अन्य गोर्खा संगठनहरुको संयुक्त सत्याग्रह संघर्ष समितिसँग कार्यगत एकताको सहमति गरेको छ । विगतमा चारदिशा फर्किएर छरिएका गोर्खाहरु अब एकै ठाउंमा उभिएर एकै स्वरमा मत राख्न थालेपछि यसले समग्र गोर्खा आन्दोलनलाई नै थप बलियो र प्रभावकारी बनाउने अपेक्षा छ ।

 

बेलायत, नेपाल र गोर्खाहरुबीच हालै सुरु भएको त्रिपक्षीय वार्ता तथा गेसो र सत्याग्रहबीचको कार्यगत एकताका विषयमा केन्द्रित रहेर गेसो सभापति राईसँग नेपालीपत्रका बेलायत सम्पादक ध्रुबराज अर्यालले गरेको सम्वाद :


के हो गेसो र सत्याग्रहको एकता ?
गोर्खाहरुमाथि बेलायतले सदियौंदेखि गरेको चिथोमिचो र अन्यायका विरुद्धमा भूतपूर्व गोर्खाहरुले संघर्ष गरेको दशकौं भइसक्यो । यसबीचमा केहि उपलब्धिहरु हासिल भएपनि हामीले भनेअनुरुप भने अझै पनि हुन सकेको छैन । हाम्रो आन्दोलनलाई अझै बुलन्द गर्न र हाम्रा मुद्धाहरुको उचित सुनुवाई गराउन सबै गोर्खाहरुको एकताबद्ध प्रयत्नको आवश्यकता पहिलेदेखि नै सबैले महसुस गरेकै हौं । त्यसैको प्रतिफलमा आगामी दिनमा गोर्खाहरुको अधिकारका पक्षमा हुने सबै आन्दोलन तथा गतिविधीमा संयुक्त रुपमा अघि बढ्ने सहमति गरिएको हो ।


दुई दिशा फर्किएका संगठनहरु बीचमा कसरी सम्भव भयो एकता ?
एउटै परिवार भित्रका दाजुभाईमा पनि सबै कुरा मिल्छ भन्ने हुंदैन, विचारमा अन्तरविरोध हुन सक्छ । गेसो र सत्याग्रह पनि दाजुभाई भन्दा केहि फरक होइनन् । हाम्रा मुद्धाहरु समान हुन्, बाटो पनि उहि नै थियो । मात्र ती बुँदाहरुको व्याख्या र बुझाइमा फरक थियो । आखिरमा गन्तव्य एउटै छ भने, किन सँगै नहिड्ने भन्ने निश्कर्षमा पुगेर कार्यगत एकता गरेका हौं ।


के छ त एकताको मर्म ?
गेसोको आन्दोलनले अघि सारेका मागहरु वर्तमान समय सापेक्ष र सबै गोर्खाहरुको भावनाको प्रतिनिधित्व गर्ने छन् भन्नेमा हामीहरु सहमत भयौं । तीनै मुद्धालाई अघि बढाएर संघर्षका हरेक मोर्चामा संयुक्त रुपमा एउटै आवाज बनाएर जाने सहमति बनेको छ । हामीले कार्यगत एकता भनेका छौं । अब हामी कसरी चल्ने भन्ने आचारसहिंता बनाउन छिट्टै बसेर छलफल गर्दैछौं ।


किन कार्यगत एकता मात्रै ? दुवै संगठन नै एक गराउने पहल भएन ?
हाम्रो लामो प्रयत्नपछि कार्यगत एकताको चरणसम्म आयपुगेका छौं । यो पनि निकै सकारात्मक पक्ष छ ।अब हाम्रो कार्यगत एकता कसरी अगाडि बढ्छ, कस्तो दिशा लिन्छ, हेर्दै जानुपर्छ । हाम्रो कार्यगत एकतालाई सुमधुर र अटुट बनाउन हाम्रो जोड रहनेछ । त्यहिअनुरुप सबै कुरा मिल्दै गयो भने भविष्यमा संगठनहरुकै एकताको सम्भावना पनि नरहला जस्तो लाग्दैन ।

 

अब के हुन्छ ? कसरी अघि बढ्छ आन्दोलन ?
अब थप शसक्त ढंगले अघि बढ्न सजिलो भएको छ । हाम्रो आवाज अबदेखि एउटै मुख, एउटै शब्द भएर बाहिर जांदैछ । पहिला नेपाल सरकारबाट पनि तिमीहरु नै विभाजित भएर अफ्ठेरो भो भन्ने प्रतिक्रिया आउँथ्यो । बेलायतसंग पनि सबै गोर्खाको एउटै आवाज प्रस्तुत गर्दा सजिलो र प्रभावकारी हुन्छ । हामीहरुलाई सधै सबैले तिमीहरु आफै विभाजित छौं भन्ने जुन अभियोग लगाउने गर्थे, त्यसबाट हामीले अब मुक्ति पाउनेछौं ।


तीन दशकसम्म पनि निश्कर्षमा पुग्न सकेन नि गोर्खा आन्दोलन ?
हो, आन्दोलन निकै लम्बियो । तर यसबीचमा पनि कैयौं उपलब्धि हासिल भएका छन् । मुख्यत समान पेन्सन तथा तलबको मुद्धामा प्रतिफल ननिस्किएपनि आवासीय अधिकार, छोराछोरी लगायतमा भने महत्वपुर्ण उपलब्धि भएका छन् । तर विगतमा कतिपय हाम्रा आफ्ना कमीकमजोरी र कतिपय अवस्थामा अनुभव, ज्ञानको अभाव जस्ता कारणबाट पनि आन्दोलन जहाँ पुग्नुपथ्र्यो, त्यहांसम्म पुग्न सकेन ।

 

अब कहिलेसम्म आन्दोलन ?
अहिले हामी साँच्चीकै निर्णायक चरणको संघर्षमा छौं । पहिलोपटक नेपाल सरकारले यो समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएर हाम्रो अभिभावकको भुमिका खेल्न सुरु गरेको हामीले महसुसगरेका छौं । बेलायतसंगको त्रिपक्षीय वार्ता पनि सकारात्मक रुपमा सुरु भएको छ । यहि समय गेसो र सत्याग्रहबीचको कार्यगत एकता पनि हुनुले वातावरणलाई थप सहज बनाएको छ । मलाई लाग्छ, यसपटक नेपाल सरकारले खुट्टा दरिलो मात्र बनाइदियो भने, निश्कर्ष हाम्रो पक्षमा आउने सम्भावना प्रबल छ ।


आन्दोलनका कैयौं माग त पूरा भइसके, बाँकी मुख्य माग केके छन् ?
अहिलेको हाम्रो मुख्य माग समान पेन्सन, समान कामको समान ज्याला हो । त्यस्तै, नेपालमा गोर्खाहरुलाई जाने पेन्सन भारतीय बैंकमा नगएर सिधै नेपाल जानुपर्ने, ३० वर्षमाथिका छोराछोरी पनि सबै बेलायत आउन पाउनुपर्ने, गोर्खाहरुको आवेदनका लागि लिइने ३ लाख ७६ हजार भिसा शुल्क निशुल्क हुनुपर्ने, श्रीमानको निधनपछि विधवालाई पेन्सन कटौति गर्न बन्द गरिनुपर्ने, गोर्खाका छोराछोरीका लागि गुणस्तरीय शिक्षा तथा नेपालमा रहेकाहरुलाई पनि बेलायतमा जस्तै गुणस्तरीय स्वास्थ्य सेवा व्यवस्था गरिनुपर्ने लगायतका मुखय मागहरुमा हाम्रो आन्दोलन जारी छ ।

 

 



    Your Comment

    थप समाचार

    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    • 13 hours ago
    ७४ सिटका लागि डेढसय भन्दा बढी उम्मेदवार

    काठमाडौं, कात्तिक ५ । पहिलो चरणमा ३२ जिल्लामा प्रदेशसभाका ७४ सिटमा हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाधन कार्यालयमा

    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    • 14 hours ago
    आलमले केपी ओलीलाई हजुरबासँग तुलना गरेपछि...

    काठमाडौं कात्तिक ५ । भक्तपुरको बोलकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवासमा भाईटीकाको भोलिपल्ट पनि तामझाम र रौनक उस्तै थियो । अर्थात्, आइतबार दिउसो ।

    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    • 15 hours ago
    प्रहरी झुक्याउने दीपक मनाङेले एमालेलाई पनि झुक्याए

    काठमाडौं, कात्तिक ५ । गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट उम्मेदवार बनाउने नेकपा एमालेको निर्णयको चौतर्फी आलोचना भएपछि एमालेले मनाङेलाई उम्मेदवार नबनाउने भएको छ ।


    Loading...

    भिडियो

    hamropatro

    नेपाल

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    म्हैपीमा गोली प्रहारबाट एक घाइते, शंकास्पद ५ जना पक्राउ

    काठमाडौं, कात्तिक ५ । नयाँ बसपार्क नजिकै म्हैपीमा आइतबार बिहान गोली प्रहारबाट कल्याण गुरुङ घाइते भएका छन् । घटनापछि घाइतेलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

    जीवनशैली

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    कहिल्यै गर्न हुँदैंन नुहाउदा यी १० गल्ती

    नुहाउदा हामीले अक्सर कयौं गल्तीहरु गरिरहेका हुन्छौं । जसले हाम्रो छाला र कपाललाई असर गर्नुका साथै कयोैं स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ ।