नेपाल र फिलिपिन्सको खेल बराबरी, ५० औँ खेलपछि अनिल गुरुङको सन्यास

  • मंगलबार, २८ कार्तिक, २०७४
  • 2 months ago
  • खेल

काठमाडौँ, कात्तिक २८ । एएफसी एसियन कप छनोट चरणको आफ्नो पाँचौं खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

 

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा नेपालले सबैभन्दा बलियो मानिएको टोली फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

 

यसअघि, गत चैतमा भएको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो । खेल बराबरी भएपनि नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

 

यसअघि, चार खेल खेलेको नेपाल तीन खेलमा हार तथा एक खेलमा बराबरीको नतिजा ल्याएको थियो । समूह एफमा रहेको फिलिपिन्सको आजको खेलपछि नौ अंकका साथ शीर्ष स्थानमा रहन पुग्यो भने चार खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ ।

 

अनिल गुरुङबाट सन्यास

 

फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिएका छन् ।

 

खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गर्नुभएका उहाँलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गरे ।

 

आफ्नो खेल यात्राभर उहाँले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गरेका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए ।

 

त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उनले भारतविरुद्धको खेलमा १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए।



Your Comment

थप समाचार

प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

  • 9 hours ago
प्रदेश नम्बर २ काे सपथ ग्रहण कार्यक्रममा उठेकाे भाषा विवाद यसरी हल गरियाे

जनकपुर, माघ ७ । प्रदेश नम्बर २ मा आज भएका प्रदेशसभा सदस्यकाे सपथ ग्रहण कार्यक्रममा भाषाकाे कारण केही समय विवादित भयाे ।

चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

  • 9 hours ago
चितवनलार्इ ‘आर्थिक राजधानी’ बनाउन हौसिए जिल्लावासी, प्रदेश राजधानी नपाए पनि छैन विस्मात

चितवन, माघ ७ । ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन’, गत पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं

तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

  • 10 hours ago
तिनाउ विकास बैंकको शाखा कार्यालय स्थानान्तरण

चितवन, माघ ७ । तिनाउ विकास बैंक, नारायणगढ शाखाले आफ्नो कार्यालय भरतपुर–१, मेनरोडबाट भरतपुर–३, शहीदचोकमा स्थानान्तरण गरेको छ ।


Loading...

भिडियो

hamropatro

नेपाल

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

थापाथलीस्थित प्रसूतिगृहकाे क्यान्टिनमा अागलागी

काठमाण्डौ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

जीवनशैली

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

पिसाब 'इन्फेक्सन' छ ? लौकाको जुस खानुहाेस्

एजेन्सी । मानिसहरु बिहानै उठ्नेबितिकै चिया वा कफी पिउने गर्दछन् । यो पहिलेदेखीनै चल्दै आएको चलन हो ।

विचित्र विश्व

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

यो देश, जहाँ एउटीमात्र विवाह गरे जन्मकैदको सजाय हुन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।